नवलपरासी । गैडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मंसिर १२ गते सम्पन्न गरेको छ ।
संस्थाले विगतमा प्रदान गरेको शिप तथा व्यवसायीक तालिम लिए पश्चात आफ्ना व्यावसायिक सदस्यहरुद्वारा उत्पादित वस्तुहरुको विक्री प्रवद्र्नधका लागी विक्रीकक्ष राखि साधारण सभालाई महोत्सवको स्वरुप दिईएको थियो । यसरी व्यावसायिक सदस्यहरुलाई अन्य सबै सदस्य माझ चिनाएर विकूले सवैलाई व्यावसायिक बन्न उत्प्रेरित गरेको एक सदस्यले बताएका छन् । अर्थमन्त्री डा.रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा नेपालको सहकारी क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च मुल्याङ्गन गदै विकू राष्ट्रिय सहकारीता पुरस्कारबाट राष्ट्रिय सहकारी संघका अध्यक्ष केशबप्रसाद बडाल सम्मातिन भएका थिए ।
५० पैसाबाट सुरुवात गरिएको अभियान अहिले एक अरबको हाराहारीमा पुगिसकेको छ । प्रतिव्यक्ति ५ हजारबाट सुरुवात गरिएको ऋण लगानीको अभियान अहिले प्रतिव्यक्ति ५० लाखसम्म पुगेकोसंस्थाका अध्यक्ष हरिलाल सापकोटाले बताए ।
संस्थाको संस्थागत विकास, जनशक्ति विकास, सदस्यहरुमा व्यावसायिकताको विकास गर्दै अझ जुझारु र सशक्त भएर अगाडि बढ्दै विकूले अब सहकारी अभियानको नेतृत्व गर्नुपर्ने कुरामा सापकोटाले जोड दिए । उक्त सभामा संस्थाका सचिव बिरभद्र सापकोटाले बार्षिक नीति तथा कार्यक्रम र कोषाध्यक्ष कालिदाश गौडेलले वित्तिय लक्ष्य तथा बजेट प्रस्तुत गरेको थिए ।
२०४८ सालमा दैनिक ५० पैसाको अभियानबाट सुरूवात गरिएको यस संस्थाले २३औं वर्ष पार गर्दा अर्थात् २०७१ आषाढ मसान्तसम्म शेयर पूूँजी र अन्य कोषहरुको गणना गर्दा १४ करोड ७१ लाख ४३ हजारभन्दा बढी पुँजी कोष निर्माण गरिसकेको छ ।
त्यस्तै ऋण लगानी २ अरब १५ करोड ८२ लाख ९४ हजारभन्दा बढी ऋण लगानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०७०/०७१ को अन्तसम्ममा कुल सम्पत्ति गत वर्षको तुलनामा करिब ३५ प्रतिशतले वृद्धि भई ८२ करोड ९१ लाख ६१ हजार १ सय २१ पुगेको छ । गत आ.व.२०७०/०७१ मा कूलआम्दानी ८ करोढ ५५ लाख ५ हजार ५ सय र खर्च करोड ५२ लाख ६२ अजा ८ सय २९ भई सञ्चालन मुनाफा ३ करोड २ लाख ४२ हजार ६ सय ७२ रुपैंया भएको छ ।
संस्थामा ६८१५ जना महिला, ५७७८ जना पुरूष सदस्य रहेका छन् । कार्तिक मसान्तसम्म संस्थाको कुल चुक्ता शेयर पुँजी ६ करोड ६५ लाख ६६ हजार ५ सय पुगेको छ । संस्थाले यस आर्थिक वर्षको अन्य सम्ममा शेयर पुँजी ९ करोड, निक्षेप सङ्कलन ९६ करोड ४७ लाख, त्यसै गरि ऋण लगानी ८६ करोड ५० लाख पुर्याइ कुल पुजि १ अर्व १६ करोड ४४ लाख पुर्याउने लक्ष्य लिएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार