६ बैशाख २०८१, बिहीबार

‘आयत प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ कसरी सार्थक बन्ला ?

२१ चैत्र २०७१, शनिबार
‘आयत प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ कसरी सार्थक बन्ला ?


– लेखनाथ ढकाल /

५८औ राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी संघले तय गरेको ‘आयत प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नाराले एक्कैसाथ दुईवटा बेग्लावेग्लै तर गहन महत्वका विषयलाई समेटेको छ – ‘आयात प्रतिस्थापन’ र ‘सामाजिक न्याय’ । आयत प्रतिस्थापनको विषयले सहकारीलाई उद्यमशील, आत्मनिर्भर र सफल व्यवसायी हुनुपर्ने कुरालाई इङ्गित गर्छ भने सामाजिक न्यायको पक्षले समान वितरणको कुरालाई औल्याउँछ । सदस्यहरुको समान हैसियत र सहकारीमा सदस्यको समान हैसियत र आर्थिक वितरणमा विभेदरहित अवस्थाको कुरालाई ईङ्गित गर्छ ।

सहकारी विचारका प्रवर्तक रोवर्ट ओवेनको ‘सहकार्यका आधारमा उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने विचार र यो नारा बीचमा आधारभूत रुपमा मिलेजुल्दो आदर्श देख्न सकिन्छ । यो नारा र नाराले प्रत्याभूत गरेको आदर्शले सहकारीको चरित्र र विशेषतालाई प्रतिनिधित्व गर्छ, र आवश्यकताको पनि अभिब्यक्ति राम्रोसँग दिएको छ । यसलाई भाषण गर्ने विषय नवनाएर कार्यन्वयनको विषय बनाउने प्रयत्नमा लागेमा इतिहासमा नभएको उपलब्धी छोटो अवधिमा नै नेपालले हासिल गर्नेछ । यो नाराले मागेको न्युनतम चरित्र बनाउँन जो सहकारीमा लाग्ने हो, उसले केही न्युनतम सामाजिक चरित्र र सहकारीको सदस्यका रुपमा स्वयंसेवी सङ्लग्नता सम्बन्धी कानुनीभन्दा नैतिक÷मानसिक अवस्था जरुरी पर्नेछ । र त्यो न्युनतम चरित्र के हो ? यसको मूर्त, सरल, बुझन सकिने, पालना गर्न सकिने, दुनियालाई सहकारीमा लागेको मानिसको पहिचान गर्न मिल्ने गरी सहकारीकर्मीहरुका लागि केही आधारभूत चरित्र र व्यवहारको आचारसंहिता बनाउन सके इतिहासको एउटा उपलब्धी हुने छ । सहकारी आन्दोलनको नेतृत्व र प्रतिनिधित्व गर्ने विकायका हैसियतले राष्ट्रिय सहकारी संघले मुलुकको सहकारी आन्दोलनको ‘विचार’ अगाडि ल्याउनुपर्छ, हरेक विषयमा आवश्यक सम्बोधन गरिनुपर्छ । यसमा कार्यरत पदाधिकारीले सहकारी ‘सोँच र सँस्कार’ सम्बन्धि केही न्युनतम आचारसंहितालाई पालनाकर्ताको रुपमा देखाउन सक्नु पर्नेछ । जिम्मेवारीमा बस्नेहरुले केही न्युनतम ‘जिम्मेवारी तथा चरित्र’ देखाउने कुरालाई आत्मानुशासनका रुपमा पालना गर्ने सोँच र संस्कार थालनी नगर्ने हो अनि राजनीतिक विषयलाई नै केन्द्रमा राखेर सहकारी आन्दोलनको नेतृत्व भएको छ भन्ने ठानिरहदा समयले सुम्पेको न्युनतम जिम्मेवारी पुरा भयो कि भएन भनेर आफैतिर फर्केर मुल्याङ्कन गर्नु पनि सहकारी क्षेत्रले अपनाउने सँस्कारको थालनी हामी आफैवाट सुरुआत गर्ने प्रयत्न गरौं ।

पहिलेको कुरालाई अहिले धेरै नकोट्याऊ अरुको आलोचना मात्र नगरौ, तर पनि बखानसिंह गुरुङ्को नाम सहकारीमा लाग्ने कसैले पनि विर्सन नहुने तथ्यलाई कमसेकम स्थापित गरियोस, राष्ट्रिय सहकारी संघको नेतृत्व गर्नुभएका दीपकप्रकाश बाँस्कोटा तथा हाल नेतृत्व गरिरहनु भएका केशबप्रसाद बडाललाई कुनै व्यक्ति नभई आन्दोलनको नेतृत्वको रुपमा पहिचान गर्ने गरी विकास हुने अवस्था बनोस, किनकी सहकारी आन्दोलनलाई ‘आयत प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ बनाउन यो क्षेत्र बैचारिक रुपमा व्यवस्थित नेतृत्वको आन्दोलन हुन अनिवार्य छ । जजस्लाई जे जे मन प¥यो तेस्तै गरेर चलाइने सहकारीहरुले यो नारालाई सार्थक बनाउने हैसियत आर्जन गर्न सक्दैन । केही नयाँ कुरा गर्न चलि आएको परम्पराभन्दा नयाँ तरिकाले एक्सनमा जाने पहल नेतृत्वले लिनु पर्नेहुन्छ । पानीलाई योजनाबद्ध रुपमा उपयोग गर्दा विद्युत र सिचाई गर्न सकिन्छ तर जस्तो हुन्छ तेस्तै छोडिदिदा केही मानिसल माछा खाने र केही मात्रामा सिचाई गर्न बाहेक पानीको अधिक उपयोगको सम्भावना नै रहदैन । नागरिकहरुको अथाह शक्तिलाई पनि योजनाबद्ध तरिकाले सहकारीमार्फत परिचालन गर्ने हो भने देशको आर्थिक समृद्धिका लागि केही बर्षमा नै शिखर चुम्न सकिन्छ तर नेतृत्वदायी निकाय तथा नेतृत्वदायी पदाधिकारीहरुबाट पदभार ग्रहण गर्नु त्यसवापत गरिनु पर्ने न्युनतम कार्य पनि नहुनुले सहकारीलाई कता लैजाला कसैले अनुमान गर्न सक्ने अवस्थामा छैन । बिग्रेका जति अरुले नै गरेको भन्ने, मन परेका मानिसलाई जे गरे नि राम्रो मान्ने, पदमा पुग्न जस्तो पनि हर्कत गर्नुपर्ने, राजनीतिलाई दुरुपयोग गर्ने आदि कुराहरु सहकारी क्षेत्रमा बढेका प्रदुषण रहेका छन । यो प्रदुषणका बाहकका रुपमा रहेर मात्रै पदाधिकारीहरुले सहकारी नैतिकतालाई बचाउँन सक्ने वातावरण बन्दैन । राज्यले गरेन त्यही कारणले समस्या आयो भन्ने गरेको मात्र सुनिन्छ, यो सतप्रतिसत नै यथार्थ हहो कि हाम्रो नालायकीपना पनि यसमा कारक छ ? सहकारीका मानिसको नालायकी नै बढि जिम्मेवार र निर्णयक छ भन्न सकिन्छ ।

सरकारको भूमिका र सरकारी मानिसहरुका कारणले सहकारीमा विक्रिति झाँङ्गिन सहयोग पुगेको अवश्य हो, तर सहकारी क्षेत्र आँफैले असल अभ्यास गरेर अगाडि जानका लागि केही कठिनाइ पनि अवश्य होला यद्यपि असल काम गर्न जहिले पनि राजमार्ग खुल्ला रहेको अवस्था भने हो । सहकारी उैन, २०४८ ले असल अभ्यासका लागि सहकारीको खुल्ला राजमार्ग बनाई दिएको कुरालाई नियतवस दुरुपयोग सबैभन्दा बढि सहकारीमा लाग्नेहरुले नै गरेका हौ, र ट्रयाकआउटमा पुगेको अवस्था हो । गाडी नदिमा नै खसेको अवस्था भने होइन, कुशल चालकले राजमार्गमा सकुशल ल्याउन नसक्ने ठाउँमा पुगेको छैन । स्वतन्त्र पर्यवेक्षक र सञ्चारकर्मीको हैसियतमा वर्तमान अवस्थाको सहकारी क्षेत्रलाई प्रभावकारी परिमार्जनको जरुरी देखिन्छ । भइरहेका कानुनी व्यवस्थाभित्र असल अभ्यासका सहकारी सञ्चालन गर्न नसकिने देखिदैन । कानुनी कुराले कहीकतै कठिनाई अवश्य होला तर कानुनकै अभावका कारणले सहकारी क्षेत्रलाई असल अभ्यासमा परिमार्जनमा कठिनाई आयो भन्नु बाहना मात्र भन्न सकिन्छ । कमसेकम ‘आयत प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ को मर्मलाई प्रत्यभूत गर्ने हैसियतमा सहकारीलाई उन्मुख गर्न पहिलो सर्त नै सहकारीको असल अभ्यासको प्रयास हो । अवका दिनमा असल अभ्यासको थालनी आआप्mनै स्थानबाट सुरु गर्ने थालियो भने ५८औ राष्ट्रिय सहकारी दिवसको नारा सार्थक होला ।

अभिलेख

लोकप्रिय