१ असोज २०८१, मङ्गलबार

‘सहकारी अभियानलाई अझै गतिशील बनाउन मेरो उम्मेदवारी’

२०७६ पुष १४, सोमबार
‘सहकारी अभियानलाई अझै गतिशील बनाउन मेरो उम्मेदवारी’

मिनराज कंडेल
वरिष्ठ उपाध्यक्ष
राष्ट्रिय सहकारी महासंघ, नेपाल

राष्ट्रिय सहकारी महासंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । निर्वाचनसहितको साधारणसभा नजिकिएको छ । अबको योजना कस्तो बनाउनु भएको छ ?

विगत २४ वर्षदेखि सहकारी अभियानमा छु । प्रारम्भिक सहकारीका १२ वर्ष अध्यक्ष भएर काम गरे । जिल्ला सहकारी संघ, धादिङको १५ वर्ष अध्यक्ष भए । नेफ्स्कूनमा २ कार्यकाल अध्यक्ष भएर काम गरे । १० वर्ष सहकारी महासंघको सञ्चालकको भूमिकामा रहे । पछिल्लो चरणमा ५ वर्ष वरिष्ठ उपाध्यक्षको भूमिकामा छु । निरन्तर यही सहकारी अभियानमा छु । सहकारीको समग्र विषयवस्तु, समस्या, यसले गर्नसक्ने कामको दायरा र क्षेत्रहरुको बारेमा एकदमै नजिकबाट बुझेको छु । सहकारी क्षेत्रको समस्या, चुनौती र अवसर धेरै छन् । सहकारी क्षेत्रले गर्नसक्ने धेरै छन् । नेपालको सहकारी अभियानलाई अझै गतिशिल बनाउन महासंघको अध्यक्षको लागि दाबी गरेको छु । सहकारीकर्मीको साथ पाएको छु ।

यदी अध्यक्ष भएको अवस्थामा के–के काम गर्नुहुन्छ ?

अध्यक्ष भैसकेपछि गर्नुपर्ने विषयहरु धेरै छन् । खासगरी संविधानले सहकारीलाई महत्व दिएको छ । तीनै तहको सरकारसँग समन्वय गरेर अघि बढ्ने सन्दर्भमा सहकारी क्षेत्रलाई अझै व्यवस्थित बनाउँदै लैजाने कुरामा प्रतिवद्ध छु । सहकारीमार्फत उत्पादन व्यवसायमा लैजानु पर्दछ भनेका छौं । राज्यले निषेध गरेका काम बाहेक सबै क्षेत्रमा सहकारीले काम गर्न सक्छ । र, जान्छ पनि । कानुनी रुपमा केही बाधा अवरोध छन् । यसलाई परिमार्जन गर्दै लैजान्छौं । सहकारीमैत्री कानुन बनाउने छौं । वित्तीय क्षेत्र मात्र नभई कृषि, पर्यटन, जलस्रोत र कुनै पनि व्यवसायिक क्षेत्रमा जाने वातावरण बनाउने छौं ।

सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा ठूला ठूला परियोजना गर्न सक्छौं । लगानीका क्षेत्रमा पनि सहकारीलाई आवद्ध गराएर उत्पादन र व्यवसायिकरणमा जोड्ने छौं । मुलुकको उत्पादन बढाउने, आयात कम गराउन सहकारीको भूमिकालाई बढाउने छौं । जिडिपिमा योगदान बढाउने छौं । गरिबी न्यूनिकरण, रोजगारी बढाउने काममा सहकारीले भूमिका खेल्ने छ । यी र यस्ता विषयमा पहल गर्न म सक्षम छु । सहकारी अभियानलाई माथी उठाउने सन्दर्भमा मेरो भूमिका रहने छ ।

नेपालमा कस्तो सहकारी अभियानको परिकल्पना गर्नुभएको छ त ?
पञ्चवर्षिय रणनीतिक योजना विगतमा बनायौं । त्यसलाई पुनः परिमार्जन गरेर अघि बढ्ने छौं । दीर्घकालिन योजना बनाउने छौं । सरकारसँग सहकार्य गरेर अल्पकालिन र दीर्घकालिन योजना बनाउने छौं । सहकारी क्षेत्रले उत्पादनमा कसरी योगदान पु¥याउन सक्छ ?लगायतका विषयका योजना बनाउन जरुरी छ । कृषि जन्य उत्पादनमा सहकारीलाई बढी फोकस गर्न जरुरी छ । तरकारी, फलफुल, मासु, माछा, दुग्ध जन्य पर्दाथमा सहकारीलाई जोड्नु पर्दछ । सहकारीमार्फत खेती गर्नु आवश्यक छ । सेवाका व्यवसायमा सहकारी जानु पर्दछ । स्वास्थ्य, शिक्षा, उद्योग धन्दामा पनि सहकारीलाई जोड्नु पर्दछ । कानुनी समस्या भएको ठाउँमा कानुन परिमार्जनमा जोड महासंघले दिनेछ । केही व्यवसायिक योजना महासंघले बनाएको छ । विगतमा भएको कामको समिक्षा गर्दै नयाँ नयाँ काम गर्ने छौं । राज्यको परिपुरक सहकारी क्षेत्र हो । आवधिक योजना निमार्ण गरेर अघि बढ्ने छौं ।

नेपालमा सहकारी अभियान सुरु भएको ६ दशक पुरा गरिसकेको छ । तर, पनि सहकारी क्षेत्रले गति लिन सकेको छैन । के हामीले सहकारी बुझाउन र बुझ्न नसकेका हौं त ?

राज्यले गठन गरिदिएका सहकारी फस्टाउन सकेन । २०४६ साल पछि प्रजातन्त्र पुर्नस्थापित भयो । २०४८ सालमा सहकारी ऐन जारी भयो । त्यसपछि सहकारीले गति लिएको हो । त्यसपछि केही विकृती र समस्या पनि आए । अहिले उल्लेखनीय प्रगति सहकारीले गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहकारी अभियान उच्च स्थानमा छ । विभिन्न समुदायमा सहकारी पुगेको छ । गाउँ गाउँमा सहकारी पुगेका छन् । करिब ३ सय सहकारी उत्पादन, व्यवसायमा गैसकेका छन् । पुँजी परिचालन, संकलनमा सहकारीको योगदान बढ्दै गएको छ । हरेक क्षेत्रमा सहकारीअघि बढेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लैजानु पर्दछ । समग्रमा सहकारीको ग्रोथ बढेको छ ।

मिनराज कंडेल

सहकारी क्षेत्र राजनीतिक गर्न प्रयोग भयो भन्ने सुनिन्छ । सहकारी महासंघ राजनीति गर्नकै लागि हो की सहकारी क्षेत्रको विकास र प्रवद्र्धनको काम गर्ने हो ?


सहकारी महासंघले सहकारीको प्रवद्र्धन र विकास मै काम गर्ने हो । सहकारीी व्यवसायिक संस्था हाे । मुल काम भनेको सहकारी अभियानको पक्षमा लविङ र वकालत गर्ने नै हो । सरकारको परिपुरक हौं । नेपालमा उत्कृष्ठ सहकारी बनाउने काम महासंघको हो । ऐन, कानुन सहकारी मैत्री बनाउने काम महासंघले गर्ने हो । राजनीतिक करणभन्दा पनि सबै राजनीतिक दलमा सहकारीको कुरा पु¥याएर महत्व दिन लगाउने हो । राजनीतिक दलका नेतालाई सुसुचित गराउने, लविङ गराउने हो । अन्तर्राष्ट्रिय स्तरमा भएको वेष्ट प्राक्टिक्सलाई नेपालमा लिंक कराउने हो । प्रविधिमा विकास गराउने काम महासंघले गर्ने छ ।

सहकारीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सघाउ पुर्याउँदछ ।


सहकारीका सञ्चालक, कर्मचारीलाई शिक्षा तथा तालिम प्रदान गर्न महासंघले के भूमिका खेल्न सक्छ ?

महासंघले नियमित गर्दै आएको छ । पछिल्ला दिनमा महिनाको ४/५ वटा तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । महासंघले उच्च स्तरको तालिम कार्यक्रम सञ्चालन गर्नु पर्दछ । सञ्चालक, कर्मचारी सबैको लागि हुने उच्च तहको तालिम सञ्चालन गर्नु पर्दछ । सक्षम नेतृत्व, कर्मचारी बनाउन महासंघले भूमिका खेल्दछ । तालिम कोष पनि बनाएका छौं । सहकारीको सिद्धान्त अनुसार नै अघि बढाउने लागि रहेका छौं । विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै जाने छौं । सक्षम नेतृत्व निमार्ण गर्ने काममा महासंघले ध्यान दिनेछ ।

अभिलेख

लोकप्रिय