१५ चैत्र २०८०, बिहीबार

पर्यटनमन्त्रीको शाहीको शुभचिन्तक सहकारीमा ७ लाख बचत

४ पुष २०७३, सोमबार
पर्यटनमन्त्रीको शाहीको शुभचिन्तक सहकारीमा ७ लाख बचत

शुभचिन्तक सहकारीमा दुवै जनाको सात/सात लाख बचत मौज्दात

श्रीमतीका नाममा शुभचिन्तक सहकारीमा एक हजार सेयर

व्यक्ति र सहकारी संस्थाका नाममा छ लाख ५० हजार ऋण

jeevan-bahadur-shahi

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् ।

मन्त्री शाही र श्रीमती बसन्ती शाहीका नाममा हुम्ला, बाँके र काठमाडौँमा पुख्र्यौली जग्गा रहेको छ । काठमाडौँको मातातीर्थमा १५ रोपनी, हुम्ला खर्पुनाथमा २०० रोपनी र बाँके खजुरामा दुई बिगाहा जग्गा रहेका छन् । त्यस्तै, पैतृक सम्पत्तिको रूपमा ५७ तोला सुन र एक किलो चाँदी रहेको उनले उल्लेख गरेका छन् ।

मन्त्री शाहीको सिटिजन्स बैंकमा १६ लाख, श्रीमती वसन्ती शाहीका नाममा सोही बैंकमा २५ लाख तथा शुभचिन्तक सहकारीमा दुवै जनाको सात/सात लाख बचत मौज्दात रहेको छ ।

त्यसैगरी, मन्त्री शाहीका नाममा चिलिमे हाइड्रोमा ३२ लाख रकमको २०० कित्ता सेयर, ज्योति विकास बैंकमा एक करोड ९५ लाख मूल्यको १० हजार कित्ता सेयर तथा श्रीमतीका नाममा शुभचिन्तक सहकारीमा एक हजार, माउन्ट कैलाश इनर्जीमा सात लाख ६८ हजार र कृषि बैंकमा २२९ कित्ता सेयर रहेको छ ।

व्यक्ति र सहकारी संस्थाका नाममा छ लाख ५० हजार ऋण बाँकी रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री शाहीसँग ३५ लाख मूल्यको कार र श्रीमतीका नाममा रहेको २० लाख पर्ने कार र एक लाखको स्कुटर रहेको छ ।

प्रकाशित मिति : २०७३ पुस ४

अभिलेख

लोकप्रिय