२३ मंसिर २०८१, आईतवार

हत्केलाले घाम छेक्न सकिन्छ र !

२०७० चैत २५, मङ्गलबार
हत्केलाले घाम छेक्न सकिन्छ र  !

यादव हुमागाई

नेपालमा भरखरै प्रथम सहकारी महासम्मेलन सकियो । अन्तर्राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष डेम पाउलीन ग्रिन लगायतका विशिष्ट अन्तर्राष्ट्रिय अतिथिहरु सहभागी रहेको कार्यक्रमले नेपालको सहकारी आन्दोलनलाई कस्तो उपलब्धी दिला बेग्लै बहसको विषय होला, तर कार्यक्रम अवधिभर आयोजक सहकारी अभियानकर्ताको गतिविधि हेर्दा भने उनीहरु घामलाई हत्केलाले छेक्न लागेको झै प्रतित हुन्थ्यो ।

सहकारीका समस्या र समाधानका उपायबारे छलफल गर्न आयोजित महसम्मेलनमा नेपालको सहकारीको मुख्य समस्या बचत तथा ऋण सहकारीमा देखिएका समस्याबारे भने छलफल नै भएन ।  न त महासम्मेलनले जारी गरेको काठमाडौं घोषणपत्रमा यसबारे कुनै कुरा उल्लेख भयो । अझ रोचक कुरा त आयोजकले विदेशी अतिथीहरुलाई नेपालको सहकारीमा देखिएको मुख्य समस्याबाट नै अनभिज्ञ वनाउने प्रयासमा तल्लिन रहे ।

महासम्मेलनको पहिलो दिन उद्घाटन समारोह भइरहेको दशरथ रंगशाला बाहिर ओरेन्टल सहकारीबाट पिडित भएका सर्वसाधारण रित्तो थाल ढटाएर सहकारीको विरोध गरे । उनीहरुले जनता मात्र पाईदैन, सहकारी चाहिदैन, सहकारीलाई छाडा छोड्नु हुदैनजस्ता सहकारी विरोधी नारा लगाए । तर यसबारे भिआइपि गेटबाट कार्यक्रम स्थलमा छिराइएका प्रमुख अतिथी राष्ट्रपतिले नै थाहा पाए, न त विदेशी अतिथिहरुले नै, उनीहरुलाई नेपालको सहकारी आन्दोलन सकारात्मक रुपमा अगाडी बढेको मात्र रिपोटिङ गरिएको थियो । अतिथिहरुले पनि सोही अनुसार प्रशंसा गर्न मात्र भ्याए । यद्यपि राष्ट्रपति रामवरण यादवले भने संचारमाध्यममको स्रोत उल्लेख गर्दै ति समाचार सत्य भए सहकारीले सर्वसाधारणको विश्वास गुमाउनेसम्मको चेतावनी दिन भ्याए ।

महासम्मेलनको छलफल सत्रमा सोल्टी होटेलमा चलिरहदा समेत होटल गेटमा सहकारी विरोधी नारा लागे । विरोधकर्तालाई होटलभित्र छिर्न नदिएर आयोजकले दोस्रो दिनसम्म आफ्नो इज्जत धाने । महासंघकी अध्यक्षलगायत विदेशी पाहुनालाई संचारकर्मीले नेपालका वित्तीय सहकारीमा देखिएको समस्याबारे प्रश्न गर्न थालेपछि यसबारे गाइगुई हल्ला चल्न थाल्यो । यसलाई आयोजकले सकारात्मक रुपमा नलिई नेपालको बेइज्जत गर्ने ? भन्न समेत भ्याए । उनीहरुको रवैयाँ हेर्दा लाग्थो कुनै पनि हालतमा नेपालको सहकारीका समस्या लुकाउनुपर्छ ।

तर, महासम्मेलनको अन्तिम दिन सबै छताछुल्ल भयो, अन्तर्राष्ट्रिय सहकारी महासंघकी अध्यक्षले नेपालको सहकारीमा समस्या देखिएको छ भन्ने कुरा थाहा पाउदा आफुलाई आश्चार्य लागेको बताइन् । उनले भारतमा सहकारीले सफलता प्राप्त गर्दा समेत नेपालले त्यसबाट सिक्न नसकेकोमा उनले व्यग्य समेत गरे । अध्यक्षको उक्त भनाईपछि महासम्मेलनबाहिर निस्कदै गरेका एक सहकारीकर्मीले भने–सूर्यलाई हत्केलाले छेक्छु भनेर सकिन्छ र !

सहकारीको नकारात्मक समाचार ले्ख्यो भनेर सधै संचारमाध्ययको आलोचना गर्न भ्याउने सहकारी अभियानकर्ताले संचारमाध्यले औल्याएका गलत कामलाई सच्याउनेतर्फ भने कहिल्लै बिचार पुर्याएका छन् । उनीहरु पत्रकार सम्मेलनमा समेत नकारात्मक समाचार नसोध्न भन्दै प्रश्नमा सिन्डीकेट गर्न समेत उद्दत हुन्छन् । महासम्मेलनमा पनि नेपालको समस्याबारे जानकारी नहोस् भनेर सिन्डीकेमै उनीहरु केन्द्रीत भए । बरु सहकारीका समस्याबारे खुलेर छलफल गरेको भए देश, विदेशका अनुभबाट कुनै समाधानको उपाय निस्किन्थ्यो कि ?

अभिलेख

लोकप्रिय