८ बैशाख २०८१, शनिबार

राष्ट्रिय सहकारी संघको २१ औं साधारणसभा आज

२५ पुष २०७०, बिहीबार
राष्ट्रिय सहकारी संघको २१ औं साधारणसभा आज

काठमाडौं, २५ पुष । राष्ट्रिय सहकारी संघको २१ औं बार्षिक साधारणसभा आज हुँदै छ । संघको २०७० कार्तिक ७ गते बसेको १ सय ५४ औं संचालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा आज भएको हो ।

संघको नवनिर्मित भवन पुल्चोकमा साधारणसभा बिहान ९ बजेका लागि बोलाइएको थियो । यस वर्ष संघको नयाँ नेतृत्व चयन गर्ने भएपनि साधारण सभा आज गरेर केही महिना पछि चुनावी माहोलमा जाने बुझिएको छ । संघको चुनाव भने चैतमा हुने स्रोतको भनाइ छ । आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र अनिवार्य रुपमा साधारणसभा गर्नु पर्ने भएकाले चुनावी माहोललाई पछि धकेलेर साधारण सभा गर्न लागिएको बुझिएको छ ।

विगतका वर्षहरु भन्दा यस वर्ष साधारण सभा फरक तरिकाले गरेका छन् । सहकारी अभियानका साथै संचारकर्मी समेत खबर नगरी सुटुक्क साधारण सभा गरिएको छ । संघको प्रतनिधिहरुलाई मात्र खबर गरेर साधारणसभा बोलाइएको र सूचना पनि प्रकाशित गरेको छैन ।

AGM_Letter copy

अभिलेख

लोकप्रिय