सहकारीमार्फत मौरी र केराका लागि दुई नमुना गाउँ निर्माण गरिँदै
प्युठान । जिल्ला कृषि विकास कार्यालय प्युठानले जिल्लाका दुई गाविसमा मौरी र केराका लागि नमुना गाउँ निर्माण कार्य सुरु गरेको छ ।
दक्षिणी क्षेत्रमा रहेको बाङ्देशाल गाविसमा केराका लागि र ढुङ्गेगढी गाविसको मोतिपुरलाई मौरीका लागि नमुना गाउँका रुपमा विकास गर्ने गरी कार्य सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रमअन्तर्गत नमुना गाउँ कार्यक्रम सुरु भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यले बताए ।
कार्यक्रमअन्तर्गत मोतिपुरका कृषकलाई अनुदानमा एक सय वटा मौरीघार दिई सामूहिक मौरीपालन गर्ने तथा केराखेतीका लागि बाङ्देशालमा १० हजार उन्नत जातका बिरुवा लगाउने तयारी भएको अधिकृत आचार्यले बताए ।
प्युठान जिल्ला मौरी पालनका लागि राम्रो सम्भावना भएको भए पनि व्यावसायिक मौरीपालन सुरु नभएको भन्दै मौरीपालन विकास विभाग गोदावरीका कार्यालय प्रमुख तथा मौरी विकास विज्ञ सावित्री बरालले जिल्लामा मौरीको सम्भावनालाई मध्येनजर गरी आफूहरूले पनि सहयोग गर्ने बताए ।
उनका अनुसार जिल्लामा व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्नसकिने अवस्था रहेको छ । गत वर्ष गोरखा, चितवन, इटहरी र नवलपरासीका मौरीपालक कृषकले जिल्लामा मौरी चरणका लागि लगेर एक हजार २ सय भन्दा धेरै मौरी घारबाट झन्डै एक करोड आठ लाख आम्दानी गरेको कृषि तथ्याङ्कले देखाएको छ ।
एैरावती कृषि सहकारी संस्था बड्डाँडामा जिल्लामै पहिलोपटक मह प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको भन्दै जिल्ला कृषि विकास कार्यालयले जिल्लामा व्यावसायिक मौरी पालनमा लाग्नेलाई प्रविधिक सीप र अनुदानसमेत दिने जनाएको छ ।
त्यस्तै जिल्लामा आवश्यक पर्ने केराको आधा हिस्सा पनि जिल्लामा उत्पादन नहुने गरेको भन्दै कार्यालयले जिल्लामा उत्पादन भएको केरा जिल्लामै खपत हुने भएकाले त्यसमा समेत सम्भावना धेरै रहेको जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
नेचुरल सहकारीको १७औं वार्षिक साधारण सभा एकाइगत रूपमा हुने
२५ कार्तिक २०८२, सोमबार
विशाल सहकारीको २६औं साधारण सभा सम्पन्न
२५ कार्तिक २०८२, सोमबार
आभाष साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न
२३ कार्तिक २०८२, शनिबार