अक्कु फोरमको बहानामा सहकारी बैंक र नेफ्स्कुन सहितको ७५ जनाको जम्बो टोली इन्डोनेसिया जाँदै
काठमाडौ ४ जेठ । आउदो असोज १ देखि ५ सम्म इन्डोनेसियाको बालीमा एसियालि ऋण महासंघको आयोजनामा अक्कु फोरम मात्र के हुन लागेको थियो , भ्रमणमा जाने नेपालका सहकारीकर्मीहरुको भिडनै लागेको छ । सो फोरममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का ३७ र राष्ट्रिय सहकारी बैंक ३८ गरि जम्मा ७५ जनाको जम्बो टोली जाने तयारी गरेर गतिलै सन्देश दिदै छन ।
नेपालको तर्फबाट यति धेरै संख्यामा जम्बो टाली जाने तयारी भए पनि सहभागि मध्ये कसैको पनि सो सम्मेलनमा कुनै कामै छैन । सो सम्मेलनमा भाग लिन नेफ्स्कूनले आफ्नो टोली तयार गरि सकेको छ भने बैैंकबाट समेत टोली तयार हुदै गरेको स्रोतले जनाएको छ । सो टोली प्रति व्यक्ती झन्डै साढे ५ सय अमेरिकी डलर रजिस्टेसन शुल्क तिरेर जान लागेको हो ।
रेगुलर कार्यक्रममा तोके बमोजिम शुल्क तिरे पछि खाने बस्ने र जादा आउदा सबै भ्याउछ । कार्यक्रममा सहभागि हुने मध्ये कुनै पनि नयाँ अनुहार छैनन । स्रोतका अनुसार एकै संस्थाका ३ जना वा सो भन्दा बढी सहकारीकर्मीहरु छन् । सहकारी खबर डटकम संगको कुराकानीमा एक सहकारीकर्मीले भने सो कार्यक्रममा सहभागी हुँदा नेपाले आफ्नो तर्फबाट राख्ने ऐजेन्डा कुनै छैन । त्यहा सहभागिहरु बाली पुग्छन स्वाद फेर्छन आउछन् , अन्य उपलब्धी खासै हुदैन । घुम्ने मस्ति गने बाहेक अरुकाम त्याहाँ नेपालका सहकारीकर्मीले गर्ने केही काम छैन । ति सहकारीकर्मीले भने , सहभागिता जनाउनका लगि २,३ जना जाँदा हुने ठाँउमा लाखौ खर्च हुँदै छ ।
सहभागी हुने सहकारीकर्मीहरुको खर्च कताबाट जटाइदै छ भन्नेमा भने हाल सम्म केही खुलाइएको छैन । नेपालबाट न कसैले कार्यपत्र प्रस्तुत गदैछन न एसियाली ऋण महासंघले यती जना आउ भनेर निम्तो नै दिएको छ । तै पनि सहकारीकर्मीहरुको यति धैरै विदेश मोह किन ? डुल्दै गरेको फोटो र चतिर्कला सहकारी खबरका पाठकहरुले फेला पार्नु भएमा सबैलाई बाँड्न नभूल्नु होला है।
अभिलेख
लोकप्रिय
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबार
आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार
वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबारRecent Posts
नेचुरल सहकारीको १७औं वार्षिक साधारण सभा एकाइगत रूपमा हुने
२५ कार्तिक २०८२, सोमबार
विशाल सहकारीको २६औं साधारण सभा सम्पन्न
२५ कार्तिक २०८२, सोमबार
आभाष साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न
२३ कार्तिक २०८२, शनिबार