
दिपेन्द्र राउत
राष्ट्रिय सहकारी दिवस कहिले पर्छ ? भनेर कुनै एउटा सहकारीले कर्मचारी छनोटका लागि लिएको लिखित परीक्षामा उपस्थित १०० भन्दा बढीमध्ये ९० जनाले चैत २० गते भनेर उत्तर लेखेका थिए । सही उत्तरले हामी अड्कल लगाउन सक्छौं कि अब देशमा सहकारीको विषयमा चासो र जिज्ञासा बढेको छ । युवाले सहकारी बुझ्न थालेका छन् भन्न सकिन्छ । तर, ५९औँ सहकारी दिवसको नारा के थियो भनेर प्रश्न गरिरहँदा ९९ प्रतिशतले उत्तर थाहा नभएको प्रतिक्रिया पाउँदा सहकारी दिवसको नारा चैत्र २० मा मात्र थाहा हुने हो कि भन्ने निष्कर्ष निकाल्न सकिन्छ । नेपालमा सहकारी को सुरुवात भएको करिब ६ दशक भइरहँदा र हरेक वर्ष उठाइने नाराको विषयमा चर्चा गर्ने प्रयास गरेको छु । हरेक वर्ष सहकारी दिवसको दिनबाट राष्ट्रिय सहकारी संघले एक वर्षको लागि नारा जारी गनेर् गरेको पाइन्छ ।
विगत ६ वर्षदेखि सहकारीको सञ्चालक भएर सहकारी लाई गर्दै सिक्दै जाने क्रममा हरेक वर्ष चैत २० गते सहकारी दिवसको अवसरमा विभिन्न नारासँग साक्षात्कार हुने मौका मिल्दछ । ‘स्वाधीन अर्थतन्त्रका लागि सहकारी’ ५६ औँ सहकारी दिवसको नारा थियो । ‘सहकारीमार्फत् दिगो आर्थिक विकास र सामाजिक न्याय’ ५७ औँ सहकारी दिवसको नारा थियो । त्यसैगरी ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ ५८ औँ सहकारी दिवसको नारा थियो भने ५९ औँ सहकारी दिवसको नारा ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने नारा यही चैत १९ गतेबाट पुरानो हँुदैछ । हरेक वर्ष नयाँ नारा लिनु सहकारी क्षेत्रको लागि नयाँ लक्ष्य हो । वास्तवमा नारालाई लिएर वर्षभर सहकारीहरूले विभिन्न कार्यक्रमहरू गर्ने गर्दछन् । ५९ औँ सहकारी दिवसको नारा अनुरुप देशमा सहकारीले उल्लेख्य आर्थिक विकास भएको छ भने गाउँ(गाउँमा सहकारीको माध्यमबाट सामाजिक रुपान्तरण गरेको छ । रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र देशको ग्रार्हस्थ उत्पादन तथा राजश्व संकलनमा सहकारी क्षेत्रको योगदान उलेख्य छ ।
२०४६ सालको जनआन्दोलनपछि अवलम्बन गरिएका आर्थिक, सामाजिक, राजनीतिक पद्धतिले सहकारी विकासमा ठूलो फड्को मारेको छ । अवसरको भरपुर उपयोग गर्दै सहकारी क्षेत्रले आफूलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको निर्विकल्प निकायको रुपमा स्थापित गर्नुपर्छ । २०४८ सालमा सहकारी ऐन जारी गर्दा आठ सय सहकारी संस्था थिए । तर, अहिले ३३ हजारभन्दा बढी छन् । मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि संविधानले सहकारीको महत्वलाई स्वीकार गरेको छ । सहकारीको दर्शनलाई सही ढङ्गले आत्मसात् गदैर् अगाडि बढ्ने हो भने यस क्षेत्रलाई यो वर्षको नाराले ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ले थप उचाइमा र्पुयाउन सक्छ । नाराले मार्ग देखाउँछ भने कर्मले परिणाममा र्पुयाउँछ । अहिले सहकारी क्षेत्रले समग्र देशलाई सहकारीमय बनाएको छ । यो वर्षको नाराले दिगो विकास र समृद्धिका लागि सम्भावना तथा चुनौतीको पहिचान गरी सम्बोधन गनेर् र सहकारी क्षेत्रलाई उत्पादन र वितरणको क्षेत्रमा लागेर सहकारीबाट नै दिगो विकास सम्भव छ भनेर हामी सहकारीकर्मीले प्रण गर्नु पर्छ ।
(लेखक शिखर साकोस बिर्तामोडका अध्यक्ष हुन्)
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार
१५ प्रतिशत लाभांश घोषणा गर्दै चण्डेश्वरी साकोसको ३१औं साधारण सभा सम्पन्न
८ आश्विन २०८०, सोमबार