६ फाल्गुन २०७६, मंगलवार

सुनौलो विकास कृषि सहकारीको दोश्रो साधारण सभा सम्पन्न

१ माघ २०७६, बुधबार १७:१९

काभ्रे, १ माघ ।

चौरीदेउराली– ३ स्थित सुनौलो विकास कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा सोमबार सम्पन्न भएको छ ।

एक वर्ष अघि २०७५ साल पौष २४ गते चौरीदेउराली गाउँपालिकामा पहिलो सहकारीको रुपमा दर्ता भएको यो सहकारीले दोश्रो साधारण सभा भव्य रुपमा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष शेरफ योञ्जनको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि देनेश शर्मा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले सहकारीको विकास क्रम, सहकारीले सहकारीको भावना अनुरुप काम गर्दै अघि बढ्नु पर्ने बताए । ‘सहकारी भनेककै सहकार्य हो’, उनले भने, ‘ सामुहिक काम गर्ने, एक अर्कामा सहयोग गर्ने नै सहकारीको सिद्धान्त हो । सहकार्य गर्दै अघि बढे विकास र समृद्धि सम्भव छ ।’

संस्थाका सचिव राजकुमार मोक्तानले कार्यक्रम सञ्चालन गर्दै संस्थाका सचिवको तर्फबाट प्रतिवेदन पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष भोजबहादुर स्याङतानले संस्थाको आर्थिक गतिविधि एवं संस्थाको कोषको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक तिलकप्रसाद चौलागाईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष शेरफ योञ्जनले संस्थाले एक वर्ष अविधमा गरेका प्रगाति, संस्थाले गरेका कार्यहरु, भावी कार्य योजना, अगामी दिनहरुमा सञ्चालन गर्ने कार्यक्रमहरु, कृषक लक्षित योजनाहरु प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय