
काठमाडौं, २१ साउन । राष्टिय सहकारी संघको नेतृत्व चयनका लागि सहमती प्रयासको निमित्त तीन राजनीतिक दलकका सहकारी नेता बीच सिंहदरबारमा त्रिपक्षिय छलफल जुट्दै छन् ।
बिहानै देखि छलफलमा जुटेको सहकारी नेताहरु एकान्त खोज्दै सिंहदरबार पुगेका हुन् ।
वार्तामा कांग्रेस निकट मानिने राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, वर्तमान अध्यक्ष केशव प्रसाद वडाल, एमाओवादीका सहकारी विभाग प्रमुख शक्ति बस्नेत बीच छलफल हुँदै छ । स्रोतले दिएको जानकारी अनुसार छलफल द्धिपक्षिय र त्रिपक्षिय रुपमा चलिरहेको र सकभर बेलुका सम्ममा सहमतीमा पुग्ने दाबी गरिएको छ ।
स्रोतका अनुसार एमाओवादी निकटका सहकारीकर्मीले बाँस्कोटा र बडाल दुबै अध्यक्षमा टेस्ट भैसकेकाले संघको नेतृत्व माओवादीलाई सुम्पन आग्रह गरेका छन् । त्यस्तै सहकारी राजनीतिमा कमजोर उपस्थिती देखिएको कांग्रेसले आगामी दिनमा सहकारी आन्दोलनलाई सशक्त रुपमा उभियाउन पार्टीगत रुपमा दबाब खेपेकाले नेतृत्व नछाड्ने पक्षमा देखिएको छ ।
यस्तै एमालेले पूर्व पोलिटव्यूरो सदस्य रहेको केशव वडाललाई पार्टीगत रुपमै संघको अध्यक्षको रुपमा अघि सारेकाले यो पटकको संघको नेतृत्व चयन प्रक्रियाले चरम राजनीतिक रङ पाउने निश्चित छ । सहकारीखबर डटकम संग कुराकानी गर्दै संघका अध्यक्षका दाबेदार दिपकप्रकाश बाँस्कोटाले बडाल र आफू बीच सहमतीमा नेतृत्व चयन गर्ने पक्षमा सहमत भएको र आजको वार्ता पछि नयाँ रुप लिने बताए ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार