सहकारी बैंकको निर्वाचनमा धाधली भएको आरोप, कांग्रेस निकट सहकारीहरुले बैंकबाट पैसा फिर्ता लिने निर्णय गर्दै, जोशी प्यानलको समिक्षा बैठक बस्दै

काठमाडौं, २५ मंसिर– राष्ट्रिय सहकारी बैंकको १० औ बार्षिक साधारणसभाको निर्वाचनमा राजेशहरि जोशी प्यानलले धाधाली भएको आरोप लगाएको छ । निवाचनबाट निर्वतमान अध्यक्ष रमेशप्रसाद पोखरेलको प्यालन विजयी भएको थियो । कांग्रेस निकट जोशी प्यानलले फर्जि मत खसेको र बैंकलाई राजनीतिकको थलो बनाएको आरोप लगाएको छ ।
२४ मंसिरमा निर्वाचन हुनु अघि जोशी प्यानलले संस्थाको फोटोकपीमार्फत प्रतिनिधिलाई मतदानमा अधिकार दिएको भन्दै केहि समय नारावाजीसहित विरोध गरेको थियो । त्यसपछि साँझ मत सकिसकेपछि पनि सो समूहले पोखरेल प्यानलले फर्जि मत हालेको भन्दै मत गणनामा अवरोध गर्न खोजेको थियो । जोशी प्यानलका एक व्यक्तीले भने, ‘निवर्तमान अध्यक्ष रमेश पोखरेले आफै फर्जि मत हाल्दा हाल्दै हाम्रो साथीहरु समातेका थिए । त्यो देख्दा देख्दै यो परिणामलाई कसरी स्वीकार्ने ?’
बैकको ९ जना संचालक समिति र ३ लेखा समितिमा एमाले निकट तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष पोखरेलको प्यानल विजयी भएपछि जोशी प्यानलले आज समिक्षा बैंठक बसी नयाँ रणनीति तय गर्ने भएको बताइएको छ । आजको समिक्षा बैंठकले बैंक एमालेको भातृ संस्था जस्तो भएको आरोप लगाउँदै कांग्रेस र एमाओवादी निकटका संस्थाहरुले सम्पूर्ण पैसा झिक्ने निर्णय गर्ने तयारी भएको स्रोतले बताए । सो समिक्षा बैठक पछि जोशी प्यानलले बुधबार पत्रकार सम्मेलन गरि बैंक एमालेको राजनीति गर्ने थलो भएकाले अन्य विचार राख्नेले बैकको सदस्या फिर्ता गर्न आव्हान गर्ने भएको बुझिएको छ ।
‘हामीले व्यवसायीक सहकारी बैकमा राजनीतिक गन्ध छिर्न नदिउँ भनेर सहमतिमा जानका लागि आग्रह गरेका थियौं तर उहाँहरुले आफ्नो पकड छ भनेर मान्नु भएन । त्यसैले एमालेको राजनीति गर्ने थलोका रुपमा रहेको बैंकमा व्यवसायीक रुपमा चलेका संस्थाहरु नबस्दै राम्रो हुन्छ ।’ नाम प्रकाशित नगर्ने सर्त जोशी प्यानलका एक सहकारीकर्मीले सहकारी खबरलाई बताए ।
मत गणना २५ मंसिरको विहान ८ः ३० बजे सकिदा नसकिदै जोशी प्यानलले अब राष्ट्रिय सहकारी बैंकमा आफ्नो भविश्य नरहेकोले नयाँ रणनीति तय निर्णय गरेको बुझिएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार