१३ बैशाख २०८१, बिहीबार

रजिष्टार ज्यू हिरो बन्ने कि जिरो ?

३ पुष २०७०, बुधबार
रजिष्टार ज्यू हिरो बन्ने कि जिरो ?

यादव हुमागाई ।

सहकारी रजिष्टारको कार्यकक्ष नयाँबानेश्वरको रातो घर यतिखेर दोहोरो घेराउमा छ । कहिले सहकारीवालाहरु साइबोर्डको आकार घटाइदिएको र नियमावली ल्याएर घाटी निमोठ्न लागेको भन्दै विरोधमा जुलुस लिएर पुग्छन् । कहिले ओरेन्टललगायत सहकारीबाट पिडित सर्वसाधारण निक्षेप फिर्ता गराउन पहल नगरेको आरोप लगाउदै घेराउ गर्छन् । केही वर्षअघिसम्म सुनसान प्रायः रहने रजिष्टारको कार्यकक्ष आजभोली गुनासोले भरिन्छ । सहकारीबाट ठगिएको, निक्षेप फिर्ता नदिएको, व्याज बढी लिएको यस्तै यस्तै गुनासो लिएर सदस्यहरु पुग्छन् भने संचालकहरु कार्यक्षेत्र थप्ने, सेवाकेन्द्र खोल्ने, कार्यक्षेत्र परिवर्तन गर्ने विनियम संसोधन गर्ने काम लिएर पुग्छन् ।

सहकारी ऐन २०४८ ले नेपालमा सहकारी गरिव, किसान, भूमिहिन, सुकुम्बासी, मजदुर, कालिगढलगायतका पिछडिएका वर्गले अपनाउने पद्धतीका रुपमा परिकल्पना हो । सोही अनुसार नीति नियम बने, सरकारले सहकारीलाई सोही अनुसारको व्यवहार गर्दै आयो । तर यो २० वर्षको अवधिमा नेपालको सहकारी आन्दोलन ऐनले परिकल्पना गरेभन्दा ठिक विपरित भएको छ ।विडम्बना अझै सहकारी जसको लागि आवश्यक छ उसको पहुँचमा पुग्न सकेको छैन । हिजोका साहुँ महाँजनहरुको रुप फेरिएरको आज सहकारी भएका छन् । हिजो साहुँ महाजन गरिवलाई नक्कली तमसुक बनाएर घर न घाटको बनाउँथे । आज तिनै साहुरुपी सहकारीका संचालक सर्वसाधारणलाई अनेक प्रलोभन देखाएर पैसा उठाउँछन् अनि फरार हुन्छन् । चर्को व्याजमा ऋण लगानी गरेर घरखेत कब्जा गरेको आधुनिक रुप पत्रपत्रिकामा दिनहुँ देखिने लिलामीका सुचनामै देख्न सकिन्छ ।

अब गम्भिर प्रश्न के यस्तै हो हामीले परिकल्पना गरेको नेपालको सहकारी ? २७ हजार सहकारी पुगे, २ खर्व बचत जम्मा भएको छ भनेर गर्व गर्न मिल्छ र ? प्रश्न गम्भिर छ, दिनदिनै सहकारीबाट ठगिएका सर्वसाधारणको सख्या बढ्दैछ । सरकारी रिपोर्टहरुमा सहकारीमा स्रोत नखुलेको निक्षेप थुप्रिएको, जथाभावी असुरक्षित रुपमा लगानी भइरहेको सार्वजनिक भइरहेको छ । संक्रमणकालिन राजनीतिक अवस्थाले राज्य कमजोर भएका बेला खराव तत्वले फाइदा उठाउन खोज्नु स्वभाविक हो । यसबाट सहकारी क्षेत्र अछुतो रहने त कुरै भएन । सहकारी ऐन, नियम पुरानो भएको, कारोबार वृद्धीसँगै अनुगमन गर्ने विभागको क्षमता नबढेको कुरा सहि हो । तर, कमजोर ऐन नियमको फाइदा उठाउदै गलत काम गरेको टुलुटुलु राज्यका निकायले हेरेर बस्न मिल्दैन ।

यो सबैले स्विकारेकै विषय हो सहकारीमा विकृती आउछ भन्ने थाहा भएर पनि आफ्नो स्वार्थमा सहकारी विभागका नेतृत्वकर्ता लागे । जथाभावी संस्था दर्ता र अनुमति दिने काम भयो । सहकारी प्रवद्र्धन र सहयोगका नाममा विभाग र डिभिजन कार्यालयका कर्मचारी नै गलत बाटो देखाएका हुन् । हिजो सरकारी निकायले अपनाएको गलत बाटोको परिणाम आज सर्वसाधारणले भोगिरहनु परेको छ ।अझै सहकारी कार्यालयको काममा उल्लेख्य सुधार देखिएको छैन । अनुगमन र कारवाही देखावटी मात्र छ । रजिष्टारज्यू विभाग गतिविधि आम सर्वसाधारणले हेरेर बसेका छन् । यो समयमा सहकारीबाट पिडितलाई न्याय दिने र सहकारी बाटोलाई सही बाटोतर्फ डोर्याउने हो वा पुरानै तरिकाले ‘जे आउछ मजाले पचाउछ’ भन्दै आफ्नो दुनो मात्र सोझ्याउने ? सबै सहकारी उस्तै छैनन्, गलत काम गर्नेलाई दण्डित र सहि काम गर्नेलाई प्रोत्साहन गर्न जरुरी छ । यसैबाट इतिहासले मूल्याकंन गर्नेछर्छ रजिष्टार हिरो कि जिरो !!!

बर्तमान सहकारी मासिकबाट

अभिलेख

लोकप्रिय