प्रथम राष्ट्रिय सहकारी महासम्मेलनमा सहभागी हुने बारे जरूरी सूचना

नेपालको सहकारी इतिहासमा पहिलो पटक नेपाल सरकार, सहकारी तथा गरीवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी विकास वोर्ड र सहकारी विभागको संयुक्त आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष “डोम पाउलिन ग्रिन” लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरकारी तथा सहकारीस“ग सम्बद्ध निकायका ७ सय ५० भन्दा वढि प्रतिनिधिहरूको सहभागितामा काठमाडौंमा मिति २०७० चैत्र ११, १२ र १३ गते “प्रथम राष्ट्रिय सहकारी महासम्मेलन” सम्पन्न हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउ“दै सो सम्मेलनमा भाग लिन नाम दर्ता नगराएका उपत्यका वाहीरका सहकारी संघ÷संस्थाहरुका लागि २०७० फागुन २७ गते सम्मका लागि समयावधि थप गरिएकोले उत्त, समयावधि भित्र आ आफ्ना प्रतिनिधिहरुको नाम दर्ता गर्नु गराउनु भै सिट सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछौं ।
साथै, चैत्र ११ गते शहरका विभिन्न भागवाट निस्केको वृहत र्याली दिउसो १ वजे दशरथ रंगशालामा गई सभामा परिणत भई प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको विधिवत समुद्घाटन गर्ने समेत कार्यक्रम तय गरिएकोले विशेषत काठमाडौं, ललितपुर, भक्तपुर, धादि∙, नुवाकोट र काभ्रे जिल्लाका सम्पूर्ण सहकारी संघ÷संस्थाहरू तथा सहकारीकर्मीहरूलाई आ—आफ्ना पहिचान झल्काउने वाजा गाजा,भेष भुषा झल्काउने झा“की सहित सक्रिय सहभागिताका लागि समेत हार्दिक अनुरोध गर्दछौ ।
महासम्मेलन सम्वन्धी विस्तृत जानकारी र रजिष्ट्रेशन फारमका सम्बन्धमा महासम्मेलनको वेववसाईट www.ncfnepal.com.np/nepalcoopcongress मा हेर्नु हुन वा महासम्मेलनको सचिवालय राष्ट्रिय सहकारी संघ लि. नेपालमा सम्पर्क गर्न हुन अनुरोध छ ।
प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको सचिवालय
राष्ट्रिय सहकारी संघ लि. नेपाल
विजुलीबजार, काठमाडौं
फोन नं.ः ०१–४७८१५१०, ४७८१६९७
फ्याक्सः ०१–४७८१३२६
इमेलः ncfnepal@wlink.com.np
वेवसाईटः www.ncfnepal.com.np/nepalcoopcongress
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार