साना किसान विकास बैंकको अध्यक्षमा पुनः पाठक ५ वर्षमा १ हजार गाविसमा साना किसानको कार्यक्रम पुर्याउने प्रतिवद्धता
काठमाडौ । साना किसान विकास वैङ्कको नव निर्वाचित अध्यक्ष खेम वहादुर पाठकले आगामि ५ वर्षमा नेपालका १ हजार गाविसमा साना किसानको कार्यक्रम पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन। बैंकको शुक्रबार सम्पन्न १३ औ साधरणसभाबाट अध्यक्षमा निर्वाचित भएपछि पाठकले साना किसानहरुको सेवामा प्रतिवद्ध बैङ्कको सेवा विस्तारसंगै किसान मैत्री कार्यक्रमलाई जोड दिने बताए ।
साधारण सभाले नेपाल बैङ्कबाट कुञ्ज प्रसाद मिश्र, कृषि विकास बैङ्कबाट अनिल उपाध्यय, साना किसानका संस्थाबाट खेम वहादुर पाठक, सुकदेव न्यौपाने र रविन्द्र यादव, सेयर धनीबाट उमेश लम्साल र शंकर श्रेष्ठ र विषेशज्ञबाट डा उमकान्त सिलवाल सदस्य रहेको ८ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अहिले ४ सय वटा गाविसमा विभिन्न कार्यक्रम गर्दै आईरहेको साना किसान बैङ्कले पशु विमा र ग्रमिण क्षेत्रमा कृर्षक समुह र सहकारीलाई सहयोग गर्दै आईरहेको छ । बैङ्ककले पशु र कृषिका संस्थाहरुलाई तालिम प्रदान गर्ने, ग्रमिण पुश तथा कृषि कार्यकर्तालाई सहजिकरण गरि आप्mनो पशु र कृषिको उपचार आफै गर्न सक्ने बनाउने अभियान पनि सञ्चालन गरेको छ ।
पशु विमा, सहुलियतमा कृषि कर्मका लागि ऋण उपलब्ध गराउँदै आएको बैङ्कले आगामि दिनमा आप्mनो बैङ्कीग कार्यक्रमको क्षेत्र विस्तार गर्दै लैजाने जनाएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी दिवसमा काठमाडौं उपत्यका भित्र संयुक्त र्याली र सभा हुने
१५ चैत्र २०७९, बुधबार
केवल आश्वासनकै भरमा आन्दोलन मत्थर !
१४ चैत्र २०७९, मंगलवार
हाम्रो सहकारीका ज्येष्ठ सदस्यलाई तीर्थाटन
१४ चैत्र २०७९, मंगलवार