१५ चैत्र २०८०, बिहीबार

बाराका सहकारीकर्मी सिवाईसी साकोसमा

१५ बैशाख २०७३, बुधबार
बाराका सहकारीकर्मी सिवाईसी साकोसमा

cyc sahakariबागलुङ । बारा जिल्लाका सहकारी संघ/संस्थाका सञ्चालक समिति, उपसमिति, सल्लाहाकार, कर्मचारीहरु र सिवाईसी साकोस बागलुङ बीच बुधवार वागलुङ बजारमा अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रममा बोल्दै नेफ्स्कुनका सञ्चालक तथा जिल्ला सहकारी समन्वय सञ्जाल बाराका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपालको आर्थिक, सामाजिक तथा सास्कृतीक विकासमा सहकारीहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । पौडेलले सरकारले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको भुमीका वढाउँदै लैजान सकेमा मात्र देश विकास सम्भव रहेको बताए ।
डिभिजन सहकारी कार्यालय वाराको संयोजक्तवमा आएको टोलीको प्रतिनिधित्व गर्दे अध्ययन अवलोकन भ्रमणको अपेक्षा तथा बारा जिल्लाको सहकारी अभियानको बारेमा डिभिजन सहकारी कार्यालय वाराका सहकारी अधिकृत कुलोत्तमा पोखरेलले जानकारी गराएका थिए भने समग्र वागलुङ जिल्लाको सहकारी अभियान र सिवाईसी साकोसको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

अभिलेख

लोकप्रिय