भट्टेडाँडामा रहेको द्वारिकाज होटलमा राष्ट्राध्यक्ष/ सरकार प्रमुख रिट्रिटमा

काठमाडौं । सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷ सरकार प्रमुख रिट्रिटका लागि आज बिहान पर्यटकीय नगर काभ्रेको धुलिखेल प्रस्थान गरेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटलमा विशिष्ट पाहुनाहरू रिट्रिटमा सहभागी हुनेछन् । रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आकर्षणका रूपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।
रिट्रिटका समयमा सहभागी राष्ट्र÷सरकार प्रमुखबीच खुलेर एकआपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ ।
शिखर सम्मेलनको दोस्रो दिन आयोजक राष्ट्र नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको विश्रामको व्यवस्था मिलाएको हो ।
तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ । अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषतः पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार