

दिपेन्द्र राउत
छरिएर रहको पुँजीलाई एकिकृत गर्दै सदस्यको रकम सदस्य माझ लगानी गर्ने, क्षमतालाई शिपसँग, शिपलाई उद्यमसँग र उद्यमीलाई सदस्यहरुको माझमा सहकार्य गराउँदै शिखर साकोस विगत वर्षदेखि नै सक्रिय रहँदै आएको छ । समय परिवर्तनशिल छ । समय सँगै हरेका क्षेत्रमा परिवर्तन हुँदै आएको छ । अझ प्रविधिमा त झनै ठुलो फड्को मारेको छ ।
मानिसको मानसिक विकास सँगै प्रविधिमा धेरै विकास गरिँदै आएको छ । हिजोको दिनमा रेडियोमा मानिस बोलेको सुन्दा छक्क पर्ने हाम्रो समाज टिभि आयो । झन् छक्क मोबाईल आयो । झन् छक्क हुँदाहुँदै भिडियो कल हुन थाल्यो । विश्वभरका मानिससँग छिन भरमा नै गफगर्न थालियो । हरेक गतिविधी देख्न पाउन थालियो । यो प्रविधिको विकासको गति थामिनसक्नु छ । अझ आज भोली हरेक घरका मानिस विदेश भएर पनि होला हरेक घरमा नेट नचलाउने मानिस भेटिदैन । सामाजिक संजालमा मानिस त्यत्तिकै व्ययस्त बन्दै गएका छन् । समाजमा सामाजिक संजालको टिका टिप्पणी पनि हुने गरेका छन् । कोही यसको पक्षमा छन् भने कोही विपक्षमा । कतिले सामाजिक संजालको प्रयोग गरेर फाईदा लिएका छन् । कतिले गालि, बेइज्जत हुनु परेको घटना समेत हामीले हाम्रो समाजमा देख्ने र पाउने गरेका छौं ।
भनिन्छ, विकास र विनाश सँगै आउँछ भने झै हरेक क्षेत्रमा विकास सँगै विनाश पनि आउँछ । छोराछोरीले मोबाइल चलाएर हैरान लगाएको अथवा दिनभर इन्टरनेटमै झुम्मीएको भन्ने गुनासोहरु दिनदिनै वढ्दो छ । जसरी हरेक क्षेत्रमा प्रविधिमा विकास भएको छ त्यसरी नै बैंक तथा वित्तीय क्षेत्रमा पनि विकास हुँदै आएको छ । हिजोका दिनमा जसरी हरेक कार्य गर्न कागजको प्रयोग हुन्थ्यो तर आज डिजिटल भएको छ । विकशित देश तिर त कागजको प्रयोग हुन समेत छोडेको छ । विकासन्मुख देश तिर पनि केही हदसम्म यस्को विकास हुँदै आएको छ । विश्वलाई हिजो रेडियोले अनि टिभिले जोडेको थियो । आज आएर मोवाईलले नै आफ्नो हातमा अटाउने भएको छ । हरेकको हात हातमा विश्व जानकारी लिन सकिने भएको छ ।
आफ्नो आर्थिक गतिविधी पनि मोवाईलबाट हुन थालि सकेको छ । बैंक वित्तीय संस्था प्रविधि मैत्री बन्नु भनेको ठिकै हो तर कान्छो संस्था सहकारी जो न्युन आय भएका, विपन्न वर्ग र समुदायमा आधारित भएर सदस्यहरुलाई वित्तीय साक्षर गराउँदै प्रविधिको ज्ञान दिँदै सदस्यहरुलाई वित्तिय कारोबार हात हातबाट हुन्छ है भन्दै शिक्षित बनाउँदै आएको छ ।
प्रविधिको विकाससँगै वित्तीय क्षेत्र पनि प्रविधिमा जानु राम्रो कुरा हो । आज हामी डिजिटल प्रणालिमा उन्मुख भई रहँदा सदस्यहरुले पनि डिजिटल प्रणाली अपनाउनु पर्दछ । सदस्यको क्षमता अभिवृद्धि गराउनु सहकारीको सिद्धान्त भित्र पर्दछ । बैंक तथा वित्तिय संस्था सुगम मुखी बन्नु र ग्राहकलाई भन्दा कम्पनी आफु नाफा मुखी बन्नु सहकारीको वृद्धिमा सहयोग पुग्नु हो । सुगम, दुर्गम नभनि सदस्यहरुको बृद्धिका लागि सहकारी लागि पर्नु, सदस्यहरुको क्षमता र सुविधा नै सहकारीको मुलध्येय हुनु र नाफा मुखीभन्दा सेवामुखी सहकारी बनिनु नै सहकारी क्षेत्रको विकास हुनु मान्न सकिन्छ । प्रविधिले मानिसलाई सहज बनाएको छ । कुनै वस्तु खरिदगर्दा क्यास सिधै खातामा पठाउन सकिन्छ । हिजोका दिनमा गोजिभरी पैसा बोकेर सपिङ्ग गर्न जाँदा गोजिबाट पैसा चोरी भएका घटना पनि हामीले देखेका छौं तर अव त्यो जमाना रहेन । क्यास लेस भएको छ । अब गोजिमा पैसा बोकी रहनु नपर्ने भएको छ । एक सदस्यले अर्को सदस्यलाई आफ्नो मोबाईल एपबाट नै उसको खातामा पैसा हाल्न सकिने भएको छ । मोबाईलबाट नै विश्व बजारमा सामान खरिद गर्न सकिने भएको छ । मोबाईल रिचार्ज, प्लेनको टिकट, बिजुली विल भुक्तानी, फिल्मको टिकट, पसलमा खरिद गर्दा विल भुक्तानी लगायतका सेवा लिन सकिन्छ । सदस्यहरु पनि प्रविधि मैत्री बन्नु आजको आवश्यकता रहेको छ ।
यदि प्रविधि मैत्री बन्न सकिएन भने समाजमा एक्ले हुनु पर्ने अवस्था छ । हिजो हामी बैकमा कसरी जाने ?, चेक कसरी चलाउने ?, बैकबाट पैसा कसरी लिने ?, भन्ने अवस्थामा आज सहकारीले हरेक व्यक्तिलाई बैकिङ जानकारी गराई वित्तीय साक्षार गराएको छ । ब्याज के हो ?, कसरी लिई रहेको छ ? ऋण लगानीको ब्याज कस्तो छ ? ब्याज गणना कस्तो छ ?, दैनिक, मासिक आदि कुराहरुमा । सदस्य जागरुक भएका छन् । आफुले पाउनु पर्ने ब्याज, तिर्नु पर्ने ब्याजको लेखा जोखा स्वंयम नै गर्न सक्ने हुनुले पनि सदस्यहरुको क्षमता अभिवृद्धिलाई लिन सकिन्छ । सदस्यको बृद्धि नै सहकारीको विकास मान्नुपर्छ ।
नेपालमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनी, लघुवित्त संस्था र कान्छो वित्तिय कारोबार गर्ने संस्था सहकारी भएको हुँदा र प्रत्यक्ष सदस्य मुखी भएर काम गरी रहँदा सदस्यहरुलाई डिजिटल प्रविधिमा जोडेर समय सापेक्ष सदस्यहरुको बृद्धि विकास गराउँदै लानु नै सहकारीको मुल ध्येय बनेर रहनुपर्छ । राज्यले अबलम्बन गरेका नीति नियमहरुमा समेत सहकारी चल्नु पर्छ र सदस्यहरुलाई पनि चलाउनु पर्छ । सहकारी ऐन–२०७४ तथा सहकारी नियमावली–२०७५ जारी भईसकोको छ । सहकारी संस्थाहरु पनि ऐनको पालना गर्दै नीति, विधि र प्रविधिसहित संस्था संचालन गरेर सदस्यको हितमा काम गर्नु आवश्यकता हो ।
(लेखक शिखर साकोस, झापाका अध्यक्ष हुन्)
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार