६ बैशाख २०८१, बिहीबार

धौलागिरिका सहकारीमा डेढ अर्ब सेयर पुँजी

९ पुष २०७०, मंगलवार
धौलागिरिका सहकारीमा डेढ अर्ब सेयर पुँजी

बागलुङ, ९ पुस । धौलागिरि अञ्चलका चार जिल्लामा सञ्चालित सहकारीको सेयर पुँजी करिब रु डेढ अर्ब रहेको छ । अञ्चलको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म सञ्चालनमा रहेका ७९९ सहकारीमा कुल रु एक अर्ब ४२ करोड ४५ लाख ७० हजार सेयर पुँजी सङ्कलन भएको डिभिजन सहकारी कार्यालय बागलुङले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्म चारै जिल्लाका सहकारीले रु तीन अर्ब ३३ करोड ९९ लाख ऋण लगानी गरेको डिभिजन सहकारी कार्यालयका अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।

]त्यस्तै सहकारीको विभिन्न शीर्षकका आन्तरिक कोषमा पनि पुँजी जम्मा भएका छन् । जसअनुसार कोषमा रु २४ करोड ९२ लाख ३५ हजार रकम रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयले जारी गरेको सहकारी व्यवस्थापनका सूचक र वित्तीय क्षेत्रमा गरेको योगदान तथा आर्थिक विवरणले यस्तो देखाएको हो । कार्यालयको प्रादेशिक अधिकार क्षेत्रभित्र रहेका धौलागिरि अञ्चलका चारै जिल्लामा सञ्चालित सहकारी संघ÷संस्थाले यसक्षेत्रका आर्थिक गतिविधिमा ठूलो योगदान पुर्याएको अधिकृत सुवेदीले बताउनुभयो । चारै जिल्लामा गरी सञ्चालन रहेका ७९९ सहकारीमा गरी कुल एक हजार ४२२ जनाले रोजगारी पाएका छन् । जसमध्ये महिला कर्मचारीको सङ्ख्या ७३१ र पुरुष कर्मचारीको सङ्ख्या ६९१ रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै सञ्चालक सदस्यतर्फ महिला सञ्चालक सदस्य तीन हजार ३३ जना र पुरुष सञ्चालक सदस्य चार हजार १४९ गरी कुल सात हजार १८२ सञ्चालक सदस्य रहेका छन् । चालु आवको कात्तिक मसान्तसम्मको आँकडाअनुसार महिला सेयर सदस्यको सङ्ख्या १५ हजार १०८ र पुरुष सेयर सदस्यको सङ्ख्या १९ हजार २५१ गरी कुल ३४ हजार ३५९ सेयर सदस्य रहेका छन् ।

हालसम्म डिभिजन सहकारी कार्यालयमा दर्ता भएका बहुउद्देश्यीय, बचत तथा ऋण, दुग्ध उत्पादक, व्यावसायिक कृषि, उपभोक्ता÷खाद्य, तरकारी तथा फलफूल, सञ्चार÷प्रकाशन, बाख्रा, कफी उत्पादक, स्वास्थ्य, बङ्गुरपालन, सुन्तला उत्पादक, साना किसान, बीउ उत्पादन, जिल्ला संघ र विषयगत संघलगायत अन्य सहकारीसमेत गरी बागलुङ जिल्लामा ३४७, पर्वत जिल्लामा २४९, म्याग्दी जिल्लामा १७२ र मुस्ताङ जिल्लामा ३१ सहकारी संघसंस्था रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अभिलेख

लोकप्रिय