
काठमाडौं । आकर्षक ब्याज दिने भनेर होर्डिङ बोर्डमा प्रचार गर्ने सहकारी संस्थाहरुलाई कडा निगरानीमा राख्न सुरु गरेको छ । धेरै ब्याज दिने लोभ देखाएर सर्वसाधारण ठग्न थालेको गुनासो बढे पछि त्यसलाई नियन्त्रण गर्न सुरु गरेको डिभिजन सहकारी कार्यलय काठमाडौले जनाएको छ ।
सहकारीलाई ब्याजको प्रचार गर्न बन्देज छ, डिभिजन सहकारी कार्यलय काठमाडौका बरिष्ठ सहकारी अधिकृत बलराम निरौलाले भन्नुभयो–तर पनि होडिङ बोर्ड राखेर प्रचार गर्ने गरेको पाइएको छ । अहिले कार्यलयले कर्मचारी नै खटाएर त्यसको अनुगमन गरेको उहाँले जानकारी दिनुभयो । केही सहकारीले ठूला ठूला बोर्ड राखेर ब्याजको प्रचार गरिएको तथ्य समेत फेला परेको बरिष्ठ अधिकृत निरौलाले बताउनुभयो ।
सहकारीले गैह्र सदस्य कारोबार बढाउन होडिङ बोर्डलाई प्रयोग गर्न थालेको नियामक निकायको भनाई छ । यती ब्याज दिने भन्ने प्रचार गर्न सहकारीलाई आवश्यक छैन, बरिष्ठ सहकारी अधिकृत निरौला भन्नुहुन्छ – सदस्य भित्र नै कारोबार बढी हुने हुदाँ प्रचार गर्नु ठगी नै हो । अहिले कान्तिपुर सहकारी संस्था र गुड फर पेमेन्ट काण्डमा फसेको नेपाल सहकारी वित्तिय संस्थाले बोर्ड राखेर प्रचार गर्दै आएको भेटिएको डिभिजन सहकारी कार्यलय काठमाडौले जनाएको छ ।
कान्तिपुरले काठमाडौ मलमा र नेपाल वित्तियले आफुने भवनमा बोर्ड राखेर ब्याजदरको प्रचार गरेको भेटिएको छ । ती संस्थालाई तत्काल बोर्ड हटाउन पत्रचार गरेको बरिष्ठ सहकारी अधिकृत निरौलाले जानकारी दिनुभयो । दुबै संस्थाले अहिले कुनै प्रतिकृया दिएका छैनन, निरौलाले भन्नुभयो – समय सिमा भित्र नहटाए कारबाही गछौ । अनुगमनमा खटिएका कर्मचारीहरुलाई बोर्ड राखेको नराखेको बिषयमा अध्ययन गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार