१५ चैत्र २०८०, बिहीबार

पर्यटन र सहकारी सँगसँगै

१९ बैशाख २०७३, आईतवार
पर्यटन र सहकारी सँगसँगै

Chandra Rijal– चन्द्रप्रसाद रिजाल

विभिन्न व्यक्ति मिलेर बन्ने समूहनै सहकारी हो । एउटा व्यक्ति, एउटा परिवारले मात्रै सहकारी हुँदैन । त्यस्तै पर्यटन क्षेत्रमा पनि विभिन्न क्षेत्र/व्यवसायी तथा व्यक्तिको सहकार्यबाट मात्र सम्भव हुन्छ । त्यसैले सहकारी र पर्यटन क्षेत्रलाई जोडेर अगाडी बढाउन सकिन्छ ।

पर्यटन व्यवसाय सेवा दिने व्यवसाय हो । सहकारीमा पनि सदस्यको सेवालाई महत्व दिइन्छ । त्यसैले पर्यटन व्यवसायलाई सहकारीमार्फत संचालन गर्दा अझ यो व्यवसाय फस्टाउने र यसले पर्यटकको मन जित्न सफल भइ नेपालमा अत्याधिक मात्रामा पर्यटक भित्राउन सकिने प्रष्ट छ ।

नेपालीको आत्मिय सत्कार र स्वागतबाट मनमुग्घ नहुने कुनै विदेशी छैन । पछिल्लो सयम बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमण गरेपछि यहाँको आत्ममियताका कारण नेपाल छोड्ननै मन नलागेको भन्दै आफ्नो भ्रमणलाई ६ दिन बढाएको प्रसंगले पनि नेपालीहरु अतिथि देवो भवप्रति कति समर्पित छन् भन्ने देखाउँछ ।

ग्रामिण भेगहरुमा सहकारीमार्फत होमस्टेहरु चलेका छन् । यसले एउटा व्यवसायीको मात्र नभएर समग्र नागरिकको हित हुने देखिन्छ । नेपालीको आर्थिक विकास र गाउँ बस्तीको विकासकालागि पनि सहकारी पर्यटन व्यवसाय राम्रो विकल्प हुन सक्ने देखिन्छ ।

ट्राभल, होटल र ट्रेकिङ व्यवसायहरु सहकारी भित्र ल्याएर पर्यटन व्यवसायको विकास गर्न सकिन्छ । पर्यटन क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ । एउटै व्यक्तिले ठूलो पूँजी जुटाउन नसक्न पनि सक्छ । त्यस हुनाले धेरै जना भयो भने त्यसले ठूलो पुँजी जुटाउन सक्छ । सानो पूँजीले नेशलन तथा इन्टरनेशनल मार्केटिङ गर्न सक्दैन । जनशक्ति पनि धेरै आवश्यक छ । यसलाई सहकारीको माध्यमबाट काम गर्न आवश्यक छ । पर्यटन व्यवसायमा रहेको सम्पूर्ण व्यवसायीहरुको सहकारीमा आवद्ध हुने र सहकारीको माध्यमबाट पर्यटन क्षेत्रमा लगानी गर्न सकिन्छ । यसो हुँदा पूँजीगत हिसाबले पनि बलीयो हुन्छ । काम गर्न पनि सहकारीको माध्यमबाट सहज हुन्छ । पर्यटन क्षेत्रमा यसरी हरेक व्यवसायमा लगानी गर्ने वातावरण भयो भने अति उत्तम हुन्छ । पर्यटन व्यवसायलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने व्यवसायीहरुको सामुहिक सोच र सामुहिक लगानीले व्यवसाय र सहकारी दुबै अगाडी लैजान सकिन्छ ।

ऐन नियमको समस्या
विभिन्न देशमा सहकारीको माध्यमबाट ठुला ठुला व्यवसायमा लगानी भएका छन् । तर नेपालको सन्दर्भमा यस्तो हुन सकेको छैन । सहकारीले ठूला ठूला व्यवसायमा लगानी गर्न तयार छन् तर वर्तमान ऐन, नियमका कारण सहकारीले लगानी गर्न चाहेर पनि सकेका छैनन् । जस्तो उदाहरणको रुपमा ठमेल स्थित दिगो पर्यटन सहकारीले यातायात, होटल, प्लेन, ट्राभल एजेन्सी, पर्यटकीय व्यवसायमा लगानी सोच बनायो । उद्देश्यहरु पनि समावेश भएका छन् । ठमेलबाट एयरपोर्ट सम्म बस संचालन गर्ने तयारी पनि गरेका थियौं । तर यातायात व्यवसायीको सिन्डिकेटका कारण सफल हुन सकेनौं ।तर हाल बचत तथा ऋणमा मात्र सिमित हुन परेको छ । जुन सुकै व्यवसायमा लगानी गर्दा पनि सहकारीका सदस्यलाई त फाईदा हुनु पर्यो नि ।

नेपालको सहकारी
सहकारी नेपालमा फस्टाएका छन् । बैंक भन्दा ठूला सहकारी पनि छन् । बैंकले भन्दा बढी सहकारी सेवा दिएका छन् । सहजै तवरले ऋण पाउने, बचत गर्ने वातावरण सहकारीले बनाएको छ । थोरै थोरै रकम भएपनि सहकारीमा बचत गर्ने बानीको विकास भएको छ । पर्यटन क्षेत्रमा पनि सहकारी प्रवेश गरेको छ । तर नियम कानुनको कारण पर्यटन क्षेत्रमा काम गर्न सकेका छैनन् । नियम कानुन हुने र लगानी सुरक्षित हुने वातावरण हुने हो भने धेरै लगानी गर्न सकिन्छ । यसबाट दुबै क्षेत्रलाई फाईदा हुन्छ । उत्साहित भएर लगानी गर्न सकिन्छ ।

पर्यटन क्षेत्रमा सहकारी उत्तम
पर्यटन क्षेत्रमा सेयरको कारोबार हुदैन । ठूला ठूला होटल मात्र छन् । हायात होटलको पव्लीकको सेयर संचालकले खाएका छन् । सेयर होल्डरले आफ्नो सेयर पनि फिर्ता पाउन सकेका छैेनन । नाफाको त कुरै नगरौं । कम्पनीको अवधारणले राम्रो संग चलेको छ भन्ने छैन । सहकारीको अवधारण अनुसार पनि सबै चलेका छैनन् । कम्पनी भन्दा सहकारी अलि प्रभावकारी ढंगले संचालन हुन्छन् । कम्पनीमा अलि बढी नाफा खोज्ने प्रचलन छ । सहकारीमा सबैले फाईदा दिने हो । यस हिसाबले सहकारीको माध्यमबाट अली बढी फाईदा हुन्छ । नेपालको सन्दर्भमा हरेक समुदाय अ‍ैचो पैचो चल्छ । सहकारी अभियानले नेपालमा गति लिन्छ । तर नियम कानुन सोर्स फोर्सको आधारमा चल्नु हुँदैन ।
सहकारीले आम्दानी गरेको छ । तर सदस्यलाई नाफा किन बाढ्न नपाउने । यो व्यवहारिक छैन । सानो सानो लगानी गरेपछि नाफा कामउनै पर्छ । यसमा राज्यले बुझेको छैन कि बुझे पनि पनि नबुझेको जस्तो गरेको हो । यस तर्फ सहकारीकर्मी र राज्यको पनि ध्यान जानु आवश्यक छ ।
(लेखक दिगो पर्यटन सहकारी संस्थाका अध्यक्ष हुन्)

अभिलेख

लोकप्रिय