१३ बैशाख २०८१, बिहीबार

पितृलाई पत्र ‘वखान बा चेतना पठाइ देउ”

२९ पुष २०७०, सोमबार
पितृलाई पत्र ‘वखान बा चेतना पठाइ देउ”

खिला दाहाल ।

वखान वा ! कुन दिनमा नेपालमा सहकारीको बीऊ रोपेछौ नी । के सपना देखेर सहकारीको विजारोण गरेथ्यौ कुन्नी । तिमिले रोपेको सहकारीको बीऊ स्वदेशी थियो की विदेशी ? यो त ५८ वर्ष पुग्दा पनि जिङरिङ्ग नै छ । तिमिले छोडेर गएपछि यसको हेरचाह गर्ने मालीहरु फेरिरहे कोही कस्ता कोही कस्ता आए गोडमेल नै गर्दैनन् , समयमा मलजल गर्दैनन् हलक्क बढ्ननै दिएनन् वखान बा ।
साइत हेरेर लगन जुराएर बीउ राखेनछौं की भरपर्दो मालीलाई दिएनछौ वखान बा ! तिमिले रोपेको विरुवामा राजनीतिको लाई लागेको छ, अंशवण्डाको धमिरोले खियाएको छ, तुषारोले पात झारेको छ, जराहरु फैलन पाएका छैनन् । हाँगाहरु फैलन पाएकै छैनन्, बसन्तको फूलहरु फूल्न पाएकै छैन । धमिराहरुको ताँती बढ्दै गएको छ । सधै भरी तुषाराले किक्रिक्क छ संरक्षणको छाहारी छैन वखान वा ! शिक्षा चेतनाको प्रकाश विरुवामा पर्न दिएका छैनन् । वरी परिबाट झुण्ड, मुण्ड, चामुण्डा जस्ता दैत्यहरुले घेरा हालेर हाँगा विँगा लुछी सके वखान बा । बिचरा भमरा र पुतलीहरु फूलफूलेर उपयोग गर्न पाउने आशामा पर्खिरहेका छन्, तर व्याँसा र दुम्सीहरु वरीपरि तिखा काँडा ठड्याएर लामा दारा तेस्र्याएर सिंगौरी खेलिरहन्छन् आफ्नो समुहका बाहेक अरुलाई प्रवेश निषेध गरेका छन् वखान बा । सहकारी बीउ त वेलाएतबाटै त्याएथ्यौ नी किन फस्टाएन वखान बा नेपालमा ? हावापानी मिलेनकी, सहुाउँदो मौसम, उपयुक्त माटो, भएनकी भनौ भने पनि नेपाल सबै कुराको लागि उपयुक्त स्थान हो ।
वखान बा, अशिक्षा, असक्षम, अदक्ष, र अ प्रत्यय जोडिएका गुण भएका किराहरुले कुटुकुटु खाइसके सहकारी । हाँगा, पात लुछी सके वखान वा बोक्रा मात्र ताछ्न बाँकी छ । तिमी माथीबाट टुलुटुलु हेरी रहन्छौं, त्यही विरुवा सुक्न लागेको किराहरु मोटाएर डमडम भएको । राजनीतिको जालोले घेरीसक्यो, रोजगारी, उत्पादनमूखी, स्वरोजगार शब्द खेती गरेरे खाने शब्द मात्र बनाए । तिमिलाई चिन्ता लागेको छैन बखान बा । पक्कै लागेको होलानी हैन त । मिल्ने भए खुत्रुक्क तल झथ्र्यौ होला, सबैलाई एउटै परिधिमा समेट्थ्यौ होला । सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदान, सहकारी मार्फत उत्पादन, स्वरोजगार वृद्धि समाजको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुने तिमिले देखेको सपना पुरा गर्न सक्षम नेतृत्व गथ्र्यौ होला ।
सहकारीलाई दलिय भागवन्डामा विभाजन गरी उल्फाको धन फूपूको श्राद्ध गर्न खोज्नेलाई चिमोटी चिमोटी दिक्क लगाउथ्यौं होला, सहकारीको खोल ओडेर राजनीतिक पार्टीको सिरानीमा मस्त निदाउन खोज्नेलाई उडुस र उपिया बनी सताउथ्यौ होला हैन बखान बा । सहकारी मार्फत कृषि क्रान्ति गरी गरिबी निवारण गर्न तिम्रो योगदान कम महत्वपूर्ण हुन्नथ्यो होला । तर अहिले यहाँ त गरिब निवारण हुन लाग्यो वखान वा ! गुणगान गाउनु पर्ने यी मूखहरुले श्रापगान गाउने बनाए, सहकारी श्रापकारी बनाउन लागे बा ।
बचाउ लौन बखान बा किटनाशक औषधी पठाइदेउ, यो विरुवा तङग्रिने भिटामिन पठाइदेउ, हरिया पात पलाउने हाँगाविङ्गा मोटाउने आर्थिक, सामाजिक र सास्कृतिक फूलफूल्ने औषधी पाठाइ देउ बखान बा ! स्वस्थ फल फल्ने वातावरण मिलाई देउ, उत्पादन रोजगार सेवा, र व्यवसायको छाहारी बनाइदेउ बखान बा ! तिमि आउन सक्दैनौ भने पनि, यी सबै गर्नसक्ने नेतृत्व पठाइदेउ । त्यो पनि सक्दैनौ भने, भएका हरुलाई वृद्धि फुराइदेउ लैन वखान बा चेतना पठाइ देउ ।

अभिलेख

लोकप्रिय