अध्यक्ष, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ
रामशरण घिमिरे युवा सहकारीकर्मी हुन । उनी सहकारीमार्फत मुलुकको विकास र प्रबद्र्धनमा केही गरौं भन्ने सोचका साथ लागेका हुन । मकवानपुर जिल्ला सुकौरामा जन्मिएका घिमिरे हाल ललितपुर देवीचौरका स्थानीय बासिन्दा हुन् । सहकारी अभियानमा प्रवेश गरेको छोटो अवधिमा फरक पहिचान बनाउन सफल भएका उनी माघ ४ गते सम्पन्न ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २० औं साधारणसभाबाट पुन: अध्यक्ष पदमा निर्वाचित भएका छन् । सहकारी आन्दोलनको समसामयिक सन्दर्भ सहित ललितपुर जिल्लाको सहकारी अभियान र संघको आगामी कार्ययोजनाका बारेमा सहकारीखबर डटकमका कार्याकारी सम्पादक काजी श्रेष्ठले गरेको कुराकानी ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा दोस्रो पटक जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, आगामी दिनमा संघलाई अगाडी बढाउने एजेन्डा के के हुन ?
विक्रम संवत २०६८ सालमा चुनाव लड्दा त्यतिखेर म सहकारी क्षेत्रमा भर्खर चिनिएको थिएँ । त्यसबेलाका सहकारीकर्मीमाझ म नेतृत्व गर्छु भन्दा प्रतिनिधि साथीहरूले ‘भर्खरको युवा देखिनुहुन्छ, तपाइँ काम गर्न सक्नुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए । मैले ‘काम गर्न मौका दिनुस् । काम गर्न सक्छु सक्दीन मेरो काममा भर पर्छ । त्यसपछि तपाईहरु मुल्याङ्कन गर्नुहोला’ भनेको थिएँ । जिल्लाको सहकारी अभियानलाई साँच्चीकै नमुना जिल्लाको रुपमा लैजाने मेरो लक्ष्य र उद्देश्य थियो । त्यहि कुरा मैले त्यहाँ प्रण गरेको थिएँ । नभन्दै ढेड वर्ष भित्र राष्ट्रिय पुरस्कार पाउन हामी सफल भयौँ । पक्कै पनि त्यसैको श्रेयले होला पहिला केही गर्छ कि भनेर चुनाव जिताउनुभयो । यसपटक केही काम गरेको आधारमा मतदान गरेर जिताउनु भयो । त्यसका लागि सम्पूर्ण सहकारीका प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको जुन सोच, सपना छ, जिल्लाको सहकारी अभियानलाई एउटा उचाइमा पुर्याउनु पर्छ भन्ने । सहकारीमा देखिएका बिकृति र विसङ्गतीलाई हटाउनु पर्छ भन्ने । हामी सहकारी पद्धती र अभियान मार्फत एउटा समुन्नत समाज निमार्ण गर्नुपर्छ भनेर उद्देश्य लिएर अगाडि बढेका छौं । त्यसलाई निष्कर्शमा पुर्याउने लक्ष्य लिएका छौं । उहाँहरूको भावनालाई सम्मान गर्दै जिल्लाको सहकारी अभियानलाई एउटा उचाइमा लैजाने मेरो सोच छ । सबैको साथ र सहयोगले हामी लक्ष्यमा पुग्न सक्छौं भन्ने अपेक्षा लिएका छौं ।
अहिले ललितपुर जिल्ला सहकारी अभियानमा उदाहरणीय जिल्लाको रुपमा उदायको छ । अझै धेरै काम गर्नुपर्ने छ । जिल्ला भित्र रहेका सहकारीका समस्या, चुनौती र अवसरलाई नजिकबाट नियान्ले प्रयत्न गरेका छौं । पक्कै पनि सबैको साथ र सहयोगले एउटा उदाहरीणीय जिल्ला बनाउने हाम्रो लक्ष्य सफल हुनेछ ।
उदाहरणीय संघ बनाउन ठोस योजना के छन् ?
चुनावी मैदानमा हामीले २० बुदें घोषणापत्र जारी गरेका थियौं । तीं घोषणापत्रमा जिल्लाको सहकारी अभियानलाई र सहकारीकर्मीलाई कसरी व्यवसायिक बनाउने, समस्यालाई कसरी समाधान गर्ने, अन्तरलगानीलाई कसरी प्रभावकारी बनाउने, शिक्षा, तालिम र सूचनालाई कसरी अगाडि बढाउने र परिणाममुखी बनाउने सन्दर्भमा घोषणापत्र जारी भएको थियो । त्यो घोषणापत्रलाई कार्यान्वयनमा ल्याउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह पनि गरेका छौं । उहाँहरूको साथ र सहयोगले कार्यान्वयनमा आउँछ । हामीले अन्तरलगानी, नीति नियमका कुरालाई जोड दिएका छौं । दिएको शिक्षा, तालिम प्रभावकारी भयो कि भएन भनेर बुझ्नका लागि अनुगमन गरिरहेका छौं । समयसापेक्ष दिएको तालिम कत्तिको प्रभावकारी भयो भनेर सम्बन्धित संस्थामा गएर अनुगमन गर्ने गरेका छौं । अनुगमनले उहाँहरूको सहकारी संस्थामा टेक्निकली समस्या भएको छ कि ? ट्रयाकभन्दा बाहिर गएको छ कि ? गएको छ भने त्यसलाई सही ठाउँमा ल्याउने काम हामी गर्छौं र गरिरहेका छौं ।
सहकारीमा शिक्षा, तालिम र सूचनाको अभाव भएको तपार्इँले नै भनिहाल्नु भयो । त्यसैले पनि सहकारीमा समस्या भएको भन्ने छ । यसमा जिल्ला संघले कत्तिको ध्यान दिएको छ ?
संघ मार्फत हामीले विभिन्न विषयका तालिम दिंदै आएका छौं । सहकारी शिक्षा तालिम, सहकारी व्यवस्थापन, कर्जा व्यवस्थापन, अनुगमन तालिम लगायतका विभिन्न तालिम सदस्य संस्थालाई दिदै आएका छौं । हामीले दिएको तालिमको प्रभावकारीता कस्तो छ । हामीले विभिन्न राष्ट्रिय स्ततरका प्रशिक्षक ल्याएर तालिम दिन्छौं । तालिम दिइसकेपछि फिडव्याक फर्म भराउँछौं । तालिम प्रभावकारी भयो भएन भनेर संस्थाको अनुगमन गर्छौ । त्यसो गर्न सके मात्र तालिमको औपचारिक पुष्टी हुँदो रहेछ । सहकारीलाई सही ढंगबाट संचालकले बुझ्न नसक्नु र सदस्यलाई बुझाउन नसक्दा समस्या आएको हो । सदस्यलाई पनि सहकारीबारेमा बुझाउनु पर्यो । संचालक, लेखा समिति, लेखा परीक्षक र कर्मचारी सबैले प्रतिवद्ध भएर आ आफ्नो भूमिका बुझिदिने हो भने सहकारीमा समस्या आउँदैन । यो अभियानमा हामी लागिरहेका छौं ।
सरकारले देशभर एक सय ३० वटा सहकारी संस्था समस्याग्रस्त भनेर ठहर गरेको छ । समस्या आउनुको कारण के हो ?
विशेष गरी अहिले चर्चामा आएका भनेका ओरेन्टियन र गुण हुन् । मैले यस विषयमा धेरै अध्ययन गरें । मैले दुई वटा समस्या देखें । साँच्चै सहकारीका सदस्यले आफ्नो आर्थिक भरोषाको केन्द्रबिन्दुमा रहेको सहकारीमा सही रूपमा आफ्नो भूमिका निर्वाह गरिदिनु भएन । आफूले जम्मा गरेको रकम राख्ने निकायमा आफू चनाखो हुनुपर्ने हो । संस्थाले साधारणसभा गरेको छ कि छैन, लगानी कस्तो ठाउँमा गरेको छ, अनुत्पादक क्षेत्रमा लगानी गरेको छ कि ? संचालकहरूले गलत ढंगबाट संचालन गरेका छन् कि ? संचालक समितिका जिम्मेवार व्यक्तिले भगेनी संस्था खोलेका छन् या छैनन् ? भनेर उहाँले बुझीदिनु भएन । सदस्यले नै चासो नदेखाएको पाइयो । लेखा समितिले पनि आफ्नो भूमिका निर्वाह नगरेको देखियो । संचालक समिति र सदस्यले आफ्नो भूमिका र जिम्मेवारी सही ढंगले नगरेका कारण आज यो समस्या देखिएको हो । जिम्मेवारी र भूमिका दायित्वबोध गर्नकालागि हामीले त्यस्ता कार्यक्रम गर्न जरुरी देखेका छौं ।
अन्य सहकारीमा समस्या आउन नदिन के गर्न सकिन्छ ?
त्यसका लागि ५ वटा कुरा अघि सारेका छौं । पहिलो सदस्यहरू संस्थाप्रति प्रतिवद्ध हुनुप¥यो ।सहकारीका संचालक प्रतिवद्ध हुनुपर्यो । जिम्मेवारी र कर्तव्य बोध गरिदिनु पर्यो । प्रतिवद्ध लेखा समिति हुनुपर्यो । सहकारीभित्र भएका आर्थिक र प्रसाशनिक गतिविधि साधारणसभामा पारदर्शी ढंगबाट ल्याइदिनु पर्यो । लेखापरिक्षकले पनि प्रतिवद्ध भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्यो । व्यवस्थापक र कर्मचारीले पनि प्रतिवद्ध भएर काम गरेमा सहकारीमा कुनै किसिमका समस्या आउदैंनन् । म आफैले तालिम दिंदा पनि यी पाँच कुरालाई जोड दिन्छु । यीं पाँच तत्वलाई हामीले बोध गर्न सकेमात्र असल सहकारी बनाउन सकिन्छ । यो नै सहकारी सफलताको कसी र कडी हो ।
सहकारीमा समस्या आउनुमा कसको कमजोरी देख्नुहुन्छ ? समस्याग्रस्त सहकारीको समस्या समाधान कसरी गर्न सकिन्छ ?
हाल भईरहेको समस्याको मुख्य दोषी राष्ट्रिय सहकारी संघ, नेफ्स्कून, मन्त्रालय, विभाग, डिभिजन हो । माथि उल्लेख गरिएका पाँच कुरालाई ध्यान दिनु पर्छ । बैंक तथा वित्तिय संस्थामा नागरिकको पहुँच १५ देखि १७ प्रतिशत मात्र छ । अन्य नागरिकको पहुँच सहकारीकामा छ । सहकारीलाई सही ढंगबाट व्यवस्थापन गर्न सहकारी अभियान र राज्य गम्भिर हुनुपर्छ । अब गम्भिर भइएन भने मुलुकको गरीबी निवारणमा, उत्पादन, उद्यमशिलताको विकासमा सहकारीले खेलेको भूमिकालाई दीगो बनाउन सकिँदैन यसलाई मनन गरेर व्यवस्थित गर्नतिर हामी लाग्यौं भने यो मुलुक अभावरहित र भयमुक्त समाजको परिकल्पना साकार पार्न सकिन्छ । हामी परनिर्भर हुनुपर्दैन, आत्मनिभर बन्न सक्छौं । सबैले आ आफ्नो तह र तप्काबाट भूमिका निर्वाह गर्ने र राज्यले पनि यसलाई इनिसेसन लिनुपर्छ । अहिले राज्यले इनिसेसन लिएको अवस्था छैन । उदाहरणीय काम सहकारीले गरिरहेकोछ विडम्बना यसैलाई नियन्त्रण गर्न राज्य लाग्छ । यसले त समृद्धि होइन रुदावस्था हुन्छ । यसमा राज्यले पनि भूमिका निर्वाह गर्नपर्छ ।
सहकारी ऐन परिमार्जितको तयारीमै छ । लामो समय बित्दा पनि अझै परिमार्जन हुन सकेको छैन । दुई÷तीन पटक मस्यौदा बुझाउँदा पनि पूर्ण भैसकेको छैन । यस्तो किन ?
हिजो आठ सय ३० वटा संस्थालाई हेरेर ऐन बनाइएको थियो । अहिले ऐन आउने संघारमा छ । जिल्ला संघ, विषयगत संघ मिलेर विकास वोर्ड मार्फत ऐनको मस्यौदा गइसकेको अवस्था छ । सहकारी आन्दोल र यसलाई व्यवस्थित गर्नका निमित्त, मुलुकको आर्थिक समृृद्धिका निमित्त सहकारीमैत्री ऐनको अपेक्षा गरेर पेश गरेका छौंं । अहिले अर्थ समितिमा पुगेको छ । सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र सम्बद्र्धन हुने गरी, आर्थिक समृद्धि हुने गरी, गरीबी निवारण हुने गरी, यस क्षेत्रलाई व्यवस्थित पार्नुपर्छ भन्ने हिसाबले ऐन पेश गरेका छौं । हामीले सोचे अनुरूपको ऐन आउँने विश्वास छ । त्यसो भएन भने सहकारी क्षेत्र आन्दोलनमा उत्रने अवस्था आउन सक्छ ।
बचत संघले अन्तरलगानी कार्यक्रम गरीरहेको छ । संघको अभिभावक निकाय नेफ्स्कूनले संघलाई वेवास्ता गरी फिल्ड कार्यालय खोलेर अन्तरलगानी गर्दै आएको छ । बचत संघ हुँदाहुँदै फिल्ड कार्यालय खोल्नु आवश्यक थियो ?
अन्तराष्ट्रिय अभ्यास के छ भने बचत तथा ऋण सहकारी संघ जिल्ला स्तरिय सहकारी बैंक हो । बचत संघ सहकारी क्षेत्रको विकास, प्रवद्र्धन र संवद्र्धन, नीति निमार्ण तहमा लविङ गर्ने र संगै सदस्य संस्थालाई आर्थिक सेवा दिने निकाय हो । हाम्रो विनियममा उल्लेख छ । बचत तथा ऋणको कारोबार गर्ने भनेर । सम्पूर्ण सदस्य संस्थालाई वित्तिय सेवा दिनुपर्ने र दिइरहेको अवस्था पनि छ । यस्तो गतिविधि र राम्रो काम गरेको अवस्थामा पनि नेफ्स्कूनले पनि यहाँको आवश्यकता के हो भनेर महशुस नगरी सुटुक्क फिल्ड कार्यालय खोलेको छ । यसमा हाम्रो गम्भिर ध्यानर्कषण भएको छ । पक्कै पनि उहाँहरु कसरी राख्नु भयो त्यो त थाहा भएन । सदस्य संस्थालाई हामीले वित्तिय सेवा दिइरहेको अवस्थामा फिल्ड कार्यालय खोल्नु उपयुक्त हुरा होइन । नेफ्स्कूनले आफ्ना माताहतका सदस्य संघ संस्थालाई नियमन, अनुगमन, सुसाशन, नेतृत्व विकास गर्न लाग्नु पर्ने ठाँउमा व्यवसायिक ढंगले लागेको छ । सम्पूर्ण सदस्य संस्थालाई वित्तिय सेवा र सुविधा हामी दिन्छौं । अबको ३ वर्ष भित्र अन्तरलगानी कार्यक्रमलाई ५० करोड पुर्याउने लक्ष्य लिएका छौं । पक्कै पनि हामी सफल हुने छौं ।
त्यसो हो भने त नेफ्स्कूनले बचत संघलाई बेवास्ता गरेको देखियो नि त ?
ललितपुर बचत संघलाई नेफ्स्कून स्वंयमले उत्कृष्ठ संघको अवार्ड दिएको हो । अनि राम्रो संघ पनि भन्ने, अनि त्यहि संघले राम्रा गतिविधि संचालन गरीरहँदा अर्को कार्यालय खोल्नु जरुरी थियो ? हामीलाई कुनै पनि पत्र आएको थिएन । कोही कतै बाट प्रयोग भएर काम भएको हो । जुन सोच र अपेक्षा लिएर उहाँहरुले स्थापना गर्न भएको हो त्यसमा हाम्रो सहमती छैन । हामी स्वंयमले नै अन्तरलगानी कार्यक्रम गर्दै आएका थियौं । हामी संग नै समन्वय गरेर गर्ने अवस्था रहन्थ्यो । उहाँहरुले कसरी गर्नु भयो, उहाँहरुले नै बुझ्ने विषय हो ।
सहकारीमा राजनीति गर्नु हुदैंन भन्दै सहकारीकर्मीहरु भाषण गर्छन । तर कुनै संघको चुनाव आयो भने राजनीतिक दलको प्यान बन्छ । यसलाई कसरी लिनु भएको छ ?
मैले नै नेतृत्व गरेर २०६२ सालमा प्रारम्भिक संस्था स्थापना गर्यौं । सहकारी सदस्यलाई व्यवसायिक बनाउने निकाय हो । मैले सुरुमै सहकारीलाई रााजनीति कलर दिनु हुँदैन भनेर रटान लिएको मान्छे पछिल्लो समयमा सहकारी बैंक, संघ, नेफ्स्कूनमा राजनीतिकरण भएको छ । यति भएको छ कि पार्टी कार्यालयबाट टिकट ल्याएर चुनाव उठ्ने अवस्था छ । यो दुर्भाग्य हो । बचत संघ लतितपुरको कुरा गर्नु हुन्छ भने होला अरु साथीहरुले के के भने त्यो मलाई थाहा भएन । म जुन जुन संस्थामा गँए, प्रतिनिधिसाथीहरुलाई भने, अग्रज सहकारीकर्मीहरुले पनि भेटेर भने कि तपाई कुन पार्टीको मान्छे ? मैले भने, सहकारीको विकास, प्रवद्र्धनमा सम्लित भएर आएको हुँ । होला मेरा आस्था कहि कतै हुन सक्छ । तर सहकारीमा राजनीतिक कलर दिनु हुदैंन । राजनीतिक हिसाबले हेरीनु हुँदैन । ललितपुर जिल्लाको हिसाबमा मैले कहिल्यै पनि राजनीतिक हिसाबले हेरिन । र हेर्दा पनि हेर्दिन, यो प्रण पनि गर्छु । केही साथीहरु राजनीतिबाट बढी प्रभावित भएका हुन भन्ने मलाई लाग्छ । यो सहकारीमा राम्रो पक्ष होइन । राजनीतिकरण गर्दै जाने हो भने जुन सोच र लक्ष्य लिए आमी अगाडी बढेका छौं त्यो सफल हुदैन ।
अन्त्यमा केही ?
सहकारी क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । सही ढंगबाट अगाडी बढाउनु जरुरी छ । राजनीतिककरण नभई व्यवसायिक रुपमा लैजानु पर्छ । सम्पूर्ण सदस्यहरुलाई व्यवसायिक बनाउनु पर्छ । आर्थिक समृद्धि बनाउनु पर्छ । यसका निमित्त सम्पूर्ण निकायको ऐकेबद्धता हुनु आवश्यक छ । सबै निकाय सहि ढंगबाट लाग्ने हो भने नेपालको सहकारी आन्दोलनले सहि बाटो लिन्छ । उत्पादनको बृद्धि, रोजगारी सृजना, गरीबी निवाण हुन्छ । साँच्चै महिला, युवा सक्षम हुन्छन् । अभाव र भय मुक्त समाजको हामी कल्पना सँकु जतिखेर सहकारी अभियान एउटा उचाईमा पुग्छ ।