१५ चैत्र २०८०, बिहीबार

पशुपालन सहकारी संघको कार्ययोजना सार्वजनिक

१७ माघ २०७१, शनिबार
पशुपालन सहकारी संघको कार्ययोजना सार्वजनिक

काठमाडौ । पशुजन्य उत्पादनलाई आत्मनिर्भर बनाउने उद्देश्यले हालै गठन भएको केन्द्रीय पशुपालन सहकारी संघले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ । पशुजन्य पदार्थ अत्याधिक रुपमा विदेशबाट आयात भइरहेको अवस्थामा यसको उत्पादनलाई आत्मनिर्भर बनाउने उद्देश्यले संघले शनिबार पत्रकार सम्मेलन गरी कार्ययोजना सार्वजनिक गरेको हो ।
संघले विशेषगरी वैदेशिक रोजगारका लागि पलायन भएका युवा तथा गरिब वर्गलाई लक्षित गर्दै मासु, दूध, ऊन, छालालगायतका पशुजन्य उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । कृषकले उत्पादन गरेका सामाग्रीहरुको सहजरुपमा बजारीकरण गर्ने, पशुबिमा गरी पशुहरुको नश्ल सुधार गर्न पशु प्रजनन् केन्द्र स्थापना गर्ने, कृषि कार्यक्रमलाई किसानको पहुँचमा पुर्‍याउनेलगायतका विषयलाई आफ्ना कार्ययोजनामा प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष बाबुराम अधिकारीले पशुपालनलाई सहकारीको माध्यबाट देशव्यापी रुपमा अघि बढाउँदै पशुजन्य उत्पादनलाई आत्मनिर्भर बनाउने बताए ।

अभिलेख

लोकप्रिय