२२ मंसिर २०८०, शुक्रबार

यस्तो हुनुपर्छ अबको कास्कून !

३ चैत्र २०७२, बुधबार
यस्तो हुनुपर्छ अबको कास्कून !

1        More members, more service


– शम्भु प्रसाद घिमिरे

बचत तथा ऋण सहकारी संघ काठमाण्डौले धेरै उतार चढाव, आरोह र अवरोह पार गर्दै आएको छ । आज भन्दा लगभग २० वर्ष अगाडि एउटा बचत तथा ऋण सहकारी संघ थियो । त्यो कारणवस चल्न सकेन र वन्द पनि भयो । तत्पश्चात हामीहरु मिलेर फेरी नयां संघ बनाउन प्रयत्न ग¥यौ । दर्ता निकाय, विभाग आदिमा धायौ तर पनि दर्ता गर्न सकिएन र केही अन्य साथीहरु मिलेर संघ दर्ता गरे । त्यो संघ पनि धेरे लामो अवधि टिक्न सकेन र पुनः वन्द भयो । पुनः वन्द भएको जानकारी पाएपछि हामीले दर्ता गर्न फेरी प्रयत्न ग¥यौ । तर दर्ता हुन सकेन किनभने तुरुन्त नै नेपाल राष्ट्र बैंकबाट सीमित बैकिंगको लाइसेन्स प्राप्त ८–९ वटा सहकारी संस्थाहरु मिलेर काठमाण्डौ वचत तथा ऋण सहकारी संघ फेरी दर्ता गर्नु भएछ दर्ता भएको जानकारी प्राप्त भएपछि हामीलाई आवद्ध गराउनु प¥यो भन्दा यो त सीमित वैंकिंगको लागि हो भने पछि फेरी हामी दर्ता गरिदिन अनुरोध गर्र्दै सम्बन्धित कार्यालयमा पुग्यौ तर दर्ता गर्न नमिल्ने जानकारी आयो र फेरि सिमित बैंकिंगका साथीहरुलाई हामीले धेरै चोटी अनुरोध गरेपछि केही संस्थाहरुले प्रवेश पाउने बातावरण बन्यो र विनियम संसोधन गरी काठमाण्डौका सवै वचत तथा ऋण सहकारी संस्थाहरु आवद्द हुन सक्ने वातावरण तयार भयो ।

म आजभन्दा ३३ महिना अगाडि संघको अध्यक्षमा निर्विरोध निर्वाचित भए“ र म सहित ९ जनाको संचालक समिति र ३ जनाको लेखा समिति पनि निर्वाचन मार्फत गठन भयो । हामी निर्वाचित हुने समयसम्म संघमा १३७ वटा सहकारी संस्थाहरु आवद्द भएका थिए । यही विचमा हामीले यस संघको नामाकरण कास्कून भनेर ग¥यौं । र, हाल कास्कूनमा ५०४ संस्थाहरु आवद्द भई सेवा लिइ रहेका छन् । संघले विगतमा झेलेका आरोह र अवरोह हेर्दा अब त्यो अवस्था व्यहोर्नु पर्नेछैन । अव कास्कून राम्रोसंग चल्न सक्ने अवस्थामा पुगेको छ र यसलाई सवै सदस्य संस्थाहरुको पहुंच र सबैलाई सेवा दिने खालको संस्थाको रुपमा विकसित गर्नुपर्ने अवस्थामा पुगेको छ । समग्रमा भन्दा हिजो चल्न सक्छ कि सक्दैन, फेरी पनि वन्द हुने होकी भन्ने अवस्थाबाट माथि उठेर कास्कून स्थापित भएको छ । यसले एउटा व्राण्ड क्रियट गरेको छ । अव यस्को संस्थागत विकास हुदै जानु पर्दछ ।

मेरो कार्यकालमा संघले एक फड्को मारेको छ जस्तो मलाई लाग्दछ । संघको कार्यालय थिएन । कुनै संस्थाको कार्यालयलाई संघको सम्पर्क अफिस बनाएर काम चलाउने गरिएको थियो । तुरुन्तै हामीले कार्यालय स्थापना ग¥यौ । एकजना कर्मचारीको व्यवस्था गरेर सेवा दिन थाल्यौ । त्यही विचमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफस्कूनसंग सहकार्य गरी कार्यालयलाई व्यवस्थित वनायौ । रणनीतिक योजना तर्जूमा गोष्ठी सम्पन्न गरी ३ वर्षे कार्य योजना अगाडि बढाइयो । अन्तरलगानी कार्यक्रममा नेफस्कूनसंग साझेदारी ग¥यौ । नेफस्कूनको चावहिल सेवा केन्द्रलाई स्थापित गरायौ । विभिन्न किसिमका तालिम कार्यक्रमहरु संचालन गरियो । सदस्य संख्या विस्तार भई ५०४ पु¥याइयो । लगभग ५ लाखको व्यवसायिक कारोबार गरी रहेको सघले करिव २० करोडको कारोवार गर्न सफल भयो । अन्तरलगानी कार्यक्रमलाई व्यापकता प्रदान गरियो । कास्कूनको चावहिल र कलंकीमा गरी २ वटा कार्यालय (सदस्य सेवा केन्द्र) खुले । अहिले कास्कूनले ७ जना कर्मचारीबाट सेवा दिई रहेको छ । सदस्य संस्थाहरुलाई आवश्यक पल्र्स, व्यवस्थापन लगायतका तालिमहरु उपलव्ध गराईयो । नेफस्कून र डिभिजन सहकारी कार्यालयसंग मिलेर तालिम कार्यक्रम चलायौ । संचालक समिति तथा लेखा समितिका विभिन्न पदाधिकारी तथा सदस्यहरु एवं कर्मचारीहरुको विकासकालागि विभिन्न गोष्ठी तालिम र शिक्षा कार्यक्रममा सहभागिता जनाउने मौका पनि प्राप्त भयो । संस्थाहरुलाई आवश्यक स्टेशनरी सामाग्री नेफ्स्कूनको सहकार्यमा सदस्य संस्थाहरुलाई उपलव्ध गराउन थालियो । सरकारसंग गर्नुपर्ने लविङ आदि कार्यहरु, सहकारी ऐन संसोधन सम्बन्धी कार्यमा धारणा राख्ने कार्य, विभिन्न संघ संस्था र निकायमा प्रतिनिधित्व गर्ने आदि कार्य पनि गरिदै रहिएको छ ।

यही विचमा भुकम्पको जोखीम सवै नेपालीले सहनु प¥यो । सहकारी क्षेत्र पनि यसबाट अछुत रहन सकेन । धेरै सहकारी संस्थाहरु र यसका सदस्यहरुले ठूलै जनधनको क्षति व्योहोर्नु प¥यो । संघको चावहिल स्थित कार्यालय पनि पूर्ण क्षति भई स्थानान्तरण गर्नुपर्ने अवस्था आई प¥यो । हामीले कार्यालय सा¥यौ पनि । त्यसका वावजुद पनि संघले आफ्नो कार्यक्रम अगाडि बढाउदै लग्यो र सविंधान घोषणा संगै शुरु भएको नाकावन्दीले कारोबारमा ठूलै असर पा¥यो । बचत तथा ऋण कारोबार जुन रुपले हुनुपथ्र्यौ त्यो हुन सकेन । यद्यपि हाम्रो कार्य योजना अनुरुपको सदस्य संख्या र अन्तरलगानी कार्यक्रम अगाडि बढाउन सकियो जस्तो मलाई लाग्दछ ।

मैले आगामी दिनमा देख्न चाहेको कास्कून (नारा र कार्यक्रमहरु) :

  1. More affiliation more hands
  2. More volunterism m ore contribution
  3. Less expenses more profit
  4. Unification and sustainable development

हाल नेपालमा करिव ३३ हजार ५ सय सहकारी संस्थाहरु संचालित छन् । जसमध्ये बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या (करिव १३ हजार) उल्लेख्य नै छ । त्यसमा पनि बहुउद्देश्यीय सहकारी संस्था, कृषि, दुग्ध र उपभोक्ता सहकारी संस्थाले संचालन गरेको बचत तथा ऋण कारोबार पनि उल्लेख्य नै छ । त्यसमा पनि काठमाण्डौ जिल्लामा त सहकारी संस्थाहरुको उपस्थिति चर्चा योग्य नै छ । त्यसमा पनि बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या अलि वढि नै छ । सहकारी संस्थाहरु सामुदायीक या सदस्य केन्द्रित हुनु पर्दछ भन्ने मान्यता छ र त्यसको विपरित यी मध्ये पनि केहीलाई छोड्ने हो भने सबै सस्थाहरु सदस्य केन्द्रीत वा समुदाय केन्द्रित छैनन् । त्यसो हुदा व्यक्तिगत चरित्र अनुसार सहकारी संस्थाहरु चलाउने परिपाटीको विकास भएको छ । संस्थागत निर्णय कम छ । ऋण लगानी तथा असुलीमा समस्या छ । सहकारीका सिद्धान्त र व्यवहारभन्दा अर्कै ढंगबाट संचालन गर्ने पद्धतिको विकास भएको छ । यो दुखःदायी कुरा पनि हो । अभियानमा आवद्ध हुने र त्यसको सेवा लिन तर्फ चासो कम छ । नीति नियममा बाधिन कम चाहने खालको मनस्थिति पाइएको छ । सेवा प्रधानभन्दा पनि नाफा प्रधान ठानिएको छ । सिक्ने र सिकाउने, पढ्ने र पढाउने, (शिक्षण, प्रशिक्षण, तालिम आदि) मा चासो कम छ । प्रबिधिको ज्ञान दिन जरुरी छ त्यो आत्मसाथ कमैले मात्र गर्ने गरेको पाएको छु ।

कास्कूनले पनि समय समयमा आफ्ना सदस्य संस्था, (व्यवस्थापक, संचालक सदस्य आदि) संग छलफल चलाउने गरेको छ । तालिम कार्यक्रमहरुमा आएका र साधारण सभाहरुमा भेटघाट भएका बखत सचेत गराउने कार्य आदि गर्ने गरेको छ । सहकारीको करका विषय आवश्यक छलफल गर्ने गरिएको छ । सहकारीका विभिन्न माथिल्लो निकाय र नियमनकारी निकायसंग गर्नुपर्ने समन्वयमा आवश्यक सेवा पु¥याइरहेको छ । संस्थाहरुलाई आवश्यक नीति, निर्माणमा सहयोग, सरकारसंग गर्नुपर्ने लविंग तथा एडभोकेसी आदि गरिरहेको छ । सदस्य संस्थाहरुलाई नेपालस्तरीय मापदण्ड प्रोवेशन कार्यक्रम र अन्तर्राष्ट्रिय मापदण्ड एक्सेस ब्राण्डमा सहभागिता हुनकोलागि उत्प्रेरणा आदि कार्यमा सघाई रहेको छ ।

वित्तीय क्षेत्रमा सहकारीको योगदान झण्डै २१ प्रतिशत पुगेको अनुमान छ भने मुलुकको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान क्रमशः बृद्धि हुँदै गएको छ । वि.स. २०७२ साल असारसम्म नेपाल राज्यभर संचालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको शेयर पुजी रु. ६३ अर्ब पुगेको छ भने बचत निक्षेप रु. २०२ अर्ब र लगानी रु. १८८ अर्ब पुगेको छ । आ.ब. २०७१÷७२ को अन्त्यसम्म यस क्षेत्रले ५७,८५४ विभिन्न तहको जनशक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने काम गरेकोछ भने अप्रत्यक्ष रुपमा विभिन्न पेशा, उद्योग, व्यापार, सेवा र व्यवसाय मार्फत लाखौं व्यक्तिहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारीमा समेत पहुँच विस्तार गर्ने काम गरेकोछ । विशेष गरी सामाजिक र सांस्कृतिक क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने काम सहकारी क्षेत्रले गर्दै आएको छ ।

काठमाण्डौको मात्रै बचत तथा ऋण सहकारी संस्थाहरुको कुरा गर्ने हो भने पनि बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या करिव ३००० छ । सो मा आवद्द संचालक महिला ८,५४२ पुरुष, १३,७७७ गरी जम्मा २२,३१९ रहेका छन् । सदस्य संख्या महिला १,०८,९१७ पुरुष १,४५,९६८ गरी जम्मा २,५४,८८५ रहेका छन् । आवद्ध कर्मचारी संख्या ११,९२५ रहेको छ । जसमा महिलाको संख्या ५,९७८, र पुरुषको संख्या ५,९४७ छ ।

सबै आवद्ध सदस्यहरुको शेयर रकम झण्डै १ अर्ब रहेको छ भने कूल निक्षेप ५० अर्ब जति रहेको र त्यतिको नै अनुपातमा ऋण लगानीको रकम रहेको छ । काठमाण्डौका सवै बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यलाई ऋण लगानी कार्य गरिरहेका छन् । यसका अलावा स्वास्थ्य, शिक्षा, पर्यटन, घरजग्गा क्षेत्र तथा साना व्यवसायी कर्जा आदिमा लगानी गरिरहेका छन् । काठमाण्डौमा बढिरहेको शहरी गरिबीलाई कम गर्न बिना धितोको कर्जाले (सदस्य जमानी) आदिले केही राहत दिएको छ जस्तो मलाई लागेको छ । स्वआर्जन गर्ने कार्यमा र रोजगारी बृद्धिगरी गरीवी न्यूनिकरणमा सहकारीको योगदान अमूल्य रहेको छ जस्तो मलाई लाग्दछ ।

आगामी दिनमा पनि यस कास्कूनको सदस्यतालाई विस्तार गरी सबै बचत तथा ऋण सहकारीको पहुंच भएको संघको रुपमा विकसित गरिनेछ । काठमाण्डौका १० वटा क्षेत्रहरुमा सदस्य सेवा केन्द्र स्थापना गरिनेछ । विभिन्न अन्तराष्ट्रिय संघ संस्था संग आवद्धता गराई शिक्षण तथा प्रशिक्षण कार्यमा सहयोग जुटाइनेछ । नेफ्स्कूनको सहकार्यमा संस्था मर्जर कार्यलाई अगाडि बढाइनेछ । युनिफिकेशन अभियानलाई मूर्तरुप दिन क्रियाशिल रहिनेछ । संस्थागत विकासकोलागि कास्कूनको आफ्नै घरजग्गा जोड्ने कार्यलाई अगाडि बढाइनेछ । अन्तरलगानी कार्यक्रमलाई व्यापक र सदस्यको पहुंच अनुरुपको गरिनेछ । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाई अगाडि बढ्ने लक्ष्य लिइएको छ ।

अन्तमा, कास्कूनको दीर्घकालीन विकासका लागि सम्बन्धित सबैबाट सहयोग मिल्ने छ भन्ने विश्वास लिएको छु । सुख, शान्ति र समृद्धिको कामना गर्दछु । जय सहकारी ।

अभिलेख

लोकप्रिय