१६ चैत्र २०८०, शुक्रबार

मर्जर अभियानका लागि सहकारी सञ्जाल गठन

१९ श्रावण २०७१, सोमबार
मर्जर अभियानका लागि सहकारी सञ्जाल गठन

काठमाडाैँ, १९ साउन । भक्तपुरमा सफल रुपमा संचालनमा आएका सहकारीहरुले जिल्लाका सहकारीको अझ विकास, सम्बृद्धि एवं एकीकरण (मर्ज)गर्ने उद्देश्यले सहकारी सञ्जाल गठन भएको छ ।सञ्जालले संस्थाहरु एकीकरण गर्ने, साख सुचना केन्द्र स्थापना गर्ने, गैर समुदायमा आधारित सहकारीहरुको विरोध गर्ने, एकअर्काबीचमा सहयोगी भावनाका साथ स्वस्थ प्रतिष्पर्धा गर्ने, वित्तिय कारोवारमा एकरुपताको प्रयास गर्नेछ ।

युवा बचत तथा ऋण सहकारी संस्था लि.मा भएको सहकारीहरुको संयुक्त छलफल र अन्तरक्रियाका क्रममा सहकारीहरुको सफल व्यवस्थापन, समस्या पहिचान, समाधानका उपाय, अबलम्बन र एकीकरण प्रक्रिया सुरु गर्ने अभियानका साथ सहकारी सञ्जाल गठन भएको हो ।

युवा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा बचत तथा ऋण सहकारीमा देखिएका समस्या, चुनौती र समाधानको उपायका विषयमा आयोजित सहकारी समन्वय बैठकले सञ्जाल गठन गरेको संस्थाका सचिव सोम शर्मा बजगाईले जानकारी दिए ।

सञ्जालले प्रारम्भमा जिल्लाका छालिङ्ग, नगरकोट र वागेश्वरीका २१ वटा सहकारीहरुको समस्या पहिचान र समाधान गर्नेगरि संजाल गठन गरेको जानकारी दिदै उहाँले सञ्जाललाई जिल्लाव्यापी रुपमा विस्तार गरिने बताए। युवा साकोसका अध्यक्ष प्रल्हाद बास्तोलाको संयोजकत्वमा ९ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको सदस्य सचिवमा नौलो साकोसका अध्यक्ष राधाकृष्ण भण्डारीलाई चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा क्रमशः झझल्को साकोसका अध्यक्ष दिपक लामिछाने, गीतानगर साकोसका अध्यक्ष हरिबोधन बास्तोला, मुहानगणेश साकोसका अध्यक्ष प्रधुम्न कार्की, देवीस्थान महिला साकोसका अध्यक्ष सुभद्रा काप्mले, ब्रम्हायणी सामुदायिक साकोसका अध्यक्ष केशवप्रसाद अधिकारी, सूर्योदय साकोसका सचिव पुरुषोत्तम लामिछाने र नगरकोट साकोसका अध्यक्ष धनबहादुर लामा चयन भएका छन् ।

सञ्जालले कार्यविधि तयार गरि सुचना केन्द्र सञ्चालन गर्ने, घुम्ती बैठकको आयोजना गर्ने र सहकारीहरु बिच एकीकरण अभियान समेत सुरु गर्ने सञ्जालका सदस्दय दिपक लामिछानेले जानकारी  दिए ।

अभिलेख

लोकप्रिय