आदेश गरिएका सहकारी संस्थामा ओरेन्टल कोअपरेटिभ लि मैतीदेवी, एक्जिम बहुउद्देश्यीय सहकारी थापाथली, गुण मल्टिपर्पाेज कोअपरेटिभ लि र पुल्चोक ललितपुर प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ ललितपुर छन् ।
यसअघि आयोगले ६३ बचत सहकारी संस्थाका सञ्चालकलाई झिकाउन आदेश जारी गरिसकेको छ ।
काठमाडौं, २६ पुस । समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँजबुझ आयोगले सहकारी सञ्चालकलाई झिकाउन आदेश जारी गरेको छ ।
समस्याग्रस्त सहकारी छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सञ्चालकलाई तत्काल झिकाउन आज आदेश दिनुभएको हो । बचतकर्ताले दिएका विभिन्न उजुरीलाई आधार मान्दै आयोगले आज विभिन्न क्षेत्रका पाँच बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई झिकाउन आदेश जारी गरिएको हो ।
विशेष अदालतका पूर्वन्यायाधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगमा हजारौँ उजुरी परेका छन् । आयोगले एक महिनासम्म उजुरी संकलन गरेको र अब सहकारी सञ्चालक र उनीहरुले बचतकर्ताको रकम प्रयोग गरेर खरिद गरेका सम्पत्तिको मूल्याङकन गर्ने जनाएको छ । आयोगलाई समस्याग्रस्त सहकारीमा देखिएको समस्या समाधान गर्ने सवालमा जस्तोसुकै अधिकार प्रयोग गर्न सक्ने अधिकार दिइएको छ ।
आयोगले सहकारीको दायित्व र सम्पत्तिका साथै संस्थाका संचालकको सम्पति मूल्यांकन गरी सर्वसाधारणको रकम फिर्ता गर्ने उपायबारे सरकारलाई सुझाव दिने र सोही सुझावलाई मूख्य आधार मानेर सरकारले बचतकर्ताको बचत फिर्ता गर्ने बताइएको छ ।
हालसम्म उजुरी परेका समस्याग्रस्त ६३ सहकारी संस्थाहरुको सूची
मिति २०७०।८।२४ मा अध्यक्ष वा सन्चालकलाई झिकाउने आदेश भएको
१ ओरेन्टल को अपरेटिभ लि, मैतीदेवी
२ एक्जिम बहुउद्देश्यीय सहकारी संस्था लि, थापाथली
३ गुण मल्टिपरपोज को अपरेटिभ लि ,पुल्चोक , ललितपुर
४ प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट को अपरेटिभ लि, काठमाडौं
मिति २०७०।८।३० मा अध्यक्ष वा सन्चालकलाइ झिकाउने आदेश भएको
१ कुवेर बचत तथा ऋण सहकारी संस्था ,महाराजगंज
२ स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लि, पुतलीसडक
३ प्रभु बचत तथा ऋण सहकारी संस्था लि, न्यूरोड
४ शुभश्री को अपरेटिभ लि, पुतलीसडक
मिति २०७०।९।३ मा अध्यक्ष वा सन्चालकलाइ झिकाउने आदेश भएको
१ नवराजधानी बचत तथा ऋण सहकारी संस्था लि काठमाडौं
२ मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि, डिल्लीबजार, काठमाडौं
३ कोहिनुर हिल बचत तथा ऋण सहकारी संस्था लि, न्यूरोड
४ सहायता सहकारी संस्था लि, रातोपुल
मिति २०७०।९।१८मा अध्यक्ष वा सन्चालकलाइ झिकाउने आदेश भएको
काठमाडौं जिल्ला
१ पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि, चावहिल
२ ओ¥याकल बचत तथा ऋण सहकारी संस्था लि, पुतलीसडक
३ ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लि, चावहिल
४ मानस बचत तथा ऋण सहकारी संस्था लि, रविभवन
५ जय शिवशक्ति बहुउद्देश्यि सहकारी संस्था लि, इचंगुनारायण
६ बाईसधारा बहुउद्देश्य सहकारी संस्था लि, बालाजु
७ रोजगार विकास बचत तथा ऋण सहकारी संस्था लि, नक्साल
८ सुबल बहुउद्देश्यीय सहकारी संस्था लि, सुकेधारा
९ डिमाण्ड बचत तथा ऋण सहकारी संस्था लि, कामनपा १०
१० रिक्रियट सर्भिस बचत तथा ऋण सहकारी संस्था लि, क्षेत्रपाटी
११ हितैषी बहुउद्देश्यीय सहकारी संस्था लि, बत्तिसपुतली
१२ हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि, कालिमाटी
१३ शाईन बचत तथा ऋण सहकारी संस्था लि, कामनपा ७
१४ विश्वास बचत तथा ऋण सहकारी संस्था लि,
१५ पिताश्री बचत तथा ऋण सहकारी संस्था लि, तिनकुने
१६ संयुक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लि, गोगंबु
१७ गगनचुली बचत तथा ऋण सहकारी संस्था लि, गोगंबु
१८ परिदृश्य बचत तथा ऋण स.स.लि, कालीकाटी
१९ मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लि
२० त्रिपल एम बचत तथा ऋण सहकारी संस्था लि, कामनपा ६
२१ नव नेपाल बचत तथा ऋण सहकारी संस्था लि, नागपोखरी
२२ कस्मिक बचत तथा ऋण सहकारी संस्था लि, बागबजार
२३ मुश्किलमा सजिलो बहुउद्देश्यि सहकारी संस्था लि, नयाँ बानेश्वर
२४ कमलिन बचत तथा ऋण स.स.लि त्रिपुरेश्वर
२५ एपेक्स बचत तथा ऋण सहकारी संस्था लि, मिनभवन
२६ एरिया बचत तथा ऋण सहकारी संस्था लि, बानेश्वर
२७ रुपान्तर बचत तथा ऋण स.स.लि, इमाडोल
२८ चार्टड बचत तथा ऋण स.स.लि, कमलादी
२९ सुलभ बचत तथा ऋण स.स.लि, पुरानो बानेश्वर, भीमसेन गोला
३०इन्द्रायणी बचत तथा ऋण स.स.लि, लाजिम्पाट
३१ बागेश्वरी बचत तथा ऋण स.स.लि, पुरानो बानेश्वर
३२ रिनाउन बहुउद्देश्यीय सहकारी संस्था लि, न्यूरोड
३३ हाइस्ट्रिट बचत तथा ऋण सहकारी संस्था लि, बबरमहल
३४ नवक्षितिज बहुउद्देश्यीय स.स.लि, कालिकास्थान
३५ कामना बचत तथा ऋण स.स.लि, कालिकास्थान
३६ लिडर्स बचत तथा ऋण स.स.लि, बागबजार
३७ कन्ज्यूमर बचत तथा ऋण स.स.लि,
३८ परिमल बचत तथा ऋण स.स.लि,
३९ पब्लिक फाइनान्स बचत तथा ऋण स.स.लि, कमलादी
ललितपुर जिल्ला
१ अञ्जुली बचत तथा ऋण सहकारी संस्था लि,इमाडोल
२ रश्शा बचत तथा ऋण सहकारी संस्था लि, विशंखुनारायण
३ करोना बचत तथा ऋण स.स.लि, कुसुन्ती, ललितपुर
४ सुनौलो बचत तथा ऋण स.स.लि,विशालचोकञ
५ अन्नपूर्ण बचत तथा ऋण स.स.लि, कुमारीपाटी
६ बालकुमारी बहुउद्देश्यीय स.स.लि, इमाडोल
७ उग्रचण्डी बचत तथा ऋण स.स.लि,मंगलबजार
८ कोपिला बचत तथा ऋण स.स.लि, ग्वार्को
९ स्टाण्डर्ड मल्टिपरपोज स.स.लि, जाउजाखेल
१० दिपशिखा बचत तथा ऋण सहकारी संस्था लि, मानभवन
११ सुकुन्दा बचत तथा ऋण स.स.लि, पुल्चोक
१२ फ्यूचर किज स्वास्थ्य सहकारी संस्था लि,पुल्चोक
आयोगमा हालसम्म हाजिर हुन आएका सहकारी संस्थाका पदाधिकारीहरु
१. ओरियन्टल सहकारी अध्यक्ष सुधीर बस्नेत
२. गुण सहकारी अध्यक्ष राजेन्द्र शाक्य
३. प्यासिफिक सहकारी अध्यक्ष धीरेन्द्र पसाद प्रधान
४. कोरोना सहकारी संस्थाका कोषाध्यक्ष राजेन्द्र लाल मानन्धर र सचिव बिन्जु श्रेष्ठ
५. शुभश्री पूर्व अध्यक्ष नगेन्द्र शर्मा
६. नवराजधानी अध्यक्ष सगुन पाण्डे
७. सहायता सहकारीका कमल शम्शेर राणा र लेखराज राई
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
२२ मंसिर २०८०, शुक्रबार
सूर्यदर्शन सहकारी झापाको अध्यक्षमा टिकाराज सापकोटा
२२ मंसिर २०८०, शुक्रबार
लालुपाते सहकारी प्रकरण: ऋणीसहित ४ थुनामा, ५ जनालाई धरौटीमा छाड्न आदेश
२२ मंसिर २०८०, शुक्रबार