६ बैशाख २०८१, बिहीबार

यसरी ठग्यो सहकारीले

२८ चैत्र २०७०, शुक्रबार
यसरी ठग्यो सहकारीले

नवलपरासी  २८ चैत । जिल्लाका दुईवटा सहकारी संस्थाले बचतकर्ताको ७० लाखभन्दा बढी ठगी गरेको आरोप लागेको छ ।
 
यसरी ठगी गर्नेमा रामग्राम नगरपालिकाको जनजागृति बहुमुखी सहकारी संस्था र मेधावी कृषि सहकारी संस्था छन् ।
 
ठगी गर्ने दुवै सहकारी संस्थाको मुख्य कार्यालय सदरमुकाम परासीमा रहेको डिभिजन कार्यालयको दर्तामा देखिएको छ । ठगी गरेका मध्ये एउटा सहकारी संस्थाका तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
 
अर्को सहकारी संस्थाका सञ्चालकलाई पक्राउ गर्न प्रहरीले वास्ता नगरेको बचतकर्ताले गुनासो गरेका छन् । बचतकर्ताको उजुरीका अधारमा उनीहरलाई पक्राउ गरिएको प्रहरीेले जानकारी दिएको छ ।
 
रकम हिनामिना गरी ठगी गर्ने संस्थालाई कारबाहीको मागसहित गत आइतबार बचतकर्ताले आइतबार प्रशासन कार्यालय घेराउ गरे । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई उजुरी पनि दिए। उजुरीमा दुवै संस्थाले ३५/३५ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ ।
 
प्रहरीले मेधावी संस्थाका तीन सञ्चालक पक्राउ गरेको हो । जनजागृतिका अध्यक्ष र व्यवस्थापकलाई पनि तत्काल पक्राउ गरी कारबाही गर्न बचतकर्ताले माग गरेका छन् । अन्नपूर्ण पोष्टबाट

अभिलेख

लोकप्रिय