४ बैशाख २०८१, मंगलवार

राष्ट्रिय सहकारी संघको चुनावी साधारणसभा आज

२२ श्रावण २०७१, बिहीबार
राष्ट्रिय सहकारी संघको चुनावी साधारणसभा आज

काठमाडौं, २२ साउन । राष्ट्रिय सहकारी संघको साधरणसभा आज शुरु हुँदै छ । दुई दिन सम्म चल्ने यस साधारणसभाले आगामी ५ वर्षे कार्यकालका लागी नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेतृत्व चयनका लागी प्रमुख राजनितिक दल निकट सहकारीकर्मीका बिचमा पटक पटक सहमतिको प्रयास भईरहेको भएपनि सहमती भने भैसकेको छैन ।

संघको संसोधित विनियम अनुसार संघमा अध्यक्ष, एकजना महिला सहित २ जना उपाध्यक्ष, ५ विकास क्षेत्रबाट ५ जना सदस्य रहने छन् । त्यस्तै खुल्लाबाट ८ जना सदस्य, केन्द्रिय सहकारी संघका ३ जना प्रतिनिधिहरुको सदस्यको रुपमा चयन हुने राष्ट्रिय सहकारी संघले जनाएको छ ।

संघको नेतृतवका लागी पुनानै अनुहार यतिखेर चर्चामा रहेको छ । यसपटक पुर्व अध्यक्ष दिपक प्रकाश वाँस्कोटा र वर्तमान अध्यक्ष केशवप्रसाद वडालले दावी गर्दै आएका छन् । साधारणसभा शुरु हुनु भन्दा केही घण्टा अघि सम्म कुनै सहमती हुन सकेको छैन ।

यदि चुनावनै हुने भएमा एमालेले अध्यक्षमा केशवप्रसाद बडाल, उपाध्यक्षमा मिनराज कडेंल, लेखा समितिको संयोजकमा केवी उपे्रतीलाई उठाउने स्रोतको भनाई छ । यता कांगे्रस र एमाओवादी निकट सहकारीकर्मी बीच मिलेर जाने सम्भावना बढी रहेको छ । कांग्रेस र एमाओवादी बीच आपसी समझदारी गरी पद बाँडफाँड गरी गघि बढ्ने स्रोतको भनाई छ ।

अभिलेख

लोकप्रिय