– राजेन्द्र पौड्याल
पूनरावलोकन
प्रारम्भकालमापूर्वाधारको कमि, साधन स्रोतको कमि र सहकारीताका संबन्धमा अपेक्षित ज्ञानको अभाव नैराष्ट्रिय सहकारी संघको विकासका वाधक थिए । समय क्रमसँगै नेपालमा धेरै सँख्यामा सहकारी संस्थाहरुको स्थापनाहुने क्रम सुरु भयो । प्रारम्भिक संस्थाहरु स्थापनाको सँग सँगै जिल्लास्तरिय संघ, केन्द्रिय संघहरु समेतको संख्यामा वृद्धि हुँदै गयो । सहकारी आन्दोलनको विकासक्रमकै समयमायसको नेतृत्व परिवर्तन भयो र नेतृत्वसँगै शैलि, बुझाई र सहकारीलाई हेर्ने आँखापनि परिवर्तनभएको कुरा अहिलेका केहि अवान्छीत गतिविधी र नतिजाहरुले जाहेर गर्दैछन् ।
सहकारी आन्दोलनको विकासमा संख्यात्मक वृद्धिलाई ठूलो उपलब्धिको रुपमाचर्चा गर्ने परिपाटि बसेको छ । सहर केन्द्रित ठूला सहकारीहरु नराम्रोसँग संस्थागतअव्यवस्थाकासिकार हुनपुगे । लाखौं मान्छेहरुको करोडौं अरबौं रकम डुब्न पुग्यो ।यसो हुनुमा दोष जति सरकारको हो भनिआफू पानीमाथीको ओभानो बन्ने प्रवित्ति र सो प्रवित्तीलाई सामान्नीकरण गरेर हर्सित मुद्रामा सहकारीमालाग्ने लाखौं लाखजनताको तर्फबाट आफू एकमात्रभएको उद्घोष गर्दै बादशाहको शानमा संसारकै सहकारीको पण्डित्याईं गर्ने अधोमुखिजगहसाउने नेतृत्वभोगिरहेको वर्तमान अवस्था हो ।
सहकारी संस्थाहरुको चरम अव्यवस्थाको मूलविषयलाई हेर्दा पृष्ठभूमिमा आन्दोलनलाई सिद्धान्त अनुरुप हिडाउने दायित्वलिई स्थापित नेतृत्वदायी संघहरुको भूमिकामा देखियो । सरकारलाई आन्दोलनले सहकारीता बुझाउन प्रयत्नन गरिएको देखियो । सहकारीहरुमा चरम अव्यवस्थामौजुदा रहेको अझै पनि संकेतहरुले प्रष्ट पारिरहेछन् ।सहकारी मूलतः व्यक्तिगत मनोकांक्षा अभिप्राप्तिको भ¥याङ हुनपुगेको छ ।
उदाहरणका लागि यसका प्रजातान्त्रिक, खुला, स्वायत्तता जस्ता चरित्रलाई आधार बनाई पार्टिगत राजनीतिकरण गर्न अगुवा नेताहरु नै अघि सरे र आफू अनुकूल व्याख्यागर्दै ठूला पार्टीहरुले सहकारीको महत्वबुझेको मिथ्या र भ्रामक भाषण वाजीमात्रै गरे । सहकारीका मूलभूतमर्म र सिद्धान्तहरुलाई खाली भाषण गर्ने र सहकारीमा राजनिति वान्छित छ भन्ने तरिकाले अपव्याख्यागर्दै पार्टिगत गुटबन्दीलाई सामान्नीकरण गरेर सहकारी आन्दोलनमाबर्चस्व गर्ने नेतृत्वको अटल दृष्टिकोण कार्यान्वयन समेत हुनपुगेको छ । “धार्मिक र राजनैतिक तटस्थता” सहकारीकान्यूनतम् पूवाधार भएकै कारण संसारमा सहकारीताको महत्ताप्रदर्शनीय, चिन्तनयोग्यभएको र यहि मूलभूत मान्यताकै प्रकाशमा सम्युक्त राष्ट्र संघले सहकारीलाई मान्यता प्रदान गरेको विषयलाई ठट्टा सम्झी उल्टो गतिमा पार्टीगत राजनीतिलाई सहकारीमाप्रवेश गराएर भएभरको लगभग संसारकै सहकारी आन्दोलनको जस लिन पछि नपर्ने नेतृत्व छवि हाल सहकारी अभियानले भोगेको अवस्था हो ।
राष्ट्रिय सहकारी संघको आसन्ननिर्वाचनमा नेतृत्वचयनको विषय
राष्ट्रिय सहकारी संघले धेरै गर्न सक्ने तर नगरेको एउटा विषय नेतृत्व छनौट विधि, प्रक्रिया र मापदण्ड हो । सबै सहकारीकर्मीको भावनाअनुरुप सहकारी आन्दोलन कै केन्द्रियनिकाय राष्टिय सहकारी संघमा सहकारीता कै भावनाबोक्ने निष्कपट, स्वच्छ छवि, इमान्दारी र सहकारीताबाट ओतप्रोत जागरुक व्यक्तित्वहरु निर्वाचितहुने अवसरको सिर्जना हुन सकेको छैन । सहकारीको विशिष्टता “राजनैतिक तटस्थता”किनभनियो र त्यहितहको गहिराईमा पुग्ननचाहीकथित पार्टीबाट उम्मेदवारी घोषणा गराई आफू नेतृत्वगर्न योग्य भएको आधार पेश गर्दै प्रजातान्त्रिक परिपाटीलाई विशेषतः सहकारीमा गलततरिकाले सामान्नीकरण गरिने प्रचलनलाई लोकप्रिय बनाईयो । यस्ता खाले चरित्रलाई राष्टिय सहकारी संघको नेतृत्वमा निर्वाचितहुने योग्यता बनाईनु सहकारी आन्दोलन कै दुर्दशा भएको छ ।
अतः सहकारीकर्मीहरुको चाहनाअनुसार हाल देखिएका विसंगतिहरुलाई सचेतरुपमा व्यवस्थापनगर्न सक्ने, राज्यलाई सहकारीता बुझाई सोही अनुरुपको व्यवहार गराउन बाटो देखाउन सक्ने, नेपालको सहकारी आन्दोलनलाई अन्तराष्टिय मापदण्डमा पु¥याउनकालागि सदस्य संघ संस्थाहरुलाई सोही अनुरुप व्यवहार गर्न दिशानिर्देश गर्ने र सहकारी अवधारणा, मूल्य र सिद्धान्तप्रति गहिरो निष्ठा र व्यवहार प्रदर्शनगर्ने व्यक्तित्वलाई नेतृत्वमा पु¥याउनु आजको आवश्यकताहो । तर कथितदलीय सहमति, सहकारी संस्कार र सहकारीको प्रजातान्त्रिक अभ्यासकानाममा फेरी अयोग्य, कुण्ठीत र गन्तव्यहीन नेतृत्वआउन सक्ने प्रवल सम्भावना छ ।
राष्ट्रिय सहकारी संघका नेतृत्वले आगामीदिनमा खेल्नु पर्ने भूमिका
प्राथमिकभूमिका
– सहकारी पद्दतिलाई सर्वस्विकार्य आर्थिक मोडेलको रुपमा अघि बढाउन पूर्वाधार तयार गर्ने ।
– उद्यमशिलताको सिघ्र विकासको माध्यमको रुपमा स्विकार गरी सोहि अनुरुप दुर दृष्टि, लक्ष, रणनीति, विधि–प्रक्रिया र मापदण्ड तय गर्ने ।
– दुर दृष्टि, लक्ष, रणनीति, विधि–प्रक्रिया र मापदण्डका आधारमा कार्ययोजना सहित कार्यान्वयनमा जाने ।
– सहकारी अवधारणा, मूल्य र सिद्धान्त प्रति निष्ठा र विश्वाशको सुरक्षागर्ने ।
पूरक भूमिका
– विषयगत ऐन, नियमहरु निर्माणकार्यमामूख्यभूमिकानिर्वाह गरी हालकाविसंगति र समस्याहरुको निराकरण गर्ने ।
– गलतअभ्यास र छद्म सहकारीकाकारण स्वभाविक देखिएको सरकारी संलग्नता र हस्तक्षेपबाट सहकारी आन्दोलनलाई मुक्त राख्ने ।
– सहकारी आन्दोलनलाई राजनैतिक हस्तक्षेपबाट जोगाउन सहकारी आचार संहिता निर्माण गरी व्यवहारमा लागु गराउने ।
– नेपालको सहकारी आन्दोलनलाई अन्तराष्ट्रियस्तरमा पु¥याउन सहकारी मूल्यमान्यता एवं सिद्धान्तका आधारमा सक्षम नेतृत्वनिर्माण गरी असल अभ्यास गर्ने ।