२१ फाल्गुन २०८०, सोमबार

५६ औं सहकारी दिवस र नेपालमा सहकारीता

३ पुष २०७०, बुधबार
५६ औं सहकारी दिवस र नेपालमा सहकारीता

– काजी परिश्रमी
‘स्वधिन अर्थतन्त्रका लागि सहकारी’ भन्ने नाराका साथ ५६ औं राष्ट्रिय सहकारी दिवस २० चैत मा भव्य रुपले मनाउने तय भएको छ । २०१३ साल २० चैतमा चितवनकाको शारदा नगरमा बाडी पिडीतहरुलाई राहत प्रदान गर्ने कार्यको लागी किसानहरुलाई ऋण दिन खुलेको बखान ऋण सहकारी नेपालको पहिलो औपचारिक सहकारी संस्था हो । उक्त संस्था स्थापना भएको दिनको स्मरण गर्दै प्रत्येक बर्ष २० चैतमा राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउदैं आएको छ ।
नेपालका सम्पुर्ण सहकारीकर्मीहरुले देशव्यापी रुपमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरि राष्ट्रिय पर्वको रुपमा सहकारी दिवशलाई मनाउने प्रचलन रहिआएको छ । यस वर्ष पनि सरकारी निकाय, राष्ट्रिय संघ, विषयगत केन्द्रिय संघ, जिल्ला संघ, विषयगत जिलल संद्धका साथै प्रारम्भिक संस्थाहरुले समिति गठन गरी विभिन्न कार्यक्रम गरी भव्य र सव्य मनाउदैं छ । कति पय संघ÷संस्थाले सप्ताह व्यापी रुपमा शुरु समेत गरीसकेको छ ।
सन् १८४४ मा बेलायतको रोचडेल शहरमा रहेको एउटा कपडा कारखानामा कपडा बुन्ने २८ जना कामदारहरूले “रोचडेल इक्विटेवल पायोनियर्स सोसाइटी” नामको सहकारी संस्था स्थापना गरी सर्वप्रथम आधुनिक सहकारी व्यवसाय शुरू गरेका थिए । मानवको उत्पत्ति र विकाससँगै सहकारिताको सुरूआत भएको हो । प्राचीन कालमा राज्य सञ्चालकहरूले विभिन्न कार्यमा सहकारीको उपयोग प्रचुर मात्रामा गरेको पाइन्छ । छिमेकी मुलुक भारत र चीनमा सहकारी आन्दोलनको सुरूआत भएको १ सय वर्षको इतिहास छ । हाम्रो देशमा ५६ वर्षको इतिहासमा सहकारीको सिद्धान्त, भावना, व्यवहार र उपयोगमा गौरबपूर्ण छ । वि।सं। २०४६ सालसम्म सहकारीको अपेक्षित विकास हुन सकेको थिएन । प्रजातन्त्रको पूनस्र्थापना पछि सहकारी ऐन, २०४८ जारी भयो र देशभरी सहकारी संघ संस्थाहरुको विकास तथा विस्तार हुने वातावरण बन्यो । २०४८ सालमा ८ सय ३० सहकारी रहेकोमा हाल २७ हजार सहकारी स्थापना भएका छन् । नेपालको अन्तरिम संविधान, २०६३ मा आर्थिक विकासको लागि सरकार, सहकारी र निजी क्षेत्रलाई संयुक्त रुपमा परिचालन गर्ने संवैधानिक व्यवस्था भएपछि सहकारीले व्यापक रुप लिएको हो । सहकारी संघ संस्थाहरुको गठन, सञ्चालन र नियमनका लागि सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ प्रचलनमा रहेका छन् । हाल देशभर करीव २७ हजार प्रारम्भिक सहकारी संस्थाहरू, ६६ वटा जिल्ला संघहरु, १ सय ५७ वटा विषयगत जिल्ला संघहरू, १६ वटा विषयगत केन्द्रीय संघहरू, २९ वटा शाखाहरु सहित एक राष्ट्रिय सहकारी बैंक र माथिल्लो संघको रुपमा राष्ट्रिय सहकारी संघको रहेको छ । सहकारीमा करिब ४० लाख भन्दा बढी सदस्य रहेका छन् । सहकारीहरूको कूल शेयर पूँजी २७ अर्ब, वचत निक्षेप १ खर्ब ४० अर्ब र लगानी १ सय ३४ अर्ब पुगेको छ । देशको कूल वित्तीय कारोवारमा सहकारीले १५ प्रतिशतको हिस्सा ओगटेको छ । सहकारी संघ संस्थाहरूमा ५० हजार भन्दा बढी नेपाली नागरिकहरुले प्रत्यक्ष र करिव ५ लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । राज्य र निजी क्षेत्रको पहुँच नपुगेका ठाउँ तथा समुदायमा समेत सहकारीबाट स्थानिय बासिन्दाहरु लाभान्वित बन्न सकेको पाइएको छ । शहरी क्षेत्रमा बाहुल्यता रहेको भए तापनि देशको ७५ वटै जिल्लामा सहकारी संस्थाहरुको विस्तार भएको छ । सहकारी क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारले २०६९ साल जेष्ठ ५ गते सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत स्थापना भैसकेको छ ।
पछिल्लो समयमा सहकारीमा समस्या र जोखिम बढेको छ । अहिले सहकारी खुल्ने र बन्द हुने क्रमको कुनै सीमा छैन । जुनसुकै समयमा पनि निक्षेप कुम्ल्याएर भाग्ने प्रवृति बढ्दै गएको देखिन्छ । नीति–नियम बलियो, समयसापेक्ष, सम्बधित निकायमा दक्ष र पर्याप्त कर्मचारी नहुँदा यो क्षेत्र बेवारिसे बनेको अवस्था छ । हाल सहकारी विभाग, सहकारी विकास बोर्डमा जनशक्तिको कमी छ । आवश्यक जनशक्ति अभावमा सहकारी अनुगमन प्रयाप्त मात्रामा भएको छैन । केही मात्रामा अनुगमन भएपनि गल्ती गर्नेलाई कारबाही नहुनाले सहकारीले खुलेआम ठगी गरिरहेका छन् । केही सहकारीमा देखिएको विकृतिले सहकारी अभियानमा समते असर गरेको छ । सहकारीमा जोखिम तथा समस्या बढ्नुको कारण्ँ ऐन तथा मापदण्ड कार्यान्वयन नहुनु नै हो । ऐन, मापदण्डअनुसार सञ्चालन नहुनेलाई कारबाही गर्ने हो भने अर्कोपटक गल्ती दोहो¥याउने सम्भावना कम हुन्छ तर त्यसो हुनसकेको छैन । यदि कारबाही हुने हो भने ती सहकारीले पुन समस्या नदोहो¥याउने स्वयं सहकारीकर्मीको भनाई छ । हाल सहकारीमा देखिएका समस्यामा कमजोर सहकारी अभियान, सदस्य र व्यवस्थापनबीचको द्धन्द्ध, शिक्षा तथा तालिमको अपर्याप्त, बचत र लगानी असुरक्षित, अनुत्पादित क्षेत्रमा लगानी, इजाजतबाहिर सञ्चालन, लक्षित वर्गमा सहकारीको पहुँच न्यून, कमजोर व्यवस्थापन, दोहोरो सदस्यता, व्यक्तिगत व्यवसायका µपमा दुरुपयोग, कमजोर कानुनी संरचना, राजनीतिक हस्तक्षेप पलगायत विभिन्न समस्या छन् । राज्यले अर्थतन्त्रको तीन खम्बामध्ये एउटा बलियो खम्बा सहकारीलाई मानेको छ । तर, सहकारी अगुवाले यसलाई सार्थक बनाउन सकेका छैनन् । सहकारी शिक्षा तथा चेतना नहुनु र राजनीति गर्ने थलोका µपमा सहकारी प्रयोग हुनु यो क्षेत्रमा मा समस्या आउनुको मुख्य कारण्ँ हो । सहकारीका विद्यमान सिद्धान्त, मूल्य–मान्यताभित्र रहेर सम्पूर्ण क्रियाकलापको सही ढंगले परिचालन गर्दै विश्वमा सहकारी क्षेत्रले प्राप्त गरेका उपलब्धिसमेत ध्यानमा राख्नु आवश्यक छ ।
हाम्रो जस्तो विकासन्मुख देशमा सहकारीक्षेत्रको प्रचुर प्रयोग हुनु पर्नेमा सो हुन सकिरहेको अवस्था छैन जुन वर्गमा सहकारी लक्षित हुनु पर्ने हो, सो वर्गका मानिसले सहकारीताको प्रयोग कममात्र गरेको पाईएको छ । अझ भन्ने हो भने आम्दानी गर्नको लागी कुनै प्रकारको साधन र श्रोत नभएका, जग्गा जमिन र घर पनि नभएका, कुनै प्रकारको आम्दानी र आम्दानी जन्य व्यवसाय नभएका, गरिविका कारण अपहेलनामा परेका वा समाज बाट अलग्गीएका, स्वास्थे र शिक्षामा पहुँच नभएका, आर्थीक उपार्जनको लागी सहाराको खोजीमा बसेका, हुँदा खाने वर्गमा सहकारीताको बढी भन्दा बढी प्रयोग गर्न आवश्यक पूर्वाधारहरुको विकाश गर्नु जरुडी भएको छ । जसले सहकारीताको प्रयोग गरेका छन्, उनीहरुको जिवनस्तरमा क्रमिक सुधार आउन थालेको र आम जनमानसमा सहकारिताको सकारात्मक प्रभाव पर्नुका साथै गरिबी, बेकारी, जनसंख्या बृद्धि, अपव्यय, शोषण आदिको न्यूनीकरणमा सहकारीताले महत्वपूर्ण भुमिका निर्वाह गर्न थालेको छ । सहकारीतका विद्यमान सिद्धान्त, मूल्य र मान्यताहरु भित्र रहेर सम्पूर्ण क्रियाकलापहरुको सही ढंगले परिपालन गर्दै विश्वमा सहकारी क्षेत्रले प्राप्त गरेका उपलब्धिहरुलाई समेत ध्यानमा राख्नु आवश्यक छ । नेपालका निर्धन, गरिब, उपेक्षित, कमजोर, अभावग्रस्तहरुको आर्थिक, सामाजिक एवं जनतान्त्रीक विकाशका लागि उपयूक्त वातावरणको सृजना गर्न सहकारी सम्बन्धी रणनीतिक योजना बनाउन यस क्षेत्रबाट प्राप्त हुन सक्ने आर्थिक समुन्नतिको आंकलन गरी योजनाबद्ध ढंगले सम्पूर्ण तह र तप्काका अत्यधिक जनताहरुलाई सहकारीता तर्फ उन्मुख गराउनु आवश्यक देखिएको छ । नियमहरुलाई समय सापेक्ष परिवर्तन गर्न गरिबी निवरणको क्षेत्रमा आर्थिक समुन्नती र सम्बृद्धिको लागि कार्य गर्न आवश्य पहल गर्नु पर्छ ।
सहकारी क्षेत्रको विकासका लागि विगतमा धेरै प्रयासहरू गरिएको भएता पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । प्रचलित सहकारी ऐनमा समय सापेक्ष परिमार्जन हुन नसकेकोले सहकारी संघ संस्थाहरूको दर्ता, सञ्चालन, अनुगमन र नियमनसम्बन्धी कार्यहरूमा प्रभावकारिता ल्याउन सकिएको छैन । सहकारीको प्रवद्र्धनका लागि औपचारिक सहकारी शिक्षा, तालिम तथा व्यवस्थित सहकारी सूचना प्रणालीको उपयुक्त विकास हुन आवश्यकता छ । ५६ औं राष्ट्रिय सहकारी दिवस लाई भव्य र सव्य रुपले मनाऔं । जय सहकारी ।।

अभिलेख

लोकप्रिय