१२ फाल्गुन २०७६, सोमबार

पोखरा रोयलको सेवाकेन्द्र मोहरियामा, सदस्य खुशी !

६ माघ २०७६, सोमबार

पोखरा, ६ माघ ।

पोखरा रोयल सहकारी संस्था र शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण भई बनेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मोहरियामा रहेको सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले एक कार्यक्रमका बिच उक्त सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष तिवारीले पोखरा रोयल साकोस गण्डकी क्षेत्र कै उत्कृष्ट संस्था भएको बताए । संस्थाले गरेको गतिविधिबाट देशभरका सहकारीले हेर्ने गरेको बताए । तिवारीले पोखरा रोयलले गरेको गतिविधि अन्य संस्थाले पनि सिको गरेको बताए ।

संस्थाका सदस्यहरुलाई नेपाल अर्वुदरोग निवारण संस्था कास्कीको प्राबिधिक सहयोगमा क्यान्सर रोग निवारण सम्वन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो । बिशेष गरी स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्वन्धि जानकारी नेपाल अर्वुदरोग निवारण संस्था कास्कीका महासचिव नारायण पराजुलीले सहजिकरण गरेका थिए ।

१८ वर्ष अगाडी २०५९ साल जेठ ८ गते २८ जना शेयर सदस्य र ७ लाख पूँजी बाट आफ्नो सेवा प्रारम्भ गरेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हालसम्म आईपुग्दा ७२०० शेयर सदस्य, २१ करोड शेयर पूँजी, १० करोड संस्थागत पुँजि, १ अरव २५ करोड निक्षेप संकलन, १ अरव ५० करोड ऋण लगानी र १ अरव ७६ करोडको कुल वासलात पुगेको छ ।

हाल संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरा र सेवाकेन्द्र दुलेगौडा तनहुँ, भण्डारढिक कास्की, मोहरिया कास्की गरेर ४ वटा कार्यालयबाट २४ सै घन्टा एटिएम मार्फत सेवा प्रदान गरेको कुरा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तुलसी प्रसाद गुरुङ्गले गरेका थिए । त्यस्तै स्वागत मन्तव्य उपाध्यक्ष रुद्र कुमारी गुरुङ्गले गरेका थिए ।


घर नजिकै संस्थाको सेवा केन्द्र स्थापनापछि सदस्यहरु खुशी भएका छन् ।

अभिलेख

लोकप्रिय