
काजी श्रेष्ठ
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को फिल्ड कार्यालय चितवनमा ५० लाख भन्दा बढी हिनामिना भएको छ । फिल्ड कार्यालयका म्यानेजर रामबाबु अधिकारीले सो रकम हिनामिना गरेको नेफ्स्कूनले बताएको छ ।
अधिकारीले संस्थालाई ऋण प्रवाह गर्दा धेरै रकम स्विकृत गराई अन्य रकम आफूले लिएको नेफ्स्कूनले जनाएको छ । एउटा सहकारीलाई १८ लाख रुपैंया ऋण स्विकृती गरेको र सो संस्थालाई ९ लाख दिई ९ लाख रुपैंया हिनामिना गरेको नेफ्स्कूनका एक अधिकारीले बताए । यहि प्रकारले रकम हिनामिना गरेको र हिनामिनाको रकम करिब ५२ लाख रहेको ति अधिकारीले बताए ।
हिनामिनामा फिल्ड कार्यालयकै अर्का कर्मचारी कृष्णकला तिवारीको पनि सहभागीता रहेको बुझिएको छ । नेफ्स्कूने दुबै जनालाई अनुसन्धान गरीरहेको छ । रकम हिनामिना गरेको खुलासा भएपछि उनको सम्पती रोक्का गरेको छ । अधिकारीले हिनामिना गरेको रकम मध्ये १० लाख फिर्ता गरेको बुझिएको छ ।
फिल्ड कार्यालयको संयोजकमा शान्ति अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज रापकोटा, इन्द्रज्योती पौडेल, तेजेन्द्र खड्का लगायतका छन् । हाल नेफ्स्कूनको १० वटा फिल्ड कार्यालय रहेका छन् । यि फिल्ड कार्यालयबाट नेफ्स्कूनले वित्तिय कारोबार गर्दै आएको छ ।
तस्बिर : काजी श्रेष्ठ
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार