१६ चैत्र २०८०, शुक्रबार

सवारी चालकहरूले पनि सहकारी खोल्ने

२३ फाल्गुन २०७०, शुक्रबार
सवारी चालकहरूले पनि सहकारी खोल्ने

सुर्खेत, २३ फागुन । नेपाल यातायात मजदुर सङ्घमा आबद्ध भएका  सवारी चालकहरूले सहकारी स्थापना गर्ने भएका छन् ।
उनीहरूले सहकारी स्थापनाका लागि सञ्चालक समिति गठन गरी सबै काम पूरा गरिसकेको जनाएका छन् । आफ्नो पेसालाई थप मर्यादित, व्यवस्थित र आर्थिक समृद्धिका लागि नेपाल यातायात मजदुर सङ्घ जिल्ला कार्यसमिति सुर्खेतले ‘संयुक्त यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था’ स्थापना गर्न लागेका हुन् ।
उक्त सहकारीका लागि प्रकाश खड्काको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ । साथै सहकारी सञ्चालनका लागि सहकारी सञ्चालक समितिका पदाधिकारीहरू, सदस्यहरू र सवारी चालकहरूलाई ‘सहकारी शिक्षा तालिम’ पनि दिइएको छ ।

अभिलेख

लोकप्रिय