६ बैशाख २०८१, बिहीबार

कृषि सहकारी र कृषक समूहको एउटा सफल प्रयास

७ माघ २०७०, मंगलवार
कृषि सहकारी र कृषक समूहको एउटा सफल प्रयास

पर्वत ,७ माघ । कृषकका उत्पादनको बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले पर्वत जिल्लाका ११ स्थानमा कृषिउपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको सहयोगमा कृषि पकेट क्षेत्रमा ११ कृषिउपज सङ्कलन केन्द्र निर्माण गरिएको हो । सबै कृषिउपज सङ्कलन केन्द्र यस आर्थिक वर्षमा नै निर्माण गरिएको हो ।

कार्यालयले ताजा तरकारी, बीउ, सुन्तला लगायतका फलफूल, खाद्यान्न उत्पादनका पकेट क्षेत्रहरूमा उपजकेन्द्र निर्माण भएका छन् । ‘‘कृषकका उत्पादनले बजारसम्म सहज पहुँच पु¥याउने उद्देश्यले कृषिउपज सङ्कलन केन्द्र निर्माण गरेका हौँ’’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भन्नुभयो –‘‘कृषकले एकैठाउँबाट आफ्ना उत्पादन बिक्री गर्नका लागि सङ्कलन गर्नेले सहयोग पु¥याउँछ’’ ।

पर्वतको उत्तरमा पर्ने लेकफाँटको लोप्रे, खुर्कोट, पाङ, थापाठाना, शङ्करपोखरी, कुर्घा, पाङराङ, देवीस्थान, सेतीवेणी लगायतका स्थानमा उपजकेन्द्र र हाटबजार निर्माण भएका छन् । एघार वटा साना र ठूला कृषिउपज सङ्कलन केन्द्र निर्माण गर्न रु ५१ लाख खर्च भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

सबै भवनहरू कृषि सहकारी र कृषक समूहले कार्यालयको सहयोग र जनसहभागिता जुटाएर निर्माण गरिएका छन् । कार्यालयका अनुसार लोप्रेमा निर्माण सम्पन्न भएको छ भने अन्य स्थानमा पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

लेकफाँटमा आलु, पाङ र खुर्कोटमा ताजा तरकारी, आलु र बीउ, शङ्करपोखरी र थापाठानामा लप्सी र ताजा तरकारी, देवीस्थानमा खाद्यान्न बीउ र ताजा तरकारी, पाङराङमा सुन्तला र तरकारीको बीउ उत्पादन हुने विशेष क्षेत्र हुन् । यी क्षेत्रमा उत्पादित कृषिउपज बिक्री गर्ने एउटै थलो नभएकाले कृषकले समस्या झेल्दै आएका थिए ।

‘अब एकै ठाउँमा जम्मा गरेर व्यापारीसम्म पु¥याउन सहज हुने विश्वास छ’ श्रीनगर सुन्तला उत्पादक सहकारी पाङराङका अध्यक्ष तारालाल क्षेत्रीले भन्नुभयो ।

अभिलेख

लोकप्रिय