७ बैशाख २०८१, शुक्रबार

यी हुन् सहकारी अभियानका प्रमुख ऐतिहासिक घटना

२६ चैत्र २०७५, मंगलवार
यी हुन् सहकारी अभियानका प्रमुख ऐतिहासिक घटना

२०१० – योजना विकासका लागि कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना ।
२०१३ – नेपाल सरकारद्धारा कार्यकारिणी आदेश मार्फत सहकारी संस्था गठनको प्रारम्भ भई सर्वप्रथम चितवन जिल्लामा ऋण सहकारी संस्थाको गठन ।
२०१६ – सहकारी संस्था ऐन, २०१६ जारी ।
२०१८ – सहकारी संस्था नियम, २०१८ जारी ।
२०१९
– सहकारी प्रशिक्षण केन्द्रको स्थापना ।
– सहकारी बैंक ऐन, २०१९ जारी ।
२०२४ – सहकारी बैंक कृषि विकास बैंकमा परिणत ।
२०२७ – सहकारी संस्था ऐन, २०१६ मा दोस्रो संसोधन ।
२०२८ – सहकारी संस्था नियमहरु, २०१८ मा प्रथम संसोधन ।
२०३३
– सहकारी संस्था नियमहरु, २०१८ मा दोस्रो संसोधन ।
– अनिवार्य बचत साझा संस्थाको शेयरमा परिणत ।
२०३४ – साझा संस्था प्रशासन तथा आर्थिक नियम, २०३४ को व्यवस्था ।
२०४१ – साझा संस्था ऐन, २०४१ जारी ।
२०४३ – साझा संस्था नियमहरु, २०४३ जारी ।
२०४५ – अनिवार्य बचत रकम बचतकर्तालाई फिर्ता गर्ने घोषणा ।
२०४७ – सहकारी महासंघ परामर्श समिति गठन ।
२०४८ – साझा केन्द्रीय कार्यालय विघटन ।
– राष्ट्रिय सहकारी विकास बोर्ड तदर्थ रुपमा गठन
२०४९
– सहकारी ऐन, २०४८ जारी

-राष्ट्रिय सहकारी विकास बोर्ड ऐन,२०४९जारी ।
– सहकारी नियमावली २०४९ जारी ।
२०५०– राष्ट्रिय सहकारी संघ गठन ।
२०५४ – राष्ट्रिय सहकारी संघलाई अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यता प्राप्त ।
२०५७ – कृषि मन्त्रालयमा सहकारी समेत थप गरी कृषि तथा सहकारी मन्त्रालय भएको ।

– सहकारी ऐन, २०४८ को दफा २६ मा प्रथम संशोधन भई सहकारी बैंक स्थापना गर्न सक्ने प्रावधान राखिएको ।
२०५८ – एशिया तथा प्रशान्त क्षेत्रका सहकारी सहकारी मन्त्रीहरुको छैटौं सम्मेलन काठमान्डौमा
सम्पन्न ।
२०६०
– राष्ट्रिय सहकारी बैंक स्थापना ।
– कृषि सहकारीको विकासका लागि सञ्जाल (NEDAC) को सातौं साधारण सभा
काठमाण्डौंमा सम्पन्न ।


२०६३

– नेपालको अन्तरिम संविधान २०६३ मा सरकारी, सहकारी र निजी क्षेत्रलाई आर्थिक
विकासको आधार स्तम्भको रुपमा अवलम्बन ।
– सहकारी सवर्ण महोत्सव वर्ष २०६३ सम्पन्न ।
२०६९
– सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना ।
– राष्ट्रिय सहकारी निति २०६९ जारी
२०७० – राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न ।
२०७२ – नेपालको संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास
मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने व्यवस्था ।
२०७३ – कृषि सहकारीको विकास सञ्जाल (NEDAC) को साधारण सभा एवं गोष्ठी काठमाडौंमा
सम्पन्न ।
२०७४ – सहकारी ऐन २०७४ जारी ।

अभिलेख

लोकप्रिय