
इलाम : नारी विकास बहुद्देश्यीय सहकारी संस्थाले स्थापना भएको २२ वर्षमा दुई करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको छ । संस्थाको शनिबार सम्पन्न बाइसौँ साधारणसभामा संस्थाकी अध्यक्ष मन न्यौपानेले संस्थामा आबद्ध एक हजार ४६ जना महिला सदस्यबाट दुई करोड १३ लाख एक हजार आठ सय ८२ रूपैयाँ सम्पत्ति आर्जन गरेको प्रतिवेदन पेस गरीन ।
वि.सं. २०४८ मा नारी विकास संघको पहलमा २५ जना सेयर सदस्यबाट २५ रूपैयाँले सुरु गरिएको संस्थाको पुँजी दुई दशकपछि यति धेरैले वृद्धि भएको हो । पाँच हजारदेखि तीन लाख रूपैयाँसम्म सामूहिक धितोको आधारमा संस्थामा आबद्ध सदस्यलाई ऋण लगानी गर्दै आएको छ । साधारण सदस्य दुई २४, लघुवित्त सदस्य छ सय २३ र दैनिक बचत सदस्य एक सय ९९ जना सदस्यमार्फत संस्थाले व्यावसायिक कृषिमा एक करोड ८७ लाख ३३ हजार पाँच ७४ रूपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले छ जनालाई एक हजार पाँच सय का दरले राहत रकम, नौ जनालाई एक हजारका दरले सुत्केरी पोषण खर्च प्रदान गरेको छ । २०६९ सालको प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये दुई जनालाई पुरस्कृतसमेत गरेको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार