
भारत । सहकारीको ऋण तिर्न नसक्दा एकजना मानिस १४ वर्षदेखि जंगलको बास भएका छन् ।
स्थानीय सहकारी संस्थाबाट लिएको ५० हजार ४ सय भारु ऋण तिर्न नसक्दा सहकारीले उनको २।२९ एक्कड जमिति लिलाम गरिदिएपछि उनी विगत १४ वर्षदेखि जंगलमै आफ्नो गाडीभित्र बसिरहेका छन् ।
भारतको कर्नाटक राज्यको दक्षिणाखंड जिल्लामा पर्ने सुलिया गाउँका चन्द्रशेखर गौडा नामका ती व्यक्तिले नेल्लुरु कामराजे सहकारीबाट सन् १९९९ मा कर्जा लिएका थिए । उनले उक्त कर्जा चुक्ता गर्न सकेनन् । सहकारीले सन् २००२ मा उनको कर्जा असूलीको प्रक्रिया सुरु गर्यो ।
सन् २००२ को अक्टोबरमा उनको घरजग्गा १ लाख २० हजारमा लिलाम गरिदियो । सहकारीले लिलाम गरेर उनको जग्गाबाट उनलाई पुलिस लगाएर हटाइयो र घर पनि भत्काइयो ।
सहरकारीले घरजग्गा लिलाम गरिदिएसँगै उनी केही समय आफ्नी बहिनीको घरमा बसे तर लगत्तै एउटा सेकेण्ड ह्याण्ड कार किनेर उनी बनबास हिँडेका थिए । चन्द्रशेखरले उक्त कारलाई गाउँको नजिकै रहेको जंगलको बाहिरी भागमा राखे र त्यसैलाई आफ्नो घर बनाए ।
उनी पछिल्लो १४ वर्ष सोही गाडीमा बस्दै आएका छन् । उनले जंगलमै हातले बाँसका टोकरी बुन्ने काम गर्दै आएका छन् । हरेक हप्ता आफुले बुनेका टोकरी बेच्नका लागि २१ किलोमिटर पैदल हिँडेर सुलिया बजारमा आउँछन् । उनले आफुले बुनेका टोकरीलाई प्रतिगाटा ४० भारुमा बेच्ने गरेका छन् । वनबास बसिरहेका ती मानिसको पुनर्वासका लागि सरकारी अधिकारीहरुले प्रयास सुरु गरेका छन् । – एजेन्सी
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार