म अध्यक्षबाटपछि हड्नु भनेको आम सहकारीकर्मीको अपमान गर्नु होः उप्रेती

सहकारी बैंकको अध्यक्ष पदको लागि कसरी योग्य हुनुहुन्छ ?
म सहकारी महासंघमा पनि २ कार्यकाल बसेर काम गरे । जिल्ला सहकारी संघ, काठमाडौंको पनि दुई पटक अध्यक्ष भएँ । दुई कार्यकालभन्दा पनि कुनै पनि निकायमा बस्नु हुन्न भन्ने मान्यता मेरो रहेको छ । सञ्चालक कार्यकारी बस्न नपाउने गरी ऐन आएको र कार्यान्वय गरेको हुँ । म सँग दुई वटा मात्र विकल्प थिए । एउटा अध्यक्ष हुने । र, अर्को बाहिर बसेर सहयोग गर्ने । मुलकभरका आम सहकारीकर्मीको माग अध्यक्ष बन्नु पर्छ भन्ने भयो । बैंकलाई अघि बढाउन केबी उप्रेतीकै आवश्यक छ भन्ने माग भयो । सबै क्षेत्रबाट अध्यक्ष बन्नको लागि प्रेसर भयो र मैले बाध्य भएर उम्मेदवारी घोषणा गरेको हुँ ।
सहकारी बैंक र सहकारी अभियानका लागि अध्यक्षको उम्मेदवार भएको हुँ । १५ वर्षदेखि यही बैंकमै छु । अभियानलाई नै आवश्यकता परेको हुँदा मैले उम्मेदवारी दिन लागेको हुँ । आम सञ्चालकको चाहना पनि मै बन्नु पर्छ भन्ने हो । सहकारीकर्मीको चाहनालाई मैले आत्मसाथ गर्नै पर्छ । त्यही भएर घोषणा गरेर अघि बढेको हुँ ।
सर्वसम्मत नेतृत्व चयनको सम्भावना छ ?
अहिले नै भन्न सक्ने अवस्था छैन । सबै साथीहरु २१ गते आउनु हुन्छ । जो कोही सदस्यले पनि उम्मेदवारी दिन पाउनु हुन्छ । हामी छलफल र पहलमै छौं । म अहिले चुनावमा गएको छैन । सबै निकायमा सर्वसम्मत नै भएको छु । अहिले नै भन्न सकिने अवस्था छैन ।
चुनाव जित्ने आधारहरु के–के हुन् ?
म त चुनाव कै लागि तयार गरिरहेको छु । आम सहकारीकर्मीहरुको साथ र सहयोग मै उम्मेदवारी घोषणा गरेको हुँ । म भन्दा आम सहकारीकर्मी नै लागिरहनु भएको छ । विवाद रहित ढंगले लागि रहनु भएको छ । सहकारी अभियानको लागि नै उम्मेदवारी हो । साझा ढंगले अघि बढ्नुपर्छ भन्ने मान्यता मेरो रहेको छ ।
भावी योजना के छ ?
सदस्यता विस्तार पहिलो प्राथमिकता हुनेछ । चार वर्ष भित्र २० हजार सदस्य बनाउने छौं । सदस्य सहकारीको समस्या के–के हुन् । ती समस्याको पहिचान गरी समाधान गर्ने छौं । वित्तीय, प्रविधि, शिप, तालिम, स्रोत साधन, सचेतना लगायतका काम हामी गर्ने छौं । अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने काम गर्ने छौं । निक्षेप बढाउने योजना बनाउने छौं । अहिले भएको कारोबारभन्दा दुई गुणा बढाउने छौं । नयाँ नयाँ प्रविधिमा हामी लाग्ने छौं ।
केबी उप्रेतीलाई नै किन भोट हाल्ने ?
दुई कार्यकालभन्दा बढी एउटै संस्थामा बस्न उपयुक्त छैन । दुई दुई वटा संस्थामा बस्नु पनि हुन्न । बैंकमा कुनै पनि खालको समस्या आउन दिनु पनि हुन्न । केबी उप्रेतीले नेतृत्व गरेको संस्थामा कुनै पनि समस्या आउन दिदैन । जस्तो जुकै चुनौतीलाई पनि डटेर लड्न सक्ने क्षमता म संग छ ।
सहमतीमै जाने अवस्था आएको खण्डमा तपाईं पछि हड्नु हुन्छ ?
त्यो त सम्भावना नै छैन । मेरो नेतृत्वमा सहमती हुन्छ भने ठीक छ यदी हुन सकेन भने चुनाव नै लड्ने हो । आम सहकारीकर्मीको माग अनुसार नै घोषणा गरेको हो । उनीहरु प्रति अन्याय हुन्छ । त्यसैले पछि हड्ने सम्भावना हुँदैन ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार