१३ बैशाख २०८१, बिहीबार

सहकारी बचतको उत्पादनशील परिचालन

२७ बैशाख २०७१, शनिबार
सहकारी बचतको उत्पादनशील परिचालन

 चन्द्रबहादुर ठकुरी

१. सहकारी बचत परिचयः

सहकारी संस्थाले सदस्यहरुको आर्थिक परनिर्भरताबाट मुक्ति दिलाउने अभियानलाई सफल बनाउनका लागि बिभिन्न किसिमका बचत संकलन गर्ने, उचित व्याज दरमा ऋण दिने, बस्तु उत्पादनको लागि सामग्रीहरुको आपूर्ति, उत्पादित सामाग्रीहरुको प्रशोधन, उत्पादनको बजारीकरण र सदस्यहरुको आवश्यकताका आधारमा उपभोक्ता कारोवारमा संलग्न हुने गर्दछन् । बचत, शेयर र आन्तरिक पुँजी माध्यमवाट पुँजी संकलन गरी सदस्यहरुलाई उत्पादनमुलक, शैक्षिक, बैदेशिक रोजगारी तथा अनूत्पादनमुलक (सामाजिक र आकस्मिक) क्षेत्रमा ऋण लगानी गरिएका छन् । अन्य वित्तीय संस्थाहरुबाट थोक कर्जा लिई सदस्यहरुमा एउटा सीमासम्म लगानी गर्न सकिन्छ तापनि लागतको औषत मार्जिन कम भएमा त्यस्तो थोक कर्जा नलिनु राम्रो ठानिन्छ । यो स्वावलम्वन र सदस्यहरुको आर्थिक स्वतन्त्रताको अवधारणामा संचालित हुने हुँदा सहकारी संस्थाहरु सदस्यहरुको हक हितको लागि उनीहरुको स्वमित्व तथा नियन्त्रणमा संचालित हुन्छन् ।

२. उत्पादनशील वित्तीय व्यवस्थापनको आवश्यकता

उत्पादनशील वित्तीय व्यवस्थापनमा संस्थाको बिनियममा उल्लेख गरिएको तथा संस्थाको रणनीतिक उद्देश्यहरुलाई मध्यनजर राखिनु पर्दछ । यो कार्य संस्थामा उपलव्ध कोषको परिचालन तथा प्रयोग गर्ने ज्ञान तथा शीप हो । सहकारी संस्थामा वित्तीय व्यवस्थापनको लक्ष्य सदस्यहरु जो संस्थाका मालिक तथा उपभोतmा हुन्, उनीहरुको हितलाई मध्यनजर राखी कोषको प्रयोग भएको छ छैन एकिन गर्नु हो । यसलक्ष्य प्राप्तिको लागि कानुनी आधारशीला तथा सहकारिताको सिद्धान्तको आधारमा आर्थिक श्रोतहरुको योजना तर्जुमा अनुगमन तथा नियन्त्रण गर्नु महत्वपुर्ण हुनेछ ।

३. सहकारी वित्तीय लगानी व्यवस्थापनका पक्षहरुः

सहकारी वित्तीय व्यवस्थापनका निम्न पक्षहरु रहेका छन् ः

ड्ड सहकारी संघ संस्थाको पँुजीको स्रोत तथा परिमाण

ड्ड सदस्यहरुको बार्षिक कर्जा मागको परिमाण संकलन

ड्ड सदस्यहरुको मागको प्राथमिकीकरण तथा योजना तयारी

ड्ड सहकारी वित्तिय लगानीबाट आउने प्रतिफल तथा सदस्य फाइदाको आकलन

ड्ड आन्तरिक पुँंजी नपुग हुने भएमा थोक कर्जाको व्यवस्था

ड्ड विश्लेषणहरुका आधारमा पुंजीको ब्यवस्थापन निर्णय लिनु

४. वित्तीय लगानीका लागि विश्लेषण कार्यः

ड्ड बिगत बर्षहरुमा गएको लगानी र असुलीको प्रवृत्ति विश्लेषण

ड्ड बिभिन्न किसिमका कर्जा लगानी र असुली अनुपात विश्लेषण

ड्ड थोक कर्जा तथा बचत परिचालनबाट हूने आयगत अन्तर विश्लेषण

ड्ड सहकारी संस्थाले गरेको लगानीको पारविन्दु विश्लेषण

ड्ड वित्तीय योजना तथा वजेट तर्जुमा अनुसार प्रगतिको विश्लेषण

५. संचालकको जिम्मेवारी

सहकारी संस्थाका सदस्यहरुले संचालक समितिको चुनाव गरी उनीहरुलाई सदस्यहरुको हितको लागि सहकारीको स्रोतहरुको व्यवस्थापन गर्ने जिम्मेवारी सुम्पेको हुन्छ । संचालक समितिले स्रोतहरुको उपयुतm तथा नाफा योग्य ढंगवाट व्यवस्थापन गरी स्रोत व्यवस्थापन तथा आर्थिक नतिजाको वारेमा सदस्यहरुलाई प्रतिवेदन दिई आफनो जिम्मेवारीको पालना गर्नु पर्दछ । सहकारीको विकासका शुरुका दिनहरुमा सञ्चालक समितिले लेखा राख्ने आर्थिक विवरणहरु तयार पार्ने जस्ता सञ्चालन क्रियाकलापहरु समेत गर्नु पर्ने हुन्छ । तर जव सहकारी कुनै निश्चित आकारमा वढेपछि यस्ता क्रियाकलापहरु व्यवस्थापक, कर्मचारीहरुलाई जिम्मा लगाइन्छ र संचालक समिति योजना तर्जुमा नीति निर्माण जस्ता कार्यमा केन्द्रित रहन्छ । अर्थात् संचालक समिति संस्थाको वित्तीय कारोवारमा संलग्न नभई पुर्णरुपले मुक्त हुनु पर्दछ ।

६. कोषको संचालन

कोषको सन्चालनका लागि संचालक समितिको जिम्मेवारी निम्न हुनेछ ः

ड्ड उपयुतm लेखापालन, अनुगमन, प्रतिवेदन प्रणाली छ छैन हेर्ने,

ड्ड नाफा आर्जन गर्न सक्ने गरी उपयुतm व्याज दर निर्धारण गर्ने,

ड्ड घाटाहरु पूर्ति गर्नको लागि कोषको सृजना गर्नुपर्ने,

ड्ड संस्थाको आर्थिक स्थितिको मुल्यांकन गरी व्यवस्थापनलाई निर्देशन दिने ।

७. सहकारी संस्थामा प्राप्त हुने पुँजीका स्रोतहरु

(क) शेयर

सदस्यहरुले संस्थामा शेयर खरिद गरी आफनो लगानी गर्दछन् । शेयरको रकम विनियममा तोकिए अनुसार हुनेछ । कम्तिमा १ शेयर खरिद गरेपछि मात्र सदस्यहरुको संस्थामा अधिकार तथा जिम्मेवारी कायम हुन्छ । सहकारी संस्थाको हिस्साको मुल्य निश्चित हुन्छ र साधारणतया यसको किनवेच गरिदैन । सहकारी संस्थामा सदस्यहरुको शेयर पुंजी लामो समयको लगानी हो र शेयरवाट जम्मा भएको रकमको एक हिस्सा लामो अवधिको स्थिर सम्पत्तिहरु ( घर, जग्गा, औजार आदि) को खरिदमा प्रयोग गर्ने गरिन्छ ।

(ख) बचत

वचत तथा ऋण सहकारी संस्थामा सदस्यहरुलाई अनिवार्य बचत गर्न अनिवार्य गरिएको हुन्छ । सदस्य बचत रकम नै सहकारी संस्थाको कारोवारको लागि चाहिने पुंजीगत मूख्य श्रोत हो र यसवाट ऋण प्रदान गरिन्छ । सहकारी संस्थाहरु आफनो विनियममा तोके अनुसार आफनो सदस्यवाट बचत गर्दछन् र भुतmानी तरिका र बचतको व्याज फरक फरक हुन्छ । यस्तो बचतमा अनिवार्य बचत, ऐच्छिक बचत (साधारण बचत, नारी बचत, जेष्ठ नागरिक बचत, बिशेष बचत आदि) तथा आवधिक बचत (शिक्षा बचत, बिवाह बचत, व्यवसाय बचत, करोडपति बचत, लखपति बचत, उद्यमी बचत, बालबचत, आवधिक बचत, पेन्सन बचत, उपचार बचत आदि) बचत सञ्चालन गर्न सकिन्छ । सहकारी संस्थाले संचालन गर्ने आवधिक बचत निक्षेप योजनामा सदस्यहरुले तोकिएको अवधि (३ महिनादेखि ३ बर्ष) सम्म रकम जम्मा गर्न सक्छन् र त्यसमा तोकिएको व्याज दिइन्छ । यसको फाइदा भनेको स्वीकार गरिएको बचत निक्षेप रकम तोकिएको अवधिसम्म संस्थामा रहने हुँदा संस्थाले पनि सोही अनुसार लगानी गर्न सक्ने निश्चिन्तता हुन्छ । यसको वेफाइदा भनेको यसमा तिर्नु व्याज रकम नियमित भनिने मासिक वा दैनिक बचतमा दिइने ब्याजको रकमभन्दा वढी हुन्छ । स्मरणीय छ, अनिवार्य भनिने बचत नगर्ने सहकारी संस्थालाई समुदायमा तथा आवश्यकतामा आधारित सहकारी संस्थाको कोटीमा राख्न सकिदैन ।

प्रायः जसो ठूलो रकम सरकारी निकायबाट लिइएकोमा न्यून ब्याज लागत तथा बिभिन्न बैंकहरुसंँग कारोबार गर्दा बढी लागत समेत हुनसक्ने लिइने सापटी तथा पाउने अनुदान सापटीको समयावधि छाटो हुनसक्ने, कहिलेकहीं तोकिएको ब्याज तिर्नु पर्ने,

अनियमित तथा सानो रकम

अनुदान कार्यक्रमसँग जोडिने र सापटी फिर्ता गर्नुपर्ने न्यून लागत

(ग) वित्तीय संस्थावाट प्राप्त हुने कोष ः

सहकारी संस्थाहरुले आप्mनो कोषको रकम वृद्धि गर्नुका साथसाथै सदस्यहरुको व्यवसायिक बिकासका लागि ठूलो लगानी गर्न बिभिन्न बैंक तथा बित्तीय संघ संस्थाबाट ऋण लिन सक्छन् । सम्भव भएसम्म सहकारी संस्थाले साधारणतया आफनो केन्द्रीय संघको अन्तर लगानीवाट वा केन्द्रीय वित्त सेवावाट ऋण लिन्छन् । तिनीहरुले वाणिज्य तथा सरकारी वैंकहरुवाट पनि ऋण लिन सक्छन् । नेपाल राष्ट्र बैंकले ग्रामीण स्वावलम्वन कोषवाट सहकारी संस्थाहरुलाई ऋण प्रदान गर्दछ । सस्तो ब्याजदरमा पाइने यस्तो ऋणले संस्थाको कारोवार क्षेत्र बिस्तार गर्ने र लगानी गरी सदस्यको आयस्तर वृद्धिमा सहयोग पुग्दछ । तर सदस्यहरुको बचतबाट सहकारी संस्थाको पुंजी परिचालन गर्दा दिगोपना आउने भएकाले बचत संकलन योजनावद्ध रुपबाट अगाडि वढाउनु पर्दछ ।

३. कारोवारवाट सृजना हुने कोष ः

आम्दानीबाट खर्च कटाई बाँकी रहेको बचत संस्थाका सदस्यहरुले संस्थामा पुन लगानी गर्ने निर्णय गर्न सक्छन् । यस्तो लगानी विभिन्न कोषहरुबाट वा अवितरित खुद बचतबाट गर्न सकिन्छ जुन सहकारी संस्थाको आन्तरिक पूँजी निर्माण अन्तरगत पर्दछ । विभिन्न संस्थागत कोषहरुको ब्यवस्था गर्नाले भविष्यमा सहकारी संस्थाको दिगोपना तथा आत्मनिर्भरताको लागि मद्दत पु¥याउछ । यस्ता कोषको रकमहरुमा जगेडा कोष, बिकास कोष, शिक्षा कोष, घाटापूर्ति कोष, डुबन्त ऋणकोष, स्थिरीकरणकोष आदि पर्दछन् ।

अभिलेख

लोकप्रिय