३१ जेष्ठ २०७८, सोमबार

'सहकारीमार्फत राष्ट्रिय समृद्धि अभियान सम्भव छ'

१ पुष २०७०, सोमबार
'सहकारीमार्फत राष्ट्रिय समृद्धि अभियान सम्भव छ'

छोटो समयमै सफल सहकारीकर्मी रुपमा परिचित रहेका छन् कृष्ण पौडेल । उनी राष्ट्रिय सहकारी बैंक सिमरा शाखाका कार्यवाहक संयोजक, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष र हातेमालो बचत तथा ऋण सहकारीका पनि अध्यक्ष रहेका छन् । अहिले बारा जिल्लाको सहकारी आन्दोलनलाई उनले परिचानल गरिरहेको छ । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर पौडेल संग गरेको कुराकानी ।

सहकारी अभियानमा कहिले र किन लाग्नु भयो ?

सहकारी अभियानमा प्रत्यक्ष र सक्रियतापूर्वक ०६४ सालदेखि सरिक भए” । त्यसअघि अप्रत्यक्ष र सामान्य रुपमा सहकारीसंग नजिक रहेर अनुभव संगाल्ने अवसर पाएको थिएं । २०६५ जेठमा हामीले सिमरामा हातेमालो बचत तथा ऋण सहकारी संस्था स्थापना गरेपछि करीव पूर्णकालीन रुपमा सहकारी अभियानमा क्रियाशिल छु । मानव जीवनको स्वभाव र विकाससंग ज्यादै महत्वपूर्ण रहेको सहकार्यको संगठित स्वरुपको अभ्यासको महत्व विश्वमा मात्रै नभएर नेपालमा पनि बढिरहेको थियो । राजनीतिक तथा सामाजिक परिवर्तनलाई दिगो र गतिशिल बनाउने कार्यमा आर्थिक क्षेत्रको भूमिका नेतृत्वदायी हुन्छ । सहकारी राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको गतिशिल, सर्वमान्य र दिगो अभ्यासलाई स्थापित गर्न र सबैलाई बिना भेदभाव संगठित र क्रियाशिल बनाउने भावनाबाट ओतप्रोत भएर यो अभियानमा समर्पित भए । हाम्रोजस्तो राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक परिवेशमा राष्ट्रिय आत्मनिर्भरता र समृद्धिको अभियान अघि बढाउनका लागि सहकारी नै अचूक विकल्प रहेको अनुभुति गर्दै यसमा लाग्नु जरुरी लाग्यो र यस अभियानमा सरिक भए” ।

बारा जिल्लामा सहकारीको उपस्थिति कस्तो छ ?

मध्यतराईको एक महत्वपूर्ण, प्रचुर कृषि र औद्योगिक क्षेत्रको रुपमा बारा जिल्ला परिचित छ । यो आर्थिक राजधानी वीरगञ्जसंग जोडिएको, सिम्रौनगढको ऐतिहासिक, गढीमाईको धार्मिक, चारकोशे झाडी र चुरे सृंखला अनि जातीय एवम् सामुदायिक हिसावले समावेशी जिल्ला हो । सहकारी ईतिहास र संख्याको हिसावले पनि बारा जिल्ला अग्रपंक्तिमा छ । २०१८ सालमा जिल्ला सहकारी संघको स्थापना भएको थियो । अहिले सात सयको हाराहारीमा सहकारी दर्ता छन । संख्यात्मक हिसावले अघि भएपनि गुणात्मक हिसावले बारा जिल्ला अझै पछाडी छ । यद्यपि हामी सहकारी अभियानमा आई सकेपछि केही परिवर्तनको अनुभुति भएको छ । राष्ट्रिय तहमा बारा जिल्लाको झण्डै शुन्य उपस्थितिको अवस्थामा सुधार आएको छ । सहकारीको संख्यात्मक वृद्धिसंगै गुणात्मक विकासलाई व्यवस्थित गर्ने प्रयत्नको प्रारम्भ भएको छ । गत वर्ष रासायनिक मलखादका लागि झण्डै तीन सय नयां कृषि सहकारीहरुकोे स्थापना भयो । तिनलाई व्यवसायिक र गुणात्मक विकास गराउने प्रयास गरिरहेका छौं । उत्तरी क्षेत्रमा उत्साहजनक विकास भई रहेको छ । अपेक्षाकृत रुपमा सदरमुकाम कलैया र दक्षिणीभेगमा सहकारीको प्रभावकारी विकास हुन सकिरहेको छैन ।

तपाईको नेतृत्वको प्रारम्भिक सहकारीको वारेमा केही बताई दिनु न ?

यस भेगका सबै तहतप्काका नागरिकहरुको स्वामित्व र सहकार्यमा हातेमालो साकोसको स्थापना भएको हो । ७२ जनाले ९० हजार दुई सय रुपैया शुरु पूंजी रहेको यो संस्थाले चार वर्ष पार गरिरह”दा सदस्यहरु करीव नौ सय र कारोवार आठ करोड पार गरेको छ । समुदायमा आधारित र सदस्यकेन्द्रीत भई सहकारी सिद्धान्त र मूल्यमान्यता पालना गर्दै अघि बढिरहेको छ । सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा, अधिकतम लाभांश, बिमा सुरक्षासहित सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ । लघुवित्त र युवा स्वरोजगार कार्यक्रमहरु अघि बढाई रहेको छ र कृषि व्यवसायसहितको भवन बनाउने तयारी गरिरहेको छ । कारोवार र सदस्य बिस्तार, पारदर्शिता, मितव्ययिता र विकासका हिसावले मध्यतराईको उत्कृष्ट सहकारीको रुपमा हातेमालो परिभाषित भई रहेको छ ।

समग्र सहकारीको अवस्था कस्तो देख्नु भएको छ ?

समग्र सहकारीको अवस्था सुन्दर र सम्भावनायुक्त देखेको छु । हाम्रोजस्तो विकासोन्मुख, कृषिप्रधान र ग्रामिण परिवेशमा समावेशी विकासका लागि सहकारी नै अचूक विकल्प हो । राज्यले अबको आर्थिक र सामाजिक विकासका लागि तिनखम्वे अर्थनीति (राज्य, निजी र सहकारी) लाई सम्वैधानिक रुपमा प्रत्याभूत गर्ने तदनुसार अघि बढने साझा सोच बनाई सकेको छ । यतिखेर मुलुकमा २६ हजार सहकारीमा करीव ४५ लाख नागरिकहरु संगठित छन । कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत, वित्तिय क्षेत्रमा करीव १८ प्रतिशत योगदान सहकारीले पु¥याई रहेको छ । ग्रामिण समुदायमा साहुमहाजनबाट चर्को व्याजमा ऋण लिनुपर्ने स्थितिको करीव करीव अन्त्य भएको छ । सहकारी जस्तो ठुलो उर्जावान सामाजिक सञ्जाललाई सदुपयोग गर्न सकिए मुलुकको समृद्धि अभियानलाई सार्थक बनाउन सकिन्छ ।

राष्ट्रिय सहकारी बैंक र सहकारी संघ÷सस्थाको सम्वन्धलाई कसरी हेर्नु भएको छ ?

राष्ट्रिय सहकारी बैंक मुलुकभरका सहकारी संघसंस्थाहरुको एकमात्र बैंक हो । यसमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघहरु र मुलुकभरका सहकारी संघसंस्थाहरुको स्वामित्वमा यो स्थापित र क्रियाशिल छ । यसले सहकारी संघसंस्थाहरुलाई शेयर स्वामित्व दिने, बैंकिङ गर्ने, ऋणधन गर्ने र प्रवद्र्धनात्मक क्रियाकलापमा सहयोग गर्दछ । राष्ट्रिय सहकारी बैंकका लागि सबै सहकारी संघ÷संस्थाहरु मालिक र कारोवारकर्ताहरु हुन । आज बैंकमा पांच हजार भन्दा बढी सहकारी संघसंस्थाहरु आवद्ध छन । मुलुकभर यसको सञ्जाल विस्तार भएको छ । उनीहरुबाट शेयर र निक्षेप संकलन र कर्जा लगानीको काम तिव्र रुपमा अघि बढेको छ ।

राष्ट्रिय सहकारी बैंकमा बाराका सहकारीको आवद्धता कस्तो छ ?

राष्ट्रिय सहकारी बैंकमा बारा जिल्लाका सहकारीहरुको आवद्धता उत्साहजनक छ । बारा जिल्लाका सहकारी संघसंस्थाहरुको प्रयासले नै बैंकको शाखा मध्यतराईमा स्थापना सम्भव भएको हो । आज यो शाखाले बारा, पर्सा र रौतहट जिल्ला मात्रै नभएर जनकपुरको दक्षिणी क्षेत्रका सहकारीहरुलाई सेवा पु¥याई रहेको छ । सिमरामा रहेको यो शाखाले यस भेगका सहकारीहरुको वित्तिय सेवा प्रदान र सशक्तीकरणको प्रयास अघि बढाएको छ ।

अनि, बारा जिल्ला बचत तथा ऋण सहकारी संघ के गर्दैछ ?

हाम्रो संघ अहिले बारा जिल्लाको सहकारी आन्दोलनको एक अगुवा हो । जिल्ला सहकारी संघ झण्डै १५ वर्षदेखि निष्क्रिय र मृतप्रायः रहेको अवस्थामा यसले नै करीव करीव जिल्ला सहकारी संघको भूमिका निर्वाह गरिरहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई संगठित गर्ने, उनीहरुको क्षमता विकासका लागि प्रवद्र्धनात्मक कामहरु गर्ने अलावा यस भेगको सहकारी अभियानलाई राष्ट्रिय सञ्जालसंग जोडने प्रयास संघले गरिरहेको छ । राष्ट्रिय सहकारी बैंक सिमराको स्थापना यसैको अगुवाईमा भएको हो । यसमार्फत बारा जिल्ला बचत संघले मध्यतराईको सहकारी आन्दोलनको अगुवाई गरिरहेको छ भन्ने लाग्छ । करीव दुई वर्षअघि यसले वन्द रहेको वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानालाई सहकारीको मोडलमा पुनसंरचना गरी सञ्चालन गर्नुपर्ने माग उठाएको थियो । आज ती उद्योगहरु सञ्चालन गर्न सरकार सहमत भएको छ र मोडालिटीको वारेमा छलफल भई रहेको छ ।

सहकारीबाट गरीवी निवारण होला त ?

नेपालको गरीवी न्युनीकरण अरु कुनै अभ्यासबाट सम्भव छैन, छ भने केवल सहकारीको माध्यमबाट । त्यसैले सहकारी अभियानको मांगमुताविक गरीवी निवारणलाई जोडेर भर्खरै सहकारी मन्त्रालयको स्थापना गरेको छ । यसले गरीव र सीमान्तीकृत वर्ग र समुदायलाई समेटन, बचत गर्न र उद्यम गर्न सिकाउ”छ । उनीहरुलाई आत्मनिर्भर र उद्यमी बन्न सहकारीले शिक्षा, चेतना र पू”जी प्रदान गर्दछ । जुन अरुबाट सम्भव छैन ।

अन्तरराष्ट्रिय सहकारी वर्षमा बारा जिल्लामा के के कार्यक्रम भए त ?

संयुक्त राष्ट्र संघले जुन महत्वका साथ सन् २०१२ लाई अन्तरराष्ट्रिय सहकारी वर्ष घोषणा ग¥यो । नेपालमा यसलाई मनाउने र सदुपयोग गर्ने कुरामा उदासिनता देखियो । यद्यपि राष्ट्रिय र स्थानीय तहमा केही क्रियाकलापहरु भएका छन । हामीले जिल्लामा विचार गोष्ठि, रक्तदान, स्वास्थ्यशिविर, सरसफाई, दिपावलीजस्ता कार्यक्रमहरु आयोजना गरेर सहकारी वर्ष मनाई रहेका छौं ।

मुलुकमा सहकारी नीति छैन नि, यसमा के भन्नु हुन्छ ?

हो, मुलुकमा सहकारीको स्पष्ट र समयसापेक्ष नीति छैन । सहकारीलाई सम्वैधानिक र कानूनतः सम्वोधन गरिएको छ तर बजेट र व्यवहारिकताका हिसावले समेटिएको छैन । यद्यपि राष्ट्रिय तहमा सहकारीको नीति र योजना बनाउने कार्य भएको छ । सहकारी ऐनको परिमार्जन, नयां विषयगत सहकारी ऐन र सहकारी नीतिको तर्जुमा गर्ने काम भएको छ । तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ त्यो स्पष्ट छैन । हामीलाई अपेक्षा र विश्वास छ, सहकारिताको विद्यमान उपेक्षा, कमी र प्रतिकुलताहरु हल गर्न सरकारले ध्यान दिने र भावनात्मक रुपमा नभएर अंक र प्राथमिकताका हिसावले पनि सोच्नेछ ।

सहकारी मापदण्डको पालना भएको छ त ?

हामीले सहकारी मापदण्ड २०६८ को पालनाको प्रयास गरेका छौं । यसको उल्लंघन शहरमा रहेका सीमित व्यक्तिहरुको हालिमुहाली गर्नेहरुले गरिरहेका छन । सहकारी मापदण्डमा कतिपय व्यवहारिक समस्याहरु देखा परिरहेका छन् । सबै र ठुला सहकारीहरुले अशोज मसान्तसम्म लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न कठिनाई भई रहेको छ । अरु धेरै समस्याहरु छन । जसलाई सुधार गर्न हामीले गरेको आग्रहलाई सकारात्मक रुपमा लिईएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

वास्तवमा सहकारीले मानिसहरुलाई शिक्षित, उद्यमी र आत्मनिर्भर बन्न सिकाउ”दछ । यो सामाजिक रुपान्तरणको एक पवित्र आन्दोलन पनि हो । यो एक नवीन दर्शन, सामाजिक एकताको आधार र जीवनपद्धतिको रुपमा स्थापित छ जुन जात, समुदाय, वर्ग र आस्थाभन्दा माथि र सबैको साझा आन्दोलनको रुपमा परिभाषित छ । सहकारी अभियानमा स्वच्छ भावनाले लाग्नु जतिको ठुलो धर्म अरु हुन सक्दैन । सहकारी अभियानमा विकृति विसंगति र असफलताहरु देखा परिरहेका छन । निजी व्यवसायका लागि अरु नै बाटो रोजौं । तर सहकारीलाई सामुहिक, समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाएर अघि बढौं । राज्यबाट पनि यो अभियान उपेक्षित छ । स्पष्ट नीति, पर्याप्त बजेट र राज्यको अभियानलाई सहकारीसग जोडने हो भने त्यसको प्रतिफल कयौं गुणा बढी हुन्छ । त्यसैले सामाजिक न्याय, आर्थिक अभियान र विकास निर्माणमा सहकारीलाई जोडन जरुरी छ । उर्जा, पर्यटन, उद्योग, शिक्षा आदिमा सहकारी क्षेत्रलाई खुला र प्रवद्र्धन गर्ने हो भने मुलुकलाई राष्ट्रिय समृद्धि अभियानलाई तीव्र, छिटो र दिगो बनाउन सकिन्छ ।

अभिलेख

लोकप्रिय