२३ मंसिर २०८१, आईतवार

सहकारीको विशिष्ठताको पहिचान र व्यवहार

२०७० पुष ३, बुधबार
सहकारीको विशिष्ठताको पहिचान र व्यवहार

– राजेन्द्र पौड्याल

विश्वमा जम्मा ७ अरब मानिस रहेको अनुमान छ । त्यसमध्ये करिब १ अर्ब मानिस सहकारीमा सम्बद्ध छन् भन्ने मान्यता रहेको छ । यसको लेखा जोखा सहकारीको सबैभन्दा माथिल्लो र ठूलो निकाय ईन्टरनेशनल को अपरेटिभ अलायन्स (आई.सी.ए.) र संयुक्त राष्ट्र संघले गर्ने गर्दछ । संयुक्त राष्ट्र संघले सहकारीको विशिष्ठतालाई व्यवहारमा उजागर गर्न सन् २०१२ लाई अन्तराष्ट्रिय सहकारी बर्ष घोषणा गरे बमोजिम सन् २०१२ भरी सारा विश्वले सहकारी बर्ष मनाए । यस बर्षको अन्त्यस“गै बेलायतको मेनेचेष्टरमा आई.सी.ए.को साधारण सभा सम्पन्न भयो । यस सभाको मुख्य अभिप्राय “सयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी बर्ष सन् २०१२” ले समृद्ध विश्व निर्माणका लागि व्यवसाय संचालन गर्ने बाटो सहकारी उद्यम नै हुने, नया“ युग निर्माण भएको र सो अभियान सारा विश्वभरी एउटा नया“ तहमा थालनी भएको निष्कर्ष निकालेको छ । यो महत्वाकांक्षी योजनालाई “ द्दण्द्दण् ख्ष्कष्यल ” भनिएको छ । यस योजनाले मूख्यतया निम्न कुराहरु हुने विश्वाश गरेको छ ।

१) अर्थतन्त्रको सर्वस्वीकार्य नेतृत्व, दीगो सामाजिक र वातावरणीय व्यवस्थापन र विकास
२) जनताले स्वीकारेको पद्धति, अभियान
३) उद्यमशिलताको शिघ्र बिकासको माध्यम

“ द्दण्द्दण् ख्ष्कष्यल ” योजनाको मुख्य लक्ष्य “सयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी बर्ष सन् २०१२” ले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने, सहकारीको विशिष्टिकरणको अग्रगामी नतिजाले विश्व अर्थतन्त्रको ठूलो वित्तिय मन्दीलाई भरथेग गर्ने र विश्व अर्थतन्त्रको नेतृत्व लिने हो । अतः सन २०११ देखि सन् २०२० लाई सहकारी दशकको रुपमा आत्मसात गरी उल्लेखित रणनीतिहरुको विशिष्ट प्रयोगमा सहकारी दशकको पूर्ण बिकास गर्ने हो ।

“सयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी बर्ष सन् २०१२”ले बिशेष गरी यस क्षेत्रका लागि एउटा शक्तिशाली निर्दिष्ट विन्दु पहिल्याएको विश्वाश गरिएको छ । सहकारीताको विश्वव्यापीकरणको विशिष्ट उद्देश्य, अन्तराष्ट्रिय सहकारी बर्षमा सारा विश्वभरी सम्पन्न भएका अन्तराष्ट्रिय सेमिनार, गोष्ठी, सम्मेलन र यसबाट बाहिर आएका सर्वस्वीकार्य परिणाम र सहकारी दशकको बिकास सहकारी आन्दोलनकै एक महत्वपूर्ण ऐतिहासिक उपलब्धि भएको छ । सहकारी आन्दोलनको केहि सीमिततका बाबाजुध सहकारीको महत्व, फाईदा, उपादेयता, आकार, रुपरेखा बाह्य र भित्री रुपमा उच्च तहमा निर्माण हुन पुगेको छ । केहि महत्वपूर्ण उपलब्धिहरु जसले अहिलेको विश्वमा देखिएको राजनीति, अर्थतन्त्र, समाज र बिशेष गरी अनिश्चित भविश्यको बारेमा महत्वपूर्ण सम्बोधन गरेको छ । जस्तो :
– बातावरणीय असन्तुलन र स्रोतको क्षयीकरण
– अस्थिर र संक्रमित वित्तिय क्षेत्र
– बढ्दो असमानता
– राजनितिक र वित्तिय संगठन प्रति घट्दो जनविश्वाश
– राज्यसत्ता संचालनमा बढ्दो विश्वव्यापी ध्रुविकरण
– सामूहिक व्यवसायमा युवा पुस्ताको उदासिनता

यस अघि पनि सहकारी क्षेत्रले यस्ता विश्वव्यापी समस्या र चुनौतिहरु हटाउन प्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान गरेको सबै सामु छर्लड्ड छ । तर उपयुक्त समन्वय, पहिचान र उच्च तहको समझदारीमा अझै परिस्कृत र उच्चस्तरमा अझै धेरै योगदान गर्न सकिन्छ भन्ने विश्वाश गरिएको छ । अहिले आई.सी.ए.को मुख्य चुनौति नै माथि उल्लेखित æ2020 VisionÆ ले निर्धारण गरेका रणनीतिहरुको प्रत्येक मुलुक, क्षेत्रीय, स्थानीय र स्वयं सहकारीकर्मी सदस्यहरुद्वारा गरिने कार्यान्वयनको सवाल हो । सहकारीको विशिष्ट अवधारणा, मूल्य, सिद्धान्त र चरित्रका कारणले æ2020 VisionÆ को कार्यान्वयन र उपादेयतामा सहजता हुने छ । संयुक्त राष्ट्रसंघ र आई.सी.ए.ले अब विश्व अर्थतन्त्रको अस्तित्व सहकारी पद्धतिमा निर्भर हु“दै गएको र सहकारी दशक भित्रमा विश्व अर्थतन्त्रको सर्वस्वीकार्य नेतृत्व सहकारी क्षेत्रले लिने विश्वाश गरेका छन् ।

हाम्रो देश नेपालमा पनि करिब आधा जनसंख्याको पहु“च सहकारीमा भन्ने खबर सार्वजनिक भैसकेका छन् । यस्ता खबरको तथ्यतामा नलल्झीकन ठूला बैंक वित्तिय संस्थामा सहज पहु“च नहुनेहरु पक्कै पनि सहकारीमार्फत सेवा लिईरहेको यथार्थ चाहिं कसैबाट लुकेको छैन । मानिस सहकारीमा जोडिनुको पछाडि आर्थिक पाटो प्रमुख भएको हुन्छ, जस्तोे शेयर, बचत, ऋण, लगानी, उत्पादन, वितरण, मुनाफा आदि । सहकारीबाट हुने मुनाफामा आर्थिक संमृद्धि र सामाजिक एकीकरण अन्तरनिहित छन् । समुदायमा समाजमा खर्च गरिने हु“दा नीजि स्वार्थ हटेर जान्छ र सम्पूर्ण रुपमा समाज एकीकृत हुन्छ । नेपालमा यस किसिमको अभ्यास र व्यवहारमा विकास नभएको जानकारहरु बताउँछन् । सरकार र सम्बन्धित निकायहरुले सहकारी संगठनस“ग गरिरहेका व्यवहार परिलच्छित, परिकल्पित वा सहकारिता उन्मुख (Towards Cooperation) नभएको चिन्तन गरिंदै आईएको पनि छ । सहकारीलाई बुझ्न असल अभ्यास र प्रयोग गर्नुपर्दछ र यसमा राज्य र सहकारी क्षेत्र दुवैको महत्वपूर्ण भूमिका हुनु पर्दछ ।

सहकारी जसरी स्थापित हुन पुग्यो वा आज विश्वले सहकारीमार्फत गरिरहेको समृद्धिको परिकल्पनाको सिद्धान्त हाम्रो मुलुकको सहकारी अभियानमा पाईन्छ कि पाईंदैन अनुसन्धान आवश्यक छ । किनभने सिद्धान्तविहिन सहकारी वास्तविक रुपमा सहकारी हुन सक्दैन । त्यसैले सहकारीका कारणले हुने प्रभाव, असर, सम्भावना, अवसर, चुनौति जस्ता विषयको जानकारीका लागि पनि अनुसन्धान आवश्यक छ । सरकारले सहकारीलाई कुन हिसाबमा प्रयोग गर्ने त्यसका लागि पनि अनुसन्धान आवश्यक छ । जनस्तरमा करिब २६ हजार संस्थाहरुको स्थापना, करिब आधा जनसंख्याले सेवा लिईरहेको र अर्थतन्त्रको खम्बाको रुपमा परिभाषित भैसकेको अवस्थामा खाली कार्यान्वयन नहुने योजना बनाएर, नारा दिएर मात्र केहि नहुने देखिईसकेको छ । अर्थशास्त्रीहरुले विश्वविद्यालयमा सहकारी अर्थव्यवस्थाको विषयमा अनुसन्धान गर्ने र गराउने गर्नुपर्दछ । जसले गर्दा सरकार एवं सहकारी क्षेत्रलाई वैधानिक रुपमा बुझ्न र लागू गर्न सजिलो हुनेछ । सरकारले ल्याएका कतिपय सहकारी सम्बन्धी कार्यक्रमहरु लोकल पत्रपत्रिकामा एकाध निस्कने सहकारी सम्बन्धि मनगढन्ते लेख, भाषण, कार्यपत्र र राजनैतिक स्वार्थका आधारमा तयार भएर आएको जस्तो देखिएको छ ।

विभिन्न मुलुकका अर्थव्यवस्थाको मोडल सहकारी हु“दै गईरहेको सुन्न पाईन्छ । सहकारी अवधारणा, मूल्य, सिद्धान्तको प्रयोगका आधारमा समाजशास्त्रीय अर्थशास्त्रीहरुले यसलाई समाज विकासको असाध्यै राम्रो सिद्धान्त मानेका छन् । कतिपय देशहरुमा सहकारी, अर्थतन्त्रको मोडलको रुपमा बिकास हु“दै गईरहेको छ । हाम्रो मुलुकको अर्थव्यवस्थाको खम्बा नीजि, सरकारी र सहकारी हुने भनिएको छ । अर्थतन्त्रको खम्बामा सहकारीलाई राखिएता पनि सहकारीको निर्दिष्ट भूमिकाको चिन्तन गरिएको छैन । जसरी अरु क्षेत्रको गरिएको छ । सहकारीबाट हुने उत्पादन, वितरण र उपभोगलाई परिभाषित गरिएको छैन । उत्पादनमा संलग्न व्यक्ति सहकारीमा कसरी अटाउन सक्छ ? प्रविधिलाई सहकारी संयन्त्रले कसरी आत्मसात गर्न सक्छ ? अर्थात व्यापारमा संलग्न व्यक्तिलाई सहकारीले कसरी आफ्नो संयन्त्रमा राख्न सक्छ ? सरकारको लगानी सहकारी माध्यमबाट बढी प्रभावकारी हुन्छ भन्ने कुरा कसरी बुझाउने र यसको आधार के हुने ? उद्यमशिलताको बिकास वा उद्यमशिल मानिसहरुलाई सहकारी नै अरुभन्दा उपयुक्त हो भनेर कसरी र के माध्यमबाट देखाउने जस्ता बिषयहरु अनुत्तरित नै छन् ।

सहकारीलाई मोडलको रुपमा प्रयोग गर्न सकिएको छैन । अब पनि एउटा मोडेल विना सहकारीको विशिष्टतालाई उपयोग गर्न सकिंदैन । गरिबी न्यूनिकारण तथा समाज रुपान्तरणको उपयुक्त साधन सहकारी भएको हु“दा योजना बनाउने अर्थविद्हरुले मुलुकको आर्थिक बिकासको लागि सहकारी मोडलको उपयुक्ततालाई आत्मसात गर्नुप¥यो । जबसम्म सहकारीलाई मोडेलको रुपमा अघि बढाउन सकिंदैन, तबसम्म यो सरकारी नारामात्र बन्नेछ, मुलुकको सामाजिक आर्थिक रुपान्तरणको साधन (Tool of Socio-economic transformation) बन्न सक्दैन ।

यसरी विश्वव्यापी रुपमा अघि बढेको सहकारी आन्दोलन र नेपालमा अपनाईएको सहकारी पद्धति र अभ्यासबाट मुलुकले के र कस्ता परिणामको परिकल्पना गर्ने जस्ता विषयमा बिशेष गरी राज्य संयन्त्र र अभियानकर्मी नेता, कार्यकर्ता र सदस्यहरु गम्भीर रुपमा लागि हाल्नु पर्ने स्थिति छ । छलफल, पैरवी, वकालत गर्न जरुरी भै सकेको छ । सहकारीताको पहिचान अहिले मुलुकमा भएको अभ्यासबाट कदापि हुन सक्दैन भनी जानकारहरु भन्ने गर्दछन् । सहकारीको अवधारणा, मूल्य र सिद्धान्त पूर्णतया व्यवहारजन्य क्रियाकलापबाट प्रतिपादित भएको हुनाले अवधारणा, मूल्य, सिद्धान्त र चरित्र अनुसार सहकारी संगठनहरु संचालन हुनुको विकल्प छैन । वास्तवमा अवधारणा, मूल्य, सिद्धान्त र चरित्रलाई चिनेर सोही अनुरुप व्यवहार गर्न, संगठन गर्न, संचालन गर्न सके अहिले भएका २६,००० सहकारी संस्थाले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने थियो ।

प्रतिक्रियाका लागि : raj_pau@hotmail.com

अभिलेख

लोकप्रिय