१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय सहकारी बैंकको प्रशिक्षक प्रशिक्षण तालिम

२ बैशाख २०७२, बुधबार
राष्ट्रिय सहकारी बैंकको प्रशिक्षक प्रशिक्षण तालिम

काठमाडौं । सहकारी बैंकको आयोजना र एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा संचालित सहकारी संस्थाका सञ्चालकको क्षमता अभिवृद्धि तथा सक्षम सहकारी ब्यबस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको दोस्रो दिन मंगलबार दुई चरणमा भएको छ ।

तालिमको पहिलो चरणमा सहभागीहरुलाई बैंकका संचालक तथा बैंकको शिक्षा तथा तालिम उपसमितिका संयोजक सरिता भट्टराईले वर्तमान समयमा बैंकको वित्तीय अवस्था, प्रभावकारिता र बैंकवाट आबद्ध सदस्य सहकारी संस्थाले कसरी लाभ प्राप्त गर्न सक्छन भन्ने वारेमा जानकारी गराइन । त्यस्तै बैंकले आफ्ना आबद्ध विभिन्न सदस्य सहकारी संघ संस्थाहरु लाई दिने तालिम कार्यक्रमकाे बारेमा पनि जानकारी गराएकी थिइन ।

उनीले आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न सदस्य सहकारी संघ/संस्थाको आवश्यकतालाई मध्यनजर गरी तालिम सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि बैंकले सदस्य सहकारीको आवश्यकताका आधारमा व्यावहारिक र प्रभावकारी अन्य थप तालिमहरु पनि सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन ।

तालिम कार्यक्रमको दोस्रो चरणमा सहभागीहरुलाई तालिम पुर्व उपलब्ध गराइएको प्रि कोर्स वर्क बुक बारे सहभागीहरु छलफल गर्ने कार्यक्रम रहेको छ । तालिम कार्यक्रममा बैंकको शिक्षा तथा तालिम उपसमितिका सदस्य राजेन्द्र पौडेल र सदस्य सचिव एवम् बैंकका प्रबन्धक नवराज उपाध्याय ले सहजीकरण गरेका छन् ।

अभिलेख

लोकप्रिय