
आज ५७ औं राष्ट्रिय सहकारी दिवस – हाम्रा निम्ति पनि विशेष दिन हो । २०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ मूलनाराका साथ देशव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलाप सहित सहकारी दिवस मनाइदैछ ।
ठीक १ बषै अघि आजकै दिनबाट सहकारीखबर डटकमको यात्रा सुरु भएको थियो । सहकारीखबर नामैले पनि हामी विशुद्ध सहकारी क्षेत्रमा हुने गतिविधीलाई प्रथामीकता दिई समाचार र विचारलाई सम्प्रेशण गर्दछौं । मुलुकमा सञ्चार उद्योग स्थापना गर्ने र त्यसलाई दिगो रुपमा अगाडि बढाउने हाम्रो संकल्पलाई सफलतापूर्वक कार्यान्वयन गर्न र गराउन थुप्रैको योगदान छ । को–अपरेटिभ मिडिया सोलुसन प्रा.ली.द्वारा संचालीत सहकारीखबर डटकम आफ्नो पहिलो वाषिर्कोत्सवका अवसरमा सबै सहयोगी हातहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ ।
खासगरी श्रद्धय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी विज्ञापनदाता र एजेन्सीलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हामी आभारी छौं । यहाँ सम्म आईपुग्दा, को–अपरेटिभ मिडिया सोलुसन प्रा.ली.गु्रपको रुपमा संस्थागत हुने कार्यमा प्रयासरत छ । सहकारी पत्रकारीताको सुरुवात भएको धेरै समय नभए पनि यो परिवेशमा सहकारी क्षेत्रका समाचारलाई अनलाईन मार्फत पस्कनु चुनौतपुर्ण कार्य हो ।
आम पाठकलाई सुसुचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौँ । यस सहकारीखबरले बिगतमा निष्पक्ष कभरेजको आम रुपमा जुन प्रशंसा भएको छ, त्यसले हामीलाई व्यवसायिक ढंगले अघि बढ्न थप उत्साह दिएको छ । सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीहरुलाई घचघच्याउनका साथै सहकारी क्षेत्रमा देखिएका विकृतिहरुलाई निरुसाहित गर्न र सहकारी मुल्य र मान्यताका पक्षमा पहरेदारी गरिरहने हाम्रो प्रण यस अबसरमा पुनः दोहोर्याउन चहान्छौ ।
वर्षका दश उत्कृष्ठ
यसरी लुटिदैंछ जनताको पैसा सहकारीमार्फत ?
४८ सहकारीका संचालक खोज्दै प्रहरी (संचालकको नाम सहित)
मिनराजलाई राष्ट्रिय सहकारी संघको अध्यक्ष बनाउन राजनीतिक चलखेल
सहकारी तहसनहसको खतरा ! सहकारीको ३४ समस्या (भिडियो सहित हेर्नुस्)
यस्ता छन् नागरिक ठग्ने सहकारी(सूची सहित)
चन्द्र प्रसाद ढकालको प्यानललाई पछी पार्दै नेफ्स्कुनमा घिमिरेले बाजी मारे
शुरु भयो राष्ट्रिय सहकारी महासम्मेलन (फोटो फिचर सहित)
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार