
आज ५८ औं राष्ट्रिय सहकारी दिवस : सहकारीखबर डट कमका निम्ति पनि विशेष दिन हो भन्न हामी रुचाउँछौं । वि सं २०१३ साल चैत्र २० गतेबाट सुरु भएको सहकारी अभियान यस वर्ष ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ मूलनाराका साथ देशव्यापी रूपमा रचनात्मक क्रियाकलाप गरी यो दिवस मनाइँदैछ । ठीक दुई वर्ष अघि सहकारी विभागका तत्कालीन रजिष्ट्रार केदार न्यौपानेको हातबाट आजकै दिन सहकारीखबर डट कमको यात्रा आरम्भ गरेका थियाैं । सहकारी खबर नामैले पनि हामी विशुद्ध सहकारी क्षेत्रमा हुने गतिविधिलाई प्रथामिकता दिएर समाचार र विचार सम्प्रेषण गर्दछौं ।
वर्तमान युग सूचनाको हो । अहिले हरेक नागरिक सञ्चारको सहज पहुँचमा छ । तर सञ्चारलाई नै व्यवसायको रूपमा सञ्चार उद्योग स्थापना गर्ने र त्यसलाई दिगो तवरले अगाडि बढाउने हाम्रो संकल्प आजका दिनसम्म आइपुग्दा सफल रहेको हामी अनुभूत गर्छौं । यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापी प्रयाप्त थिएन र हुने छैन पनि । सहकारीखबर डट कमको उदेश्यलाई सफलतापूर्वक यहाँसम्म ल्याइपुर्याउन यहाँहरू थुप्रैको योगदान छ । को–अपरेटिभ मिडिया सोलुसन प्रालीद्वारा सञ्चालित सहकारीखबर डट कम तेस्रो वर्ष प्रवेशको यो अवसरमा विशेषगरी हाम्रो आरम्भका सहयात्री लगायत सबै सुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ ।
विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ/संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं । हामीले गुजारेका दुई वर्षको दौरानमा धेरै संघर्ष, औधी हौसला र अनुपम अनुभवहरू संगालेका छौं । पछिल्लो युगको पत्रकारिताका रूपमा स्थापित बन्दै गएको अनलाईन मिडिया मार्फत हामीले सहकारी क्षेत्रमा देखिएका केही विकृति, धेरै सफलताका कथा र केही नीतिगत विषयमा गहकिला विषय उठान गर्न सकेको आत्मानुभूति गरेका छौं । यहाँ सम्म आईपुग्दा को–अपरेटिभ मिडिया सोलुसन प्राली ग्रुपको रूपमा संस्थागत विकासको क्रममा छ । हामी अझै परिपक्व भएको दावी गर्दैनौं, सत्य यत्ति हो कि सहकारीको क्षेत्रमा हामी पहिलो सन्तानका रूपमा भने स्थापित हुन सकेका छौं । र यो अवसरमा हामी त्यो स्थानलाई अझै उँचाइमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।
सहकारी पत्रकारीताको सुरुवात भएको धेरै समय नभए पनि यो परिवेशमा सहकारी क्षेत्रका समाचारलाई अनलाईन मार्फत पस्कनु चुनौतपूर्ण कार्य हो । आम पाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । सहकारीखबरले विगतमा निष्पक्ष कभरेजको आम रूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण व्यवसायिक भएर अघि बढ्न थप उर्जा मिलेको छ । सहकारी क्षेत्रलाई संस्थागत गर्न सहकारीकर्मीलाई घचघच्याउनका साथै सहकारी क्षेत्रमा देखिएका विकृतिलाई निरुत्साहित गर्न हामी कटिवद्ध छौं । यति भनिरहँदा सहकारी मूल्य र मान्यताका पक्षमा हाम्रो पहरेदारी अझ बलियो गरी हुने प्रण पनि हामी यही अवसरमा पुनः दोहोर्याउन चाहन्छौं ।
अन्तमा फेरि पनि सहकारी दिवसका अवसरमा सम्पूर्ण सहकारीकर्मीहरूमा सहकारी खबर डट कमको हार्दिक मंगलमय शुभकामना । जय सहकारी ।
काजी श्रेष्ठ
सम्पादक
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

सेञ्चुरी बहुउद्देश्यीय सहकारी दोस्रो साधारण सभा असोज २७ गते हुने
१२ आश्विन २०८०, शुक्रबार
६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार