१६ चैत्र २०७६, आईतवार

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी बिग मर्जरमा जाने

२८ पुष २०७६, सोमबार
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी बिग मर्जरमा जाने

ललितपुर, २८ पुष

ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बिग मर्जरमा जाने भएको छ ।

गत शनिबार (पुष २६) गते सम्पन्न संस्थाको २२ औं साधारणसभाले बिग मर्जरमा जाने निर्णय पारित गरेको छ । मर्जरमा जाने संस्थाहरु बीच छलफल चलिरहेको र छिट्टै टुंगो लाग्ने साधारणसभामा जानकारी गराईएको थियो । यस अघि धेरै संस्थाहरु मर्ज गर्नेमा हाम्रो सगरमाथा रहेको छ ।

संस्थाको विभिन्न जिल्लाहरुमा गरी १९ वटा सेवा केन्द्र रहेको छ । ११ हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी १७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ६५ करोड बचत संकलन गरी १ अर्ब ३० करोड कर्जा प्रवाह गरेको साधारणसभामा जानकारी गराईएको थियो । हाल संस्थामा १ सय ७० जना कर्मचारी कार्यरत छन् ।

साधारणसभामा प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका थिए । कार्यक्रममा बोल्दै नेता नेपालले सहकारी संस्थाहरु धेरै भन्दै मर्जर अहिलेको आवश्यकता रहेको बताएका थिए । त्यस्तै आर्थिक समृद्धिको लागि सहकारी उपयुक्त माध्यम रहेको र अब सहकारी संस्था उत्पादनमा केन्द्रित रहनुपर्ने बताएका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष केबि उप्रेतीले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष उप्रेती र लेखा संयोजक पौडेलले पेश गरेको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ ।

अभिलेख

लोकप्रिय