१६ चैत्र २०७६, आईतवार

राष्ट्रिय सहकारी महासंघको २१ लाख रुपैयाँ क-कसले झ्वाम पारे ?, महासंघका नेतृत्व मौन !

२८ पुष २०७६, सोमबार
राष्ट्रिय सहकारी महासंघको २१ लाख रुपैयाँ क-कसले झ्वाम पारे ?, महासंघका नेतृत्व मौन !

काठमाडौं, २८ पुष ।

देशभरका सहकारी संघ/संस्थाको केन्द्रीय छाता संगठन राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक लगायत विभिन्न व्यक्ति तथा संघ संस्थाले लाखौं रुपैयाँ अपचलन गरेका छन् ।

महासंघका पूर्व सञ्चालक, सहकारी संघ/संस्था, विभिन्न व्यक्ति, उद्योग, कम्पनीले विभिन्न काम गर्दा लगेको पेश्की तथा आसामी रकम तिर्न अटेर गरेको पाइएको छ ।

विगत लामो समयदेखि महासंघले उठाउनु पर्ने रकम उठाउन सकेको छैन । केही व्यक्तिबाट पेश्की रकम उठाएपनि अझै २१ लाख रुपैयाँ उठाउन बाँकी छ । महासंघको २१ औं वार्षिक प्रतिवेदनदेखि २७ औं प्रतिवेशनमा समेत पेश्की तथा आसामी रकम उठाउन बाँकी रहेको उल्लेख गरिएको छ ।
राजनीतिक प्रभाव देखाएर संघको नेतृवमा पुगेका संचालकहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिन छोडेर आफ्नो व्यक्तिगत स्वार्थमा लागेपछि यस्तो अवस्था आएको हो । महासंघबाट विभिन्न काम लिनुका साथै काम गर्छु भनेर पेश्की लिए तिर्न अटेर गर्दै आएका छन् ।

संघबाट पेश्की लिएर नतिर्नेमा अग्रपङ्तीमा पूर्व संचालक कुलचन्द्र अधिकारी रहेका छन् । उनले तत्कालिन राष्ट्रिय सहकारी संघले ठेक्का लिएको पुलीस क्लव पुन आफुले ठेक्का लिएर संचालन गरेका थिए । उक्त व्यवसायबाट करोडौं रुपैयाँ कमाएका अधिकारीले महासंघलाई साढे ५ लाख ४९ हजार ७ सय ३० रुपैयाँ ३८ पैसा तिर्न बाँकी रहेको छ । दिपकप्रकाश बाँस्कोटा अध्यक्ष हुँदा संचालक रहेका अधिकारीले पैसा नतिरेपछि तत्कालिन साधारणसभाले उनलाई संचालकबाट निलब्बन गर्ने र बैठकमा भाग लिन नपाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि संघको बैठकमा जान छाडे्का उनले संघलाई तिर्नुपर्ने दायित्व अहिलेसम्म चुक्ता गरेका छैनन् । पैसा चुक्ता नगरेको प्रमाण महासंघको २७ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

तत्कालिन एमालेमा बलियो राजनीतिक प्रभाव भएकाले उनलाई कारबाही प्रक्रिया अघि बढाउन नसकेको स्रोतले बतायो । यसैगरी उपभोक्ता सहकारी केन्द्रीय संघका पूर्व अध्यक्ष खड्गबहादुर श्रेष्ठले पनि महासंघलाई ३ लाख ९८ हजार ८१ रुपैयाँ ८ पैसा तिर्न बाँकी छ । श्रेष्ठले उपभोक्ता समन्धी काम गर्न भनि लिएको रकम अहिलेसम्म तिरेका छैनन् ।

त्यस्तै महासंघका पूर्व उपाध्यक्ष राजकृष्ण अमात्यले पनि महासंघलाई २ लाख ९० हजार ६ सय रुपैयाँ तिर्न बाँकी छ ।

त्यसैगरी भाईचा महर्जनले २ लाख ५० हजार रुपैयाँ, गणेश सापकोटा ४२ हजार ७ सय ५० रुपैयाँ, राजेन्द्र घिमिरे ९० हजार ४ सय २०, एन.सि.एफ इम्प्लोईमेन्ट ५६ हजार ७ सय ५० रुपैयाँ महासंघले उठाउनु पर्ने छ । त्यसैरी उदयपुर सिमेन्ट १ लाख ३० हजार ९ सय ५९ रुपैयाँ ८ पैसा, सिद्धि गणेश फ्रुट प्रोडुसर सहकारी संस्था २५ हजार, हिमायन ट्रान्सपोर्ट १ लाख ५३ हजार ४ सय ३३ रुपैयाँ १५ पैसा रहेको छ ।

यी सबैगरी महासंघले २१ लख ७४ हजार ५ सय ४० रुपैयाँ ५४ पैसा महासंले पाउनु पर्ने देखिएको छ ।

महासंघले विभिन्न व्यक्तीबाट पाउनु पर्ने रकम देखिएको र उठाउने काम पनि भईरहेको लेखा समिति संयोजक दर्मदत्त देवकोटाले जानकारी दिए ।

देवकोटा यसअघि पनि लेखा समिति संयोजक थिए । देवकोटा भन्छन्, ‘लेखा समितिले उठाउनु पर्ने रकम उठाउन सञ्चालन समितिलाई पटक पटक भनेका थियौं । केही रकम उठेका पनि छन् ।’ बैठकमा धेरै पटक कुरा पनि उठेको र उठाउन ताकेता समेत गरिएको देवकोटाको भनाई छ ।

नयाँ सञ्चालक समिति निर्वाचित भएको र आगामी दिनमा ति रकम उठ्ने देवकोटा बताउँछन् ।

अभिलेख

लोकप्रिय