२४ असोज २०८१, बिहिबार

विपत्तमा सहकारीको भूमिका कमजोर

२०७२ जेठ २२, शुक्रबार
विपत्तमा सहकारीको भूमिका कमजोर

काजी श्रेष्ठ/ १२ र २९ को वैशाख शक्तिशाली भूकम्पले झण्डै नौ हजार नेपाली नागरिकको ज्यान लिएको छ । करिब २० हजारको हाराहारीमा घाइते भएका छन् । लाखौं जनता घरबार विहीन भए । कैयौं टुहुरा बने । धेरैले सहारा गुमाए ।

प्राकृतिक विपत्तीले कैयौं नेपालीको गाँस खोसिएको छ । लाखौंको छानो उजाडिएको छ । भूकम्पले धेरै नेपालीको मन दुखेको भए पनि वर्षौंदेखि नेपालीमा देख्न नपाइएको भाइचारा, सद्भाव, मानवीयता, आत्मिएताको पुरानो परम्परागत सँस्कारलाई भने बूँत्याएको छ ।

सबैले यतिबेला व्यक्तिगत र पार्टीगत इबी, लोभ र पापहरु भुलेर जनताको उद्धार, सहयोग र राहतमा लागिरहेका छन् ।
तर यस्तो विपत्तिमा सहकारी संघ/संस्थाले जुन रुपमा काम गर्नुपर्ने हो, त्यसअनुसार नगरेको पाइएको छ । राहत तथा पुनर्निर्माणका लागि सरकारसँगै देखिनुपर्ने सहकारी क्षेत्रको भूमिका कमजोर रूपमा प्रस्तुत भएको छ । यि र यस्तै विपत्तिमा सहकारीको भूमिका अगाडी देखिनु पर्ने थियो तर त्यस अनुसार हुन सकेन ।

केही संघ÷संस्थाले राहत र उद्धारमा काम गरेपनि धेरैले वेवास्ता गरे । लाखौं जनता घरबारविहीन र बेसहारा भएको बेला ठूला ठूला भनिने सहकारीले राहत र उद्धारमा बेवास्ता गरेका छन् । विदेशीहरु समेत राहतको काम गरिरहेका बेला देशको आर्थिक क्षेत्रको एक खम्बा मानिने सहकारी क्षेत्र चूपचाप देखिँदा अनेकौं प्रश्न उठेका छन् । भारतीय सहकारी इफ्कोले पठाएको राहत वितरणमा समेत जुँगा लडाई भइरहेको छ । राहत वितरणको जिम्मा पाएको राष्ट्रिय सहकारी संघले मनलाग्दी रुपमा वितरण गरेको आरोप लागेको छ ।

अभिलेख

लोकप्रिय