१ असार २०७८, मंगलवार

प्रीय कुवा बाट एक ग्रागी पानी भरी राख है

२७ मंसिर २०७०, बिहीबार
प्रीय कुवा बाट एक ग्रागी पानी भरी राख है

खिला दाहाल
प्रिय मेरो त के कुरा खै ! तिमी त सन्चै हौली । हुन त मेरो खबर ठिक नहुँदा तिम्रो पनि कसरी ठिक हुँदो हो र । बाल बच्चा ले नि मलाई त भूलिसके होलान् हाम्रो बाउ खै भन्दा हुन् । यसो भन्दा तिम्रो मन चसक्क गर्दो हो, ओठे जवाफ नहुँदा, कसलाई देखाइ दिने बाबु भनेर भन्ने हुँदो हो ।
अग्नीको सात फेरा लगाएर जुनी जुनी सँगै मर्ने र बाच्ने कसम खाएर भिœयाएको त्यो दिन, त्यसपछि सपना बुनीएका पल पल अनी सुखद अनुभुति आभाष गराउने बारम्बार कर्वट फेरिएका रातहरु कति सुखद थिए हगी । दुःख र पिडा भुलाउने ती पलहरु आज प्रश्न बनेर उभिइ दिँदा । अनि त्यही प्रश्नको उत्तर तिम्रो सामु नहुँदा मन तिम्रो कति रुँदो होे प्रिय ।
मखमली र सयपत्रीले करेसावारी ढपक्कै ढाकेको हुँदो हो । विदेसीएका आफन्तहरु, विहान चारो खोज्न हिँडेका चराहरु चारो बोकेर गुँडमा फर्केझैं दशैंको रौनक लिएर फर्केको देख्दा उनीरु माथी मलाई खोज्दी हौली नी प्रिय । रातो माटो र कमेरोले गाउँ भरिका घर रङ्गिदा, साथी भाइहरुले मेरो हालखवर तिमि सँग सोध्दा होलान नी प्रिय ।
सात समुद्र पारी बाट सबै घर फर्कि सके मेरो मान्छे ख ? मनमनै प्रश्न गरेर पाजी, निष्ठुरी,वैगुनी, धोके बाज अनी स्वार्थीको संज्ञा दिउ झै लाग्दो होला हगी । उकालीमा पाइला सारेका हरुलाई टाढैबाट नियाल्दै बाल बच्चा काखी च्यापी कतिदिन त्यसै फर्किनु को पिडा मलाई थाहा नभए पनि, तिम्रो धैर्यताको कदर मैले विर्सिन्न प्रिय । पिँढिमा बसेर दोबाटोमा ओहोर दोहोर गर्नेहरुलाई छोराको सन्चो विसन्चो सोध्ने बाबु आमाको पनि अव त धैर्यता टुटी सक्यो होला । अनी मखमली फूल फूलाएर मालाको लम्बाइ नापीरहने बहिनी सयपत्री र मखमलीसँग बोलचाल कट्टी गर्न थालिसकि होला ।
बाल बच्चाको खैत बा भन्ने बालहट को जवाफ तिमिसँग नहुँदा बाहाना ढुड्नु पर्छ होला नी प्रिय । हुन त तिमि खुल्ला आकास मुनि छौ, म त सहरको कालकोठरीमा । हामीले बुनेका व्यक्ति, सामाज अनि राष्ट्रकै मुहार फेर्ने, समूह अनी समाजकोे हित गर्ने, बेरोजगारलाई रोजगार बनाउने, आफ्नै माटोमा पौरख गर्न सिकाउने र आत्मनिर्भर बनाउने, आर्थिक सामाजिक र सांस्कृति विकासको सम्बाहक सहकारी पद्धतिको सपना पुरा हुननदिन प्रिय धेरै जालसाझी भइरहेका छन् । गिद्धेनजरहरु लगाइएका छन्, म त्यसैको लडाइ लडिरहेछु । घाँटी निचोरेर लडु खा भनि अपाङ्ग वनाउन खोजिदैछ, म सबलाङ्ग हुने प्रयास गर्दै छु । प्रिय त्यही सहकारी पद्धति सिकेर विदेशी मूलुकले आर्थिक फड्को मारी सके हामी चाँही भाषणमा मात्र अल्झिएका छौ । त्यही पद्धति अपनाएर, त्यही सिद्धान्त मूल्य मान्यता पालन गरेको विश्वले हाइड्रोपावर र हवाइजहाज उढाइसके । हामीलाइ कालीगढ र मजदुरलाई हो सहकारी भनेर माथी उठ्न हुन्न भन्ने सिकाइ रहेछन् । रोजगारी बढाउने भनेर रोजगारका लागि विदेश पठाइरहेछन् ।
सिद्धान्त एकातीर कुम्लो बोकी अर्को तिर गरिरहेछन् प्रिय । म कसरी सहरको सिद्धान्त बोकेर गाउँ फर्कन सक्छु तिमि नै भन त । यहाँ पैशामा विक्ने सिद्धान्त लिएर म गाउँ फर्कन सक्छुत म प्रिय । सहरमा सहकारीलाई पैशाको किनवेच गर्ने माध्यम वनायका रहेछन । राजनीतिले खनेको बाटोमा म मेरो समूहको सिद्धान्तलाई डोर्याएर गाउ ल्याउन सक्छु त । म त ती तल्लाघरे काँइला काकाले गरेजस्तै कृषि उत्पादन, माछापालन, पशुपालन गर्ने, स्वरोजगारको निर्माण गर्ने आत्म निर्भर बनाउने सिद्धान्तको खोजीमा आएको हो नी हैन त प्रिय । समूहको हितमा बचत गर्ने र समुहमै लगानी गर्ने त्यो मूल्य मान्यताको प्यासी रहेछ सहर प्रिय ।
यहाँ सहकारी गन्हाएको रहेछ । यो पवित्र पद्धति, विसंगतीले भरिएको रहेछ । यो सहरको सहकारी सुद्धीकरण असम्भव देखँे प्रिय । म फर्कन्छु प्रिय आफ्नै गाउँ । सहकारी पद्धतिलाई शुद्ध मान्यतामा हुर्काउन मेरा सन्तती हरुलाई पढाउन र सिकाउन म आउछु प्रिय । तर म पनि त्या सहरको सहरमा सहकारी सन्चालन तरीकाको गन्धले विटुलो भएको छु, तिमिसामु आउँदा म गन्हाउन सक्छु, त्यसैले तल कुवाबाट एक गाग्री पानी लेउ है प्रिय । मैले नुहाएर शुद्ध हुनु छ ।

अभिलेख

लोकप्रिय