१० कार्तिक २०७८, बुधबार

लघुवित्त भित्रको चित्र

३ पुष २०७०, बुधबार
लघुवित्त भित्रको चित्र

– सुजना पाण्डे

विश्वका आधाभन्दा बढी गरीवहरुको वसोवास स्थल रहेको दक्षिण एशियाको एक मुलुक नेपाल जहाँ निरपेक्ष गरीविको रेखामुनी ठ्याक्कै यति प्रतिशत नेपाली गरीव छन् भन्न गाह्रो छ । किनभने राष्ट्रिय योजना आयोगको तथ्यांकले भन्छ नेपालमा ३१ प्रतिशत नेपाली निरपेक्ष गरीविको रेखामुनी छन् । एशियाली विकास वैंकको तथ्यांंकले भन्छ नेपालमा ५० प्रतिशत भन्दा बढी नेपाली गरीव छन् । अनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको लागि अक्सफोर्ड विश्वविद्यालयको एक समुहले गरेको तथ्याड्ढ अनुसार ६४.७ प्रतिशत नेपाली गरीव छन् । अहिले आएर नेपाल जिवनस्तर सर्वेक्षण ०६८÷०६९ अनुसार नेपालमा २५.४ प्रतिशत मात्र नेपाली गरीव छन् भनिन्छ । जेहोस हामी सवैलाई थाहाभएकै कुरा हो नेपालमा गरीविको जो वृत्त छ त्यो थोरै र सानो आकारमा छैन । यही व्याप्त गरीविको विकाराल अवस्थालाई घटाउन व्यक्ति, समुह, समुदाय वा राज्यको तर्फबाट अनि अन्तराष्ट्रिय क्षेत्र बाट पनि विभिन्न प्रयासहरु हुँदै आइरहेका छन् । ती प्रयासका क्रममा विभिन्न कुरालाई माध्यम वनाइदै आएको छ ।

केही समय यतादेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा गरीवि निवारणको माध्यमको रुपमा लघुवित्त सेवा वा कार्यक्रम छाउँदै आएको छ किनभने लघुवित्त त्यस्तो सेवा हो जस्मा गरीवको बहुपक्षिय विकास संभव छ । हाल नेपालमा लघुवित्तमा कार्यरत वा जानकार व्यक्तित्वहरुका अनुसार २५ लाख परिवारमा लघुवित्त सेवा आवश्यक रहेकोमा केही दोहोरो पनालाई घटाएर हेर्ने हो भने करीव चौधलाख परिवारले लघुवित्त सेवा पाएका छन् । लघुवित्त सेवालाई समेत जोड्ने हो भने लगभग ४० प्रतिशत नेपालीले मात्र वैंकीङ्ग सेवा पाएका छन् । ६० प्रतिशतमा अझै वैंकीङ्ग सेवा पुगेको छैन । (स्रोत ः ःष्अचयाष्लबलअभ धभद कष्तभ० लघुवित्त गरीवसँग पुग्ने उचित बाटो हो । दिगो विकासको आधार हो । विश्व वृत्तमा आधुनीक लघुवित्त प्रणालीको विकास गर्ने नोवेल शान्ति पुरस्कार विजेता अनि अमेरीकी पुरस्कार स्वतन्त्रताको पदक बाट सम्मानीत वंगलादेशका अर्थशाश्त्री मोहम्मद युनुसले सन् १९७६ मा २७ अमेरीकी डलरको पूँजि बाट वंगलादेशको जोव्रा गाउँमा विपन्न महिलालाई लघुकर्जा प्रदान गरी शुरुवात गरेको लघुवित्त कार्यक्रम आज विश्वभर गरीवि निवारणको उपयुक्त औजार सावित हुँदैगएको छ ।

विपन्न तथा अति विपन्न गरीवसँग पुग्ने अनि गरीवलाई अवसर, अधिकार र सम्मान प्रदान गरी उनीहरुको वैयक्तित, सामाजिक, साँस्कृतिक र आर्थिक पाटोको विकास गर्नु लघुवित्तको मर्म अनि धर्म हो भन्ने लाग्छ । स्वास्थ, शिक्षा, सुचना, सचार र उद्यम व्यवशाय पनि लघुवित्तको महत्वपूर्ण अंश हुनुपर्छ । यिनि कुरामा कम ज्ञान तथा अनभिज्ञताले व्यक्ति पूर्ण हुन सक्दैन । अपूर्णताले कुनै पनि कुरामा पूर्ण विकास ल्याउँदैन । गरीवि न्यूनिकरणको लागि सामुहिक जमानीमा विना धितो ऋण दिने नाफामूलक तथा गैर नाफामुलक लघुवित्त संस्थाहरुको वृद्धिसङ्गै पछिल्लो समय तिनमा आएको विविध विकृति सोचनीय विषय वनेको छ । वाणिज्य वैंकले कुल लगानीको ३ प्रतिशत, विकाश वैंकले २ प्रतिशत र फाइनान्स कम्पनीले १.५ प्रतिशत विना धितो कम व्याजदरमा गैरनाफामुलक क्षेत्रमा लगानी गर्नुपर्ने नियम भएकोमा माइक्रोफाइनान्स कार्यक्रम तथा वित्तिय सेवा ग्रामीण तहसम्म पुग्ने भएकोले वैंक तथा वित्तिय संस्थाले यस्तो रकम लगानी गर्न उनीहरुलाई दिने चलन छ । पछिल्लो समयमा आएर ३ प्रतिशतलाई वढाएर १० प्रतिशत वनाइएको छ । यसरी पाएको पैसा जहाँ प्रयोग गरीनुपर्ने हो त्यहाँ नगरेर वैंकको खातामानै राखेर व्याज खाने वा नाफा गर्ने प्रवृति हावि छ । यसरी राखेको निक्षेपमा कर समेत छुट पाउने व्यवस्था छ । यस प्रवृति प्रति खासै कसैको चासो पाइदैन । यस्तो विडम्वना एकातिर छ भने अर्कोतिर गैह्र नाफामुलक वा कार्यक्रमिक रुपमा लघुवित्त कार्यक्रम संचालन गर्ने केही संघ संस्थाहरुको काम पनि झाराटार्ने किसिमको देखिन्छ ।

कार्यक्रमको नाममा एक दुई दिनको तालिम, गोष्ठि संचालन गरेझैं गरे, दुई चार हजार सदस्य वा संस्थामा लगानी गरेझैं गरे, मिठामिठा कुरा र आदर्श छाँटे, कार्यक्रमको लागि भन्दा भत्ता खर्च, हवाई खर्च र अन्य खर्चमा खर्च धेरै निकाले, भ्रष्ट कर्मचारी वा संचालकको झुण्ड वनाई चलखेल बढाए, साथमा कागजी रीपोट राम्रो वनाई डोनरलाई छक्काए । के–को फलोअप, के–को अनुगमन, के–को दक्ष वनाउने चिन्ता आदि । यस्ता प्रवृति बढ्दै गएमा कस्तो गरीवि न्यूनिकरण हुने हो यो पनि सोचनीयनै छ । हित र फाइदा सम्वन्धित पक्ष वा गरीबलाई हुनुपर्छ न की कार्यक्रम संचालक, कर्मचारी वा संस्थाका प्रमोटरहरुलाई । अर्को विकृति छ वित्तिय सेवा दिने लघुवित्त संस्थाहरु सहरकेन्द्रित हुनु वा सजिलै पुग्न सक्ने ठाउँमा ओइरिनु । एकै ठाउँमा एक भन्दा वढी सेवा प्रदायकले ऋण प्रवाह गर्ने दौडमा लागि पर्नुले सेवाग्राही पनी दिक्क छन् । उनीहरुलाई ऋण प्रवाह गर्दा किन र के को लागि गर्ने ? त्यो ऋण उत्पादक, अनुत्पादक कुन क्षेत्रमा लगानी गरीदैछ ? उस्को योजना के हो ? कुन पक्षको विकास हुनेवाला छ आदि जस्ता कुरामा खासै सरोकार राखेको पाईदैन । वस् समुह वनायो, १० देखी ५०, ६० हजार लगानी गर्यो साप्ताहिक, पाक्षिक वा मासिक किस्ता असुल्यो गर्ने गरेको पाईन्छ । यसो हुनुले सेवाग्राहीहरु जस्को नियमीत आम्दानीको श्रोत छैन उनीहरुमा हप्ता दिन वा पन्ध्र दिनमा कसरी किस्ता तिर्ने तनावको विषय वन्ने गरेको छ ।

कतिपय सेवाप्रदायकको कार्यशैलीमा समुहमा वसेपछि ऋण खानै पर्ने हुँदोरैछ । चाहे त्यो सदस्य वा व्यक्तिलाई ऋणको आवश्यक्ता परोस् या नपरोस् । लिन मन लागोस्. या नलागोस् । वचत वा लगानीमा रहेको पैसाको व्याज सवैले वरावर खानेभएपछि सवैले ऋण लिनैपर्छ भन्ने मान्यता अनुसार यस्तो नियममा वाँधिनु परेपछि समस्या अनुभुत नगरुन पनि किन ? आर्थिक वा गैर– आर्थिक सुविधा दिएर सम्वन्धित व्यक्ति वा समुदायको के कस्ता कुरामा अपेक्षीत उपलब्धि भयो वा भएन, सेवा दिनु अगाडिको अवस्था के थियो ? सेवा दिए पश्चातको अवस्थामा के परिवर्तन आयो त्यस्को क्यअष्ब िएभचाभचmबलअभ ःभबकगचझभलत कसरी गर्ने, भ्अयलयmष्अ अयलमष्तष्यल मा के परीवर्तन आयो ? आदि जस्ता कुरामा त्यति ध्यान दिएको पाइदैन । हेर्दा मसिना कुरा जस्ले व्यवहारीक जीवनमा गहिरो प्रभाव पार्छ । यस्लाई विश्लेषण गरी काम गर्ने परिपाटी पनि कमैको पाईन्छ ।

यस्तै एक रमाइलो किस्सा छ बाँकेको खास कारकादोस्थित एक समुदायमा । आफ्नो कार्यक्षेत्रभित्र सहकारीताको माध्यम बाट सामाजिक, आर्थिक विकास गरी सभ्य समाजको निर्माणमा लागि परेको एक संस्था (आमा बचत तथा ऋण सहकारी संस्था ) का अध्यक्ष दुर्गा वजगाई तथा सचिव सुमन मल्ल न्यूनस्तरका महिलालाई समेटेर उनीहरुको जीवनस्तर उकास्ने क्रममा उक्त मधेशी समुदायमा पसी त्यहाँका महिलालाई उत्प्रेरीत गर्न खोज्दा उनीहरुले इन्कार गरे । किनभने पहिलेनै ३,४ वटा संस्थाहरु संस्थाहरु त्यहाँ पुगीसकेका रहेछन् । उनीहरुलाई कुन दिन, कति वजे कुन संस्थाका मानिसहरु आउँछन ? कस्लाई कति साँवा किस्ता वुझाउनु पर्ने हो औंला भाँचीभाँची भन्न सक्ने सवै मुखै कण्ठ रहेछ । मान्छे आउँदा किस्ता तिर्न नसक्दा जे छ त्यही लगीदिने वा जसरी भएपनि तिर्ने पैसाको जोहो गरेर वस्ने पर्ने भएकोले उनीहरुलाई मुखै कण्ठ हुने रहेछ । अबफेरी कोही सदस्य वनाउन आएभने समुहमा वसेपछि ऋण खानैपर्छ भन्ने मानसिकताले त्रसित रहेछन् । उक्त संस्थाका प्रमुखहरुले समुहमा वस्न चाहानुहुन्छ भने तपाइहरुलाई ऋण लिनैपर्ने कुनै वाध्यता छैन बचत कार्यक्रममा मात्र सहभागि हुनसक्नुहुन्छ । ऋण त चाहिँदाको वखतमात्र लिने हो भनेपछि उनीहरु खुशीहुँदै संस्थाको सदस्य वन्न राजी भए । सहकारी संस्था र अन्य संस्थामा फरक पन पनि यहीनै हो । सहकारी संस्थाहरुले व्यक्ति वा समुदायको वृद्धि विकास वा आवश्यक्ता चाहनालाई ध्यान दिएको पाइन्छ भने अन्य संघसंस्थाले लगानीको पक्षलाई । आगामी दिनमा जो कोही लघुवित्त सेवा प्रदायकले नाम कमाउने, नाफा कमाउने वा स्वहित गर्ने दौडमा लाग्नु भन्दा लघुवित्त सेवाग्राहीको समग्र हित र विकासको लागि काम गरेमा लघुवित्तले ज्यादा सार्थकता पाउने देखिन्छ । त्यो सार्थकता हेर्दा भन्न सकिन्छ –

राम्रो मा राम्रो कार्यक्रम हाम्रो लघुवित्त
यस्लाई फैलाउन पारौं सवैले ठूलो चित्त
गरीवि घटाउन वनौं निमित्त
जय जय जय जय लघुवित्त

अभिलेख

लोकप्रिय